काठमाडौं । नेपाल टेलिकमले प्रतिएमबी झन्डै ५ पैसा पर्नेगरी लार्ज डाटा प्याक उपलब्ध गराएको छ । कम्पनीले ‘लार्ज डाटा प्याक’ अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ ।
Advertisement
३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिनसम्म चलाउन सकिन्छ। यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ रहेको छ ।
त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य ३ हजार रुपैयाँ छ । यो प्याकलाई प्रतिएमबीका दरले हिसाब गर्दा झन्डै ५ पैसा पर्ने टेलिकमको भनाइ छ ।