• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजनीतिक अर्थशास्त्र


  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    राजनीतिक अर्थशास्त्रको उदय पुँजीवादको जन्म र विकाससँगै भयो । त्यतिबेला सुन र मुद्रालाई सम्पदाको रूपमा लिँदै आर्थिक क्रियाकलापमा व्यापारको महत्त्वपूर्ण भूमिका भएको बताइयो ।

    Advertisement

    सन् १४९२ देखिको उदीयमान पुँजीवाद १८४८ सम्म प्रगतिशील पक्ष थियो । त्यो अवस्थामा अर्थशास्त्रीहरू पुँजीपति र मजदुर दुवैको पक्षमा उभिएका थियो ।

    श्रमिकको श्रमलाई उच्च मूल्याङ्कन गर्दै राष्ट्रिय आम्दानीको श्रोतको रूपमा श्रमलाई अझै उत्पादक श्रमलाई भूमि र पुँजीको गठजोडको रूपमा लिएका छन् । विलियम पेट्टी (सन् १६२३–१६८७) ले “जमिन धनको माता र श्रम त्यसको पिता” भनेका छन् । एडम स्मिथ (१७२३–१७९०) ले यथार्थ मूल्य भनेको वस्तुको विनिमय मूल्यलाई मानेका छन् । ज्याला र नाफाको सिद्धान्तलाई मुल्यको सिद्धान्त भनियो । थोमस रोबर्ट माल्थस (१७६६–१८३४) ले जीविकाका साधन अङ्कगिणतीय २, ४, ६, ८ गरी र जनसङ्ख्या ज्यामितीय २, ४, ८, १६ गरी वृद्धि हुन्छ र त्यसबाट आउने सङ्कट मानवले समाधान नगरे प्रकृति आफैले भयावह तरिकाले गर्छ भनेका छन् । डेभिड रिकार्डो (१७७२–१८२३) ले मानव श्रम बजारमा बिक्री गर्न राखिने सामान जस्तै हो भने । मजदुरी र नाफाको अनुपात जस्तो भए पनि मालको मूल्य ती दुईको योग बराबर हुन्छ भने । उनले श्रम समयद्वारा मूल्यको निर्धारणसम्बन्धी सिद्धान्तलाई ग्रहण गरेर त्यसको आधारमा राजनीतिक अर्थशास्त्र खडा गर्ने प्रयत्न गरे । शोषण प्रभुत्व र हैकममा आधारित उत्पादन सम्बन्धलाई सम्पत्ति सम्बन्ध नामकरण गरे ।

    आर्थिक आधार उत्पादन सम्बन्ध हो र उपरी संरचना विचार, दर्शन, राजनीति, सत्ता कानुन र तिनीहरूको प्रतिनिधित्व गर्ने सङ्घसंस्था पर्दछन् ।

    आर्थिक आधार भनेको उत्पादन सम्बन्ध नै हो । त्यो उत्पादक शक्तिको रूपमा भर पर्दछ । उपरी संरचनाले आफ्नो आधारलाई भरथेग पुर्‍याउँछ । अर्थशास्त्र पनि वर्गीय विचारभन्दा अलग र तटस्थ हुन्न । माल उत्पादन गर्न लगाइने पैसा मात्र पुँजी हुन्छ । व्यक्तिगत खर्चमा लगाइयो भने पुँजी हुन्न । बजारमा बेच्ने वस्तु उत्पादन गर्दा उत्पादन कार्य हुन्छ । त्यसैलाई माल उत्पादन कार्य भनिन्छ ।

    दास र सामन्ती समाजमा उत्पादनको प्रक्रिया (सी–एम–सी) वा माल–पैसा–माल हुन्थ्यो भने पुँजीवादी समाजमा उत्पादनको प्रक्रिया एम–सी–एम वा (मुद्रा–माल–मुद्रा) हुन्छ ।

    पुँजीवाद ज्याला मजदुरीमा आश्रित व्यवस्था हो । यो वर्गीय व्यवस्था हो । खास वर्गमा पुँजीपति र सर्वहारा पर्छन् । श्रमशक्तिबाट नाफा आर्जन गर्ने उद्देश्य रहन्छ । पुँजीवादी आर्थिक दर्शन वैयक्तिक विश्वदृष्टिकोणमा आधारित हुन्छ । व्यापारिक पुँजीवाद र दस्तकारी पुँजीवादमा श्रमविभाजन र हस्त निर्माणको चरणमा शारीरिक श्रमका साथै मेसिन पनि प्रयोग भयो । चौथो चरणमा शारीरिक श्रममा आधारित उद्योग बन्द भई औद्योगिक क्रान्ति भयो । पुँजीवाद शक्तिशाली व्यवस्थाका रूपमा परिणत भयो ।

    दासप्रथा पहिलो शोषणमा आधारित उत्पादन पद्धति थियो । उत्पादनका साधन र उत्पादक शक्ति दुवै मालिकको स्वामित्वमा हुन्थे । किसानले सामन्तलाई श्रमको रूपमा, वस्तुको रूपमा र मुद्राको रूपमा गरी तीन प्रकारको लगान बुझाउथे ।

    माललाई पुँजीवादको कोषिका पनि भनिन्छ । श्रमशक्ति एक प्रकारको मूल्ययुक्त माल नै हो । माल हुनका लागि श्रम खर्च भएको र उपयोग मूल्य भएको हुनुपर्दछ । बिक्रीका लागि उत्पादन गरिएको वस्तु मात्र माल हुन्छ । त्यसमा उपयोग मूल्य र विनिमय मूल्य दुवै गुण हुनुपर्छ । बजारको विनिमय सम्बन्धलाई उत्पादन सम्बन्धको आधारमा बुझ्नुपर्छ ।

    माक्र्सका अनुसार श्रमशक्ति काम गर्ने क्षमता हो । शारीरिक एवम् मानसिक श्रमको कुल जोड हो । बजारमा माल बिक्री भए जस्तै गरी श्रमशक्ति पनि बिक्री हुन्छ । पुँजी समाजका दुई पक्ष स्वतन्त्र श्रमशक्तिका क्रेता र बिक्रेतामध्ये एउटा आत्मसन्तुष्ट भई मुस्कानका साथ वा शानका साथ कारोबारमा लागेको हुन्छ ।

    अर्को पक्ष, आफ्नै छाला काड्नेबाहेक अर्को कुनै कुराको आशा नभएको व्यक्ति भएर झोक्रिँंदै अर्काको पछि पछि लाग्छ । जीविकाका लागि कपाल काट्ने हजामको श्रम अनुत्पादक श्रम हो । त्यसैले साहुको पसलमा कपाल काट्छ भने उत्पादक श्रम गरेको हुन्छ । मजदुरको अवस्था त्यही अनुपातमा बिग्रँदै जान्छ, जुन अनुपातमा पुँजी सञ्चय हुन्छ ।

    वर्तमान पुँजीवादी समाजका प्रत्येक सङ्कटपछि ठुला र बलवान् पुँजीपतिको हातमा बढी पुँजी एकीकरण हुन्छ। साथै वर्गीय अन्तरविरोध झन् झन् चर्कदै जान्छ । सङ्कटले सृजना गरेको बेरोजगारी र अस्थिरताले गर्दा मजदुरहरू सङ्घर्षमा उत्रिन्छन् ।

    योजनाविहीन आर्थिक क्रियाकलाप आर्थिक सङ्कट ल्याउने पुँजीवादी मुख्य कारण हो । उत्पादकहरू अज्ञात बजारमा हाम फाल्दछन् । मानिसका सीमित आवश्यकता र पुँजीपतिका असीमित नाफा विपरीत तत्त्वबिच गहिरो फाटो पार्दै जान्छ । अनावश्यक सामानको बढी उत्पादन हुँदै जान्छ । उपभोक्ताको क्रयशक्ति नभएकाले अधिक उत्पादनबाट समस्या आएर सङ्कट परेको हो ।

    नाफा मूल सिद्धान्त भएकाले आर्थिक सङ्कटले पुँजीवादलाई जर्जर बनाउँछ । त्यसैले मजदुरहरूले त्यसको चिहान नखनी छाड्दैनन् । पुँजीवादको विकासले क्रान्तिको तयारी गर्दछ । पुँजी सञ्चय र पुँजीवादी पुनरुत्पादन प्रक्रिया पुँजीवादी सम्बन्धको विस्तारित पुनरुत्पादन हो । पुँजीको राशि र बेरोजगारको सङ्ख्या दुवै बढाउँदै लैजान्छन् । आफ्ना विरोधी मजदुरलाई एकै ठाउँमा जम्मा पारेर सङ्गठित हुने मौका दिन्छन् ।

    पुँजीवाद आफै र स्वचालित रूपमा नष्ट हुँदैन । त्यसलाई नष्ट पार्नका लागि सर्वहारा वर्गको उन्नत मानवीय चेतना र योजनाबद्ध आन्दोलनको खाँचो पर्दछ । यस्तो चाँजोपाँजो मिलाउने सर्वहारा वर्ग हो । सर्वहारा वर्गले आफ्नो काँधको शोषणको जुवा मिल्काउन राजनीतिक र वैचारिक सङ्घर्ष सञ्चालन गर्नुपर्छ ।

    सर्वहारा आन्दोलनका नेता तथा कार्यकर्ताहरूलाई कम्युनिस्ट घोषणापत्र सुरुको अवस्थामा सुदृढ कार्यक्रम हो र पछिल्ला पिँढीका निम्ति वैचारिक खुराक बनेको छ ।

    समाजवादको सुरुको अवस्थामा पुँजीवाद परास्त भएको भए पनि ध्वस्त भएको हुन्न । पुँजीवादी निजी स्वामित्वका साना साना रूपहरू लामो समयसम्म कायम रहन्छन् ।

    समाजवादी चरणमा राज्यको दायित्व सर्वप्रथम संविधान र कानुनको आधारमा समाजवादका आधार तयार गर्ने र दोस्रो चरणमा त्यसलाई दृढताका साथ लागु गर्ने हुन्छ । सर्वहारा वर्गको राज्यसत्ता समाजवादको राज्यव्यवस्था हो । यो बहुमतको अल्पमतमाथि शासन हो । सेना, प्रहरीको संयन्त्रलाई ध्वस्त नगरी यस प्रकारको राज्यसत्ता निर्माण गर्न सकिन्न । त्यसरी सर्वहाराले आफ्नै अनुकूलको राज्यसत्ता निर्माण गर्नुपर्छ । सम्पूर्ण वर्गको अस्तित्व निर्मूल नभएसम्म राज्यसत्ताको आवश्यकता पर्दछ । सर्वहारा वर्गले शोषणलाई उन्मूलन गरेपछि आफ्नो शासनको पनि अन्त्य गरिदिन्छ । वर्ग नरहेपछि राज्यसत्ताको आवश्यकता पर्दैन ।

    क्रान्ति भनेको पुरानो प्रकारको उत्पादन सम्बन्धलाई अर्को नयाँ उत्पादन सम्बन्धले विस्थापित गर्नु हो । श्रमअनुसारको वितरणबाट आवश्यकताअनुसारको वितरणमा पुुग्न क्रान्ति अनिवार्य छ ।

    गैरपुँजीवादी स्थान र देशमा पुँजीवादको पूर्ण विकाससँगै पुँजीवादको आयु समाप्त हुन्छ ।

    साम्राज्यवादको एकाधिकारी नाफाले केही राष्ट्रमा श्रमिक वर्गको माथिल्लो तप्कालाई खरिद गर्न र अवसरवादलाई सुदृढ बनाउन आर्थिक रूपमा सम्भव बनाउँछ ।

    बैङ्कहरूबिच संयुक्त गठबन्धनसहित वित्तीय क्षेत्रमा एकाधिकारको उदय हुन्छ । पुँजीवादमा असमान विकास भएर बढी पुँजी हुनेले कम पुँजी हुनेमाथि अधिपत्य जमाउँछ ।

    एकाधिकारी पुँजीपतिलाई बाहिरी बजारको खाँचो पर्छ । सन् १९१४ देखि १९१९ सम्म चलेको प्रथम विश्वयुद्ध सकेसम्म धेरै उपनिवेशहरू आफ्नो पक्षमा पार्नका लागि लडिएको साम्राज्यवादी युद्ध थियो । पहिलो विश्वयुद्धमा एक करोड मानिस मारिएका र दुई करोड जनसङ्ख्या घाइते भएका थिए । दोस्रो विश्वयुद्धमा पाँच करोड मानिस मारिएका थिए (रामराज रेग्मी : २०७६, पृ. १६१) ।
    साम्राज्यवादीहरूको आम्दानीको श्रोत नै नाफा हो । साम्राज्यवादले उत्पादनमा भाग नलिने परिजीवी तयार गर्छ । समाजमा विज्ञान र प्रविधिको विकास भए पनि त्यसलाई उत्पादक शक्तिका हित विरुद्ध प्रयोग गरिन्छ । अझै समाजका नागरिकको हित विरुद्ध पनि प्रयोग गरिन्छ ।

    सर्वहारा र पुँजीपति वर्गबिच मात्र सङ्घर्ष सीमित नभएर धार्मिक र सामाजिक सङ्गठन जस्ता शक्ति पनि साम्राज्यवाद विरुद्ध जीवनमरणको सङ्घर्ष गरिरहेका छन् । विशाल मोर्चाबन्दी हुँदै गएको छ ।

    समाजवादको पहिलो चरणमा माल उत्पादनलाई निरन्तरता दिइन्छ । किसानहरूको वर्गीय चेतना उठेपछि र कृषिको क्षेत्रमा विकास भएपछि त्यसलाई हटाइन्छ । लागत, लेखा, लाभ समाजवादी उत्पादन पद्धतिमा पनि हुने हुनाले मूल्यको नियमलाई बेवास्ता गरी उत्पादन कार्यलाई अगाडि बढाउन सकिन्न । समाजवादी बजार पुँजीवादमा झैँ छाडा हुन पाउन्न । केवल पँुजीवादी विकासको उच्च स्तरले मात्र सर्वहारा क्रान्तिको विजय निश्चित हुन्न ।

    विकसित अर्थतन्त्रलाई भन्दा पिछडिएको अर्थतन्त्रलाई रूपान्तरण गर्न बढी सजिलो हुने कारण जनताको बढी गरिबीले गर्दा क्रान्ति चाहन्छन् ।

    पुँजीवादी उत्पादन व्यक्तिको नाफाका लागि गरिन्छ । त्यहाँ निर्जीव वस्तुले जनतामाथि शासन गर्छ ।

    समाजवादी उत्पादन प्रणालीमा समाजका आवश्यकतापूर्ति गर्न सचेतन र योजनाबद्ध ढङ्गले अघि बढाइन्छ । यही समाजवादी अर्थतन्त्रको श्रेष्ठता हो ।

    राज्यसत्ता कब्जा गर्नका लािग जनमत तयार गरेपछि मात्र स्वामित्वको समस्या र उत्पादक शक्तिको विकास गर्ने समस्या समाधान गर्न सकिन्छ । समाजवादको प्रारम्भिक चरणमा राज्यका अङ्ग र संस्थामा पुँजीवादी विचार लिनेहरूको समेत सहभागिता हुन्छ ।

    जनतालाई निर्णय प्रक्रियामा सामेल गर्नुपर्छ भन्ने कुरामा माओको जोड थियो । उत्पादक शक्ति र उत्पादन सम्बन्धको अन्तरक्रियाले नै समाजलाई अग्रगतिमा डोर्‍याएको हुन्छ । सानो खालको उत्पादन पद्धतिलाई ठुलोमा र ठुलोलाई राजकीय स्वामित्वमा बदल्नुपर्छ । त्यो काम राजनीतिक र वैचारिक क्रान्तिको माध्यमबाट सम्पन्न गर्नुपर्ने हुन्छ ।

    सांस्कृतिक क्रान्तिको माध्यमबाट उन्नत संस्कृतिको निर्माण गर्दै जानुपर्छ, तब मात्र मजदुर किसानको चेतनामा अभिवृद्धि हुँदै जान्छ । जनताको समस्या समाधान गर्न मानवीय आवश्यकतालाई प्राथमिकतामा नगरिने उत्पादन प्रणाली समाजवादी उत्पादन प्रणाली हो ।

    वर्तमान उत्पादनका पुँजीवादी पद्धतिको विकल्प बैङ्क र विभिन्न वित्तीय संस्थालाई राष्ट्रियकरण गर्ने र श्रमिक वर्गको नियन्त्रणमा ल्याएर योजनाबद्ध ढङ्गबाट उत्पादन कार्य अघि बढाउने समाजवादी उत्पादन प्रणाली मात्रै हो । विज्ञान र प्रविधि भूमण्डलीकरणको प्रक्रियालाई सहज बनाउन अविष्कार गरिएका विषय हुन् । विकेन्द्रित उत्पादन र केन्द्रीय नियन्त्रण भूमण्डलीकृत साम्राज्यवादको नीतिको बहुराष्ट्रिय निगमले गर्ने शोषण राष्ट्रिय होइन, वर्गीय हो ।

    केन्द्र र परिधि दुवै ठाउँका मजदुर उत्पीडनका सिकार भएका छन् । आर्थिक सङ्कटले पुँजीवादी व्यवस्थालाई नोक्सान पुर्‍याउने र प्रतिरोध क्षमता बढाएर नयाँ शक्तिको पनि विकास गराउँछ । पुँजीवादी व्यवस्थालाई अस्थिर र विकसित पनि बनाउँछ ।

    शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.