• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अन्तरजातीय विवाह गर्दा आगलागी गर्ने पक्राउ


  •   सोमबार, असार १८, २०८० मा प्रकाशित
  • खलङ्गा । जुम्लामा अन्तरजातीय विवाह गरेपछि केटी पक्षले केटाको घरमा आगजनी गरेको छ । सो घटनाको आरोपमा प्रशासनले किशोरीकी दाजुलाई गिरफ्तार गरेको छ ।

    Advertisement

    २०८० असार १७ गते आइतबार बिहान तातोपानी गाउँपालिका–४ गिदीखोलास्थित भरत नेपालीको घरमा भएको आगजनीका लागि आरोपित हिक्मत गिरीलाई पक्राउ गरिएको हो ।

    सो घरमा आगजनी गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय गिरीलाई पक्राउ गरेको छ । उनलाई आइतबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हद कार्कीले जानकारी दिए । हिक्मतमाथि आगजनी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हिक्मत विरुद्ध आइतबार नै भरतले प्रहरीमा जाहेरी दिएका थिए ।

    भरतले उक्त घर चार वर्षअघि बनाएका थिए तर उनी जुम्ला बजारमा बस्दै आएका छन् । उक्त घरमा भरतका साहिला भाइ तीर्थ र मुकुन्द बस्थे । तीर्थ कामको सिलसिलामा शनिबार जुम्लाबजारमा गएका थिए । घरमा आगजनी हुनुको कारण भरतका कान्छा भाइ मुकुन्दले गरेको अन्तर्जातीय विवाह बताइएको छ ।

    कारण अन्तरजातीय विवाह
    भरत नेपालीका अनुसार २२ वर्षीय मुकुन्द नेपालगञ्जमा अध्ययन गरिरहेका थिए तर केही महिनादेखि उनी गाउँमै थिए । यसैबिच उनले हिक्मतकी अन्दाजी १४ वर्षीया बहिनीलाई असार ११ गते भगाएका थिए ।

    ‘भाइले भगाएको भन्ने खबर पनि हामीलाई केटी पक्षले नै दिएको थियो । हाम्रो सम्पर्कमा दुबै छैनन्’ भरतले भने– ‘केटी पक्षको सम्पर्कमा भने छन् । अन्तर्जातीय विवाह गरेकै कारणले उनीहरूले आगजनी गरिदिएका हुन् ।’

    तातोपानी–४ का वडाध्यक्ष अम्मरबहादुर रोकायाका अनुसार आइतबार बिहान २–३ बजे नै आगलागी सुरु भएको थियो तर छिमेकीले ढिलो गरी मात्रै थाहा पाएका थिए ।

    ‘अन्दाजी २ बजेतिर आगलागी भएको हुनुपर्छ । बिहान ४–५ बजेतिर मात्रै थाहा भयो’ वडाध्यक्ष रोकायाले भने– ‘छिमेकी शौचालय जानलाई निस्किँदा घर जलिरहेको थाहा भयो ।’

    त्यसपछि हल्ला भएपछि स्थानीय जम्मा भएका थिए । स्थानीयले मिलेर आगोलाई नियन्त्रणमा लिएको थियो । प्रहरीलाई पनि त्यसपछि पौने ६ बजेतिर मात्रै जानकारी गराइएको थियो । पक्राउ परेका हिक्मतले पनि आफैले आगजनी गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

    ‘विवाहकै कारणले आगजनी गरेको भनेर हामीसमक्ष प्रारम्भिक रूपमा भनेका छन्’ डिएसपी कार्कीले भने ।
    यता, मुकुन्द र उनीसँग विवाह गरेकी नाबालिग किसोरी भने सम्पर्कविहीन छन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

    राजमो महासचिव भट्टको विरोध
    यसैबिच, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त घटनाको बारेमा प्रतिक्रिया दिनुभएको छ ।

    त्यसबारे महासचिव भट्टले लेख्नुभएको छ– ‘जुम्ला जिल्ला तातोपानी गाउँपालिका वडा नम्बर ४ गिडिखोलाका मुकुन्द नेपालीको घरमा हिजो राती आगजनी भयो । त्यो आगजनीबाट संयोगले मानवीय क्षति भएन तर सम्पूर्ण घर जलेर नष्ट भएको छ ।”

    घटनाको कारणबारे खुलाउँदै उहाँले अगाडि लेख्नुभएको छ– “यो आगजनी अरू कसैले नभएर मुकुन्द नेपालीले हालै प्रेमविवाह गरेकी केटीका दाजुले गरेको थियो । आगजनीका पछाडिको कारण थियो : मुकुन्द नेपालीसँग विवाह गर्ने केटी कथित माथिल्लो जातकी थिइन् ।”

    सो क्रममा उहाँले गत वर्ष चितवनमा मन्दिरमा गाईपूजा गरेको कारण एक जना दलितलाई कुटपिट गरेर हत्या भएको, रुकुमको सोतीमा जन्तीमा सहभागी दुलाहासहितका छ जना दलित युवाले ज्यान गुमाउनुपरेको, बैतडी जिल्लामा दलित भएका कारण मृत्युपश्चात शव गाडन नयाँ चिहान खन्न निषेध गरिँदा गाउँभरिका सबै दलितको शव एउटै खाल्डोमा पुर्नुपर्ने बाध्यता रहेको जस्ता उदाहरण प्रस्तुत गर्नुभएको छ ।

    सोमबार, असार १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.