काठमाडौँ । नेकपा (एमाले) का नेता रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्ति गलत थियो भनेर स्वीकारेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएको छ ।
२०८० असार २५ गते सोमवार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेका सांसद पन्तले प्रधानमन्त्रीले प्रधानमन्त्रीका हैसियतले सो अभिव्यक्ति
दिनु आफ्नो कमजोरी भयो भनिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।
उहाँले गल्ती गर्ने र स्वीकार गरिसकेपछि पुन: प्रधानमन्त्री भइरहन नैतिकताले नदिने बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीले संसद्मा दिएको उत्तर पनि चित्तबुझ्दो नरहेको बताउनुभयो ।
‘प्रधानमन्त्रीको उत्तर लामो गन्थन, आफ्नो छोरीको विभिन्न घटनाको सम्झना गर्नुभयो तर राजनीतिक रूपमा दिएको उत्तर चित्तबुझ्दो थिएन । हामीले मागेको राजीनामा पनि नैतिकताका आधारमा नै हो’ उहाँले भन्नुभयो– ‘उहाँले गल्ती स्वीकारेपछि उहाँ नैतिक रूपमा प्रधानमन्त्रीमा बस्नु हुँदैन ।’
सांसद पन्तले गल्ती स्वीकारेपछि नैतिक रूपमा प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने तर्क राख्नुभयो ।