काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरू दायर गरेको मुद्दाको सन्दर्भमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
Advertisement
२०८० असार १५ गते शुक्रबार न्यायाधीश डा कुमार चुडालको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
सो प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरुङ, सुधीर शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित दर्ता गरेको मुद्दामा गृह मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको हो ।
शुक्रबारको फैसला सोही बाटोको समयबाहेक २४ घण्टाभित्र उपयुक्तm कारण पेस गर्न आदेश दिइएको छ ।
