बिनबहादुर रेग्मी, सुरत भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव प्रेम पौडेलले आफ्नो सङ्गठनले मात्रै भारतस्थित नेपालीको पक्षमा बोल्ने गरेको दाबी गर्नुभएको छ ।
जुलाई २, २०२३ आइतबारका दिन सुरतको मिनीबजारमा आयोजित छैटौँ पश्चिम भारत नेपाली एकता सम्मेलनको घोषणासभालाई सम्बोधन गर्दैै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले प्रवासस्थित नेपालीको समस्या समाधानको लागि सचेत, जागरुक र सङ्गठित हुनुको विकल्प नरहेको बताउनुभयो ।
घोषणासभालाई केन्द्रीय सचिव वेदबहादुर कार्की, केन्द्रीय सल्लाहकार मोहन बस्नेत, नेकपा (माले) का प्रतिनिधि हिरण्य कुँवर, वापी पूर्व नगर अध्यक्ष भूवनसिंह धामी, आइएमईका प्रबन्धक हिमांशु लेखकले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू गोविन्दबहादुर थापा, रमकला काउछा, श्रीधर शर्मा, कृष्ण कुँवर, क्षेत्रीय कोषाध्यक्ष हरिकुमार गिरी, क्षेत्रीय सदस्य सविना कुँवर, जितु ठकुल्ला, केन्द्रीय सल्लाहकार बिनबहादुर रेग्मी, नवीन शर्मा, शोभा धामी, क्षेत्रीय महिला संयोजक विष्णुमाया शर्मा, लालबहादुर तारमी, यामबहादुर तारुन र वापी पश्चिम नगरका अध्यक्ष निखिल रावतको पनि आतिथ्य रहेको थियो ।
पूर्ण विकको अध्यक्षता र धु्रवराज न्यौपानेको सञ्चालनमा सुरत नगर समिति र सचिन नगर समितिको संयुक्त ब्यानरमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उपस्थित सहभागीलाई भीम साउद र रक्तिमका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।
“प्रवासी नेपालीको मताधिकार र प्रतिनिधित्व लागि सङ्घर्ष गरौँ, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाका लागि सङ्गठित बनौँ” मूल नाराका साथ गत मे २०–२१, २०२३ मा सो सम्मेलन सम्पन्न भएको थियो ।
सचिन नगर समिति
कार्यक्रममा १३ पूर्ण, चार वैकल्पिक र चार सल्लाहकारसहित सचिन नगर समितिको घोषणा केन्द्रीय सदस्य एवम् क्षेत्रीय सचिव कृष्ण कुँवरले प्रस्तुत गर्नुभएको थियो ।

समितिको अध्यक्षमा बिनबहादुर रेग्मी, उपाध्यक्षमा सविन चौधरी, सचिवमा इन्द्रा सोनी, उपसचिवमा जयन्द्र धामी र कोषाध्यक्षमा नवीन गिरी रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा टेकबहादुर साउद, प्रकाश गिरी, धर्म रोकाय, राजु घर्ती, आशा सिंह, सुन्दर अर्याल र धर्मनाथ तथा वैकल्पिक सदस्यहरूमा रवि श्रेष्ठ, देवराज थापा र रामु आचार्य रहनुभएको छ । पूर्ण सदस्य र वैकल्पिक सदस्यको एक/एक स्थान रिक्त राखिएको छ ।
भेलाले जङ्गबहादुर पल्ली, करन केसी, मानबहादुर धानुक र हरिकुमार गिरीलाई सल्लाहकारमा चयन गरेको छ ।
महिला विभाग पनि
सोही अवसरमा सचिन महिला विभागको पनि घोषणा क्षेत्रीय महिला विभागकी संयोजक विष्णुमाया शर्माले गर्नुभएको थियो ।
समितिको संयोजकमा इन्द्रा सोनी तथा सदस्यहरूमा राधा रेग्मी, सङ्गीता परियार, सोनिया पौडेल, सावित्रा अर्याल, आशा सिंह, गीता राई, शीतल चौधरी, बेबु साउद, सुजाता भण्डारी र ममता ठाकुर रहनुभएको छ ।
सुरत नगर समिति
त्यस्तै, केन्द्रीय सदस्य गोविन्दबहादुर थापाले २१ पूर्ण, पाँच वैकल्पिक र ५ सल्लाहकारसहितको सुरत नगर समितिको घोषणा गर्नुभएको थियो ।

समितिको अध्यक्षमा किशोर ताम्राकार तथा उपाध्यक्षमा प्रकाश जनाला, सचिवमा टङ्क शाह, उपसचिवमा कटक विक र कोषाध्यक्षमा पूर्ण विक रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा गोविन्द सुनार, गीता बस्याल, शान्ति तिरुवा, डम्मर विक, नमराज ताम्राकार, लक्ष्मण सुनार, राजु ओड, दीपेन्द्र खड्का, जनक उखेडा, राजु परियार, ओम सलामीमगर, अर्जुन सुनार, भीम साउद, राजु सोनी र लक्ष्मी ताम्राकार रहनुभएको छ । पूर्ण सदस्यको एक स्थान हाललाई रिक्त राखिएको छ ।
वैकल्पिक सदस्यहरूमा शुष्मा श्रेष्ठ, लीला डाँगी, पदम कुँवर, दिनेश रिजाल र प्रताम जनाला रहनुभएको छ ।
भेलाले रमेश खत्री, विजय श्रेष्ठ, नवीन शर्मा, दिनेश गिरी र ध्रुवराज न्यौपानेलाई सल्लाहकारमा चयन गरेको छ ।
सुरत महिला विभाग पनि
कार्यक्रममा केन्द्रीय सदस्य रमकला काउछाले २१ सदस्यीय सुरत महिला विभागको घोषणा गर्नुभएको थियो ।
शान्ति तिरुवा संयोजक रहनुभएको समितिको सदस्यहरूमा लक्ष्मी ताम्राकार, देबु जनाला, कमला सुनार, गीता बस्याल, अञ्जली रसाइली, ऋतु चौधरी, सुरजा सुनार, दुर्गा रसाइली, शुष्मा श्रेष्ठ, सुष्मिता गिरी, ममता विष्ट, नन्दा विष्ट, रनुजा श्रेष्ठ, कञ्चन मगर, लक्ष्मी विक, खगिसरा लामिछाने र गीता जैन रहनुभएको छ । समितिको एक रिक्त रहेको छ ।