काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नापी कार्यालय काठमाडौँले मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्की विरुद्ध मुद्दा दर्ता गरेको छ ।
Advertisement
२०८० असार १७ गते आइतबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले उनीहरूलाई रु एक अर्ब ७५ करोड बराबरको घुस रकमसहित पक्राउ गरेको थियो ।
आरोपीद्वयलाई बिगोबमोजिम कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।