खिमराज चालिसे, चन्डिगढ (भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दुई जना कार्यकर्ताहरूलाई बिदाइ गरेको छ ।
सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिअन्तर्गत रोपड नगर समिति सहसचिव नन्दलाल सापकोटा र महिला नगर विभागकी सदस्य शारदा सापकोटालाई जुलाई २, २०२३ आइतबारका दिन बिदाइ गरिएको हो ।
नन्दलाल सापकोटाले १९९० देखि मूल प्रवाहको सदस्यता लिएर विभिन्न जिम्मेवारी निभाउँदै आउनुभएको थियो । उहाँ थर्मल प्लान्ट रोपडबाट जुन ३०, २०२३ का दिन सेवानिवृत भएपछि मूल प्रवाहबाट बिदाइ गरिएको थियो ।
उहाँहरू दुबै जनालाई मूल प्रवाहका केन्द्रीय सचिव तथा क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटाले नगर समितिको तर्फबाट स्मृतिचिह्न र प्रशंसापत्र प्रदान गर्नु भएकोथियो ।

सो अवसरमा सापकोटाले दुबै जनालाई शुभकामना दिदै सापकोटा दम्पत्ति वर्गिय मुक्ति आन्दोलनमा देशभित्र पनि अझै सक्रिय रूपमा लाग्ने अपेक्षा व्यक्त गर्नुभएको थियोे ।
बिदाइ कार्यक्रममा रूपा कार्की, भक्तबहादुर थापा र जगन्नाथ कँडेललगाएतले शुभकामना दिनुभएको थियो ।
सो अवसरमा मूल प्रवाह केन्द्रीय परिषद सदस्य मदन थापा, क्षेत्रीय सदस्यहरू छबिलाल सापकोटा, शिवलाल लामिछाने, क्षेत्रीय सदस्य बिलबहादुर गुरुङ, महिला क्षेत्रीय संयोजक सीता सापकोटा, सदस्य मन्जु थापा र खगी थापाको पनि आतिथ्य रहेको थियो ।
ओमप्रकाश सापकोटाको अध्यक्षतामा तथा दयाराम लामिछानेको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा स्वागत लालबहादुर थापाले गर्नुभएको छ ।
सापकोटा नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका वडा नम्बर ५ निवासी हुनुहुन्छ ।
