टुकबहादुर रामदाम, मस्कट (ओमान) ।
नेपाल तामाङ समाज ओमानको चौथो अधिवेशन २०२३ जुलाई ७ गते शुक्रबारको दिन मस्कटस्थित अजैवा होटलमा एक कार्यक्रम गरी सम्पन्न भएको छ ।
Advertisement
अधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा पासाङ मोक्तान तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा रिनायोन्जन तामाङ, उपाध्यक्षमा राजु वाइबा तामाङ र महासचिवमा सानुमाया थिङ तामाङ निर्वाचित हुनुभएको छ ।
कार्यक्रमको प्रमुख अथिति महामहिम राजदूत डोरनाथ अर्याल हुनुहुन्थ्यो भने अन्य अतिथिमा ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेतलगायतका ओमानमा कृयाशील दुई दर्जन सङ्घसंस्थाका प्रतिनिधि हुनुहुन्थ्यो ।
उहाँहरूले नयाँ कार्यसमितिलाइ बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
