• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मानव समाज, सामाजिक वर्ग र वर्गसङ्घर्ष


  •   शुक्रबार, असार १५, २०८० मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    तिस हजार वर्षपहिलेको मानव समाजमा गोत्र समुदायको उदय भएको थियो । तिनीहरू एउटै गोत्र वा नजिक नजिक झुपडी बनाएर बस्न थाले । पुरुषहरू माछा मार्ने र सिकार खेल्ने तथा महिलाहरूले फलफूल र कन्दमूल जम्मा गर्ने गर्दथे (केशवलाल श्रेष्ठको सामाजिक क्रान्तिमा वर्गसङ्घर्ष, पृ. ७) । त्यतिखेर मातृसत्तात्मक समाज थियो ।

    Advertisement

    मानव समाजमा पहिलो श्रम विभाजन लिङ्गको आधारमा भएको थियो । पुरुष र महिलाबिच श्रमविभाजन भई पुरुषहरू टाढा टाढासम्म सिकार खेल्न जाने र महिलाहरू बासस्थान वरिपरि फलफूल र कन्दमूललाई जुटाएर खान हुने र खान नहुने छुट्याउँदै खान हुनेलाई खेती गर्ने र जम्मा गरेर खाने दुवै काम गर्दथे । त्यसपछि उमेरको आधारमा फरक पुस्ता र विभिन्न उमेरका मान्छेबिच श्रमविभाजन पनि भएको थियो ।

    सामाजिक वर्गका निश्चित लक्ष्यण हुन्छन् । ती लक्षणका बारेमा जानकारी लिन सकिन्छ र लिनुपर्छ पनि । सामाजिक उत्पादनको पनि आफ्नो निश्चित इतिहास हुन्छ । त्यही इतिहासद्वारा उत्पादनको पद्धति निर्धारण हुन्छ ।

    समाज वर्गविहीन अवस्थाबाट श्रमको बढी आवश्यकता भएकाले लडाइँमा हार्नेहरूलाई मार्नुको सट्टा दास बनाएर बढी काम गराउने चलन सुरु भएको थियो । त्यसरी काम गराउँदा उत्पादन बढी भई सबैका आवश्यकता पूरा गर्न सजिलो महसुस गरेपछि दासको सङ्ख्या बढाउँदै जाने काम भयो । दास र दासमालिकको वर्ग फरक फरक हुँदै जाँदा मालिकको स्वार्थ रक्षा गर्न राज्यसत्ताको प्रारम्भिक रूप पनि विकास भएको थियो । व्यक्तिगत हैसियतबाट र राज्यको प्रतिनिधिको हैसियतबाट दास मालिकहरू नै उत्पादन कार्यका सङ्गठनकर्ता थिए । आदिम साम्यवाद भन्दा दास व्यवस्था यसकारणले प्रगतिशील व्यवस्था थियो । उत्पादन बढेर समाजका सबैको निम्नतम आवश्यकता पुरा हुने अवस्था आएको थियो ।

    समाजमा परिवर्तत र विकास निरन्तर भइरह्यो । त्यसका साथसाथै वर्गविभाजन पनि बढ्दै गयो । बौद्धिक काम सबै मालिकको हैसियतले गर्ने र तोकेअह्राएको काम दासले गर्ने गरी वर्गविकास भयो । व्यक्तिगत सम्पत्तिको प्रथा विकास र विस्तारले समाजमा श्रम विभाजन र सामाजिक वर्गको पनि अस्तित्व देखा पर्दै गयो । विरोधी वर्गको अस्तित्व स्पष्ट हुँदै जाँदा वर्गीय स्वार्थ र वर्गसङ्घर्ष पनि विकास हुँदै गयो । सम्पन्न वर्गको स्वार्थरक्षा गर्नकै लागि राज्यसत्ताको गठन र व्यवस्थित शोषण पनि विकास हुँदै गयो ।

    सामाजिक वर्गका निश्चित लक्ष्यण हुन्छन् । ती लक्षणका बारेमा जानकारी लिन सकिन्छ र लिनुपर्छ पनि । सामाजिक उत्पादनको पनि आफ्नो निश्चित इतिहास हुन्छ । त्यही इतिहासद्वारा उत्पादनको पद्धति निर्धारण हुन्छ । त्यसकारण पहिलो लक्षण सामाजिक उत्पादनमा इतिहासद्वारा निर्धारित पद्धतिमा व्यक्तिको स्थान हो । उत्पादक शक्ति, जो उत्पादन कार्यमा लागेको हुन्छ, समाजको आधार उही हो । उत्पादन प्रणालीको आधारमा अरू राजनीति, कानुन, संस्कृति जस्ता उपरी संरचना अडेका हुन्छन् ।

    दासव्यवस्थामा दासपद्धति कायम हुन्छ, जहाँ दासहरू मुख्य उत्पादक शक्ति हुन्छन् । सामन्ती व्यवस्थामा सामन्ती उत्पादन पद्धति कायम हुन्छ, जहाँ किसानहरू मुख्य उत्पादक शक्ति हुन्छन् । पुँजीवादी व्यवस्थामा पुँजीवादी उत्पादन पद्धति हुन्छ, जहाँ मजदुर मुख्य उत्पादक शक्ति हुन्छन् । त्यसकारण निश्चित उत्पादन पद्धतिमा उसको स्थान निश्चित भएपछि त्यो वर्गका लक्षण त्यसैअनुसार जानकारी लिन सकिन्छ ।

    समाजमा परस्पर विरोधी शोषक र शोषित वर्ग छन् । विरोधीहरूका वर्गस्वार्थ नै परस्पर विरोधी हुन्छन् तर सामाजिक सम्पदामध्ये राज्यसत्ताको वर्गचरित्रका कारणले असमान वितरण भएको हुन्छ ।

    दोस्रो लक्षण उत्पादनका साधनसँग उसको सम्बन्धको आधारमा निश्चित हुन्छ । उत्पादनका तत्कालीन अवस्थाका साधनसँग उसको सम्बन्धको जानकारीले उसको सामाजिक उत्पादनमा उसको वर्गीय हैसियत निश्चित हुन्छ । त्यसैअनुसार नै उसको वर्गचरित्र निश्चित भएको हुन्छ ।

    तेस्रो लक्षण श्रमको सामाजिक सङ्गठनमा उसको भूमिकाले पनि त्यो वर्गको लक्षण निर्माण भएको हुन्छ । उत्पादन प्रणालीमा उत्पादक शक्तिको मुख्य भूमिका हुन्छ । उत्पादनका साधन, श्रमशक्ति र उत्पादनको वस्तु तीनओटैले संयुक्त रूपमा उत्पादनको काम सम्पन्न गर्दछन् । उत्पादनको साधनमा औजार उत्पादनको वस्तुभित्र पर्दछ, जसमा मजदुरले आफ्नो श्रमशक्ति खर्च गर्दछन् । एक्लैको प्रयत्नबाट उत्पादन कार्य सम्पन्न हुन सक्दैन । त्यसकारण श्रमको सामाजिक सङ्गठनमा उसको भूमिकाको पहिचान र निश्चित गरेपछि उसलाई वर्गमा र वर्गचरित्रमा जानकारी लिन सकिन्छ ।

    सामाजिक वर्गको चौथो लक्षण सामाजिक सम्पदा प्राप्त गर्ने तौरतरिका र त्यसको परिणामबाट पनि वर्ग र वर्गचरित्रको जानकारी लिन सकिन्छ । एउटै किसिमले श्रम खर्च गरे पनि वर्तमान समाजमा कसैले बढी पुँजी आर्जन गर्न सक्छन् भने कोहीले थोरै पुँजी आर्जन गर्दछन् । प्राप्त हुने रकमको आधारमा उसका आवश्यकता परिपूर्ति गर्ने र वर्गीय हैसियत कायम राख्नेका आधारमा वर्ग र वर्गसङ्घर्षको स्थिति मूल्याङ्कन हुन्छ ।

    समाजमा परस्पर विरोधी शोषक र शोषित वर्ग छन् । विरोधीहरूका वर्गस्वार्थ नै परस्पर विरोधी हुन्छन् तर सामाजिक सम्पदामध्ये राज्यसत्ताको वर्गचरित्रका कारणले असमान वितरण भएको हुन्छ । दुई विपरीत स्वार्थ भएका सामाजिक वर्गबिचको आपसी हितको टक्कर नै वर्गसङ्घर्ष हो । वर्गसङ्घर्ष वर्गदृष्टिकोणबाट सुरु भएर शोषणको मात्रा बढ्ने बढाउने गर्दै अगाडि बढ्छ । शोषित वर्गको विश्वदृष्टिकोण शोषण बढाएर मुक्त हुने हुँदा शोषणयुक्त व्यवस्थाको आयु लामो हुन्छ । वर्गले आफ्नो वर्गीय हैसियतअनुसारको शोषण र अन्यायको जस्ताको त्यस्तै वास्तविकता महसुस गर्न सक्ने हुँदासाथ पुँजीवादी व्यवस्था रहन सक्ने थिएन ।

    आर्थिक सङ्घर्षले सर्वहारा वर्गलाई अरू बढी कार्यभार समाधान गर्न प्रेरित गर्छ । सङ्गठनको महत्त्व बुझाउँछ । सङ्गठित हुन तथा सङ्गठन गर्न मदत पुर्‍याएको हुन्छ ।

    सर्वहारा वर्ग पुँजीवादी व्यवस्थाको उत्पादन हो । नाफा कमाउने उद्देश्यअनुसार काम गर्दै जाँदा एकातिर, पुँजीपति वर्ग उत्पादन हुँदै जान्छ, जसको सङ्ख्या घट्दै जान्छ र आर्जन गरेको पुँजीको मात्रा बढ्दै जान्छ भने अर्कोतिर, सम्पत्तिविहीनको सङ्ख्या बढ्दै जाने र थोरै सम्पत्ति हुने र सम्पत्ति हुँदैनहुनेको सङ्ख्या बढ्दै जाने हुन्छ । सम्पत्ति थोरै हुनेहरूको साथ र सहयोगसहित सम्पत्ति नहुनेहरू सचेत र सङ्गठित भई आन्दोलन उठाएर राज्यसत्ता कब्जा गरेपछि नयाँ युग सुरुवात हुन्छ ।

    सर्वहारा वर्गको सङ्घर्षका मुख्य रूपहरूमध्ये पनि राजनैतिक सङ्घर्ष सबैभन्दा उत्तम र महत्त्वपूर्ण रूप हो । शोषणबाट मुक्ति पाउने निर्णायक शर्त पनि राजनैतिक सङ्घर्ष नै हो । वर्गसङ्घर्ष आर्थिक सङ्घर्षबाट सुरु भएर राजनैतिक सङ्घर्षमा सङ्क्रमण गर्दछ र गर्नैपर्छ । विचारधारात्मक सङ्घर्षले राजनैतिक सङ्घर्षलाई व्यवस्थित बनाउन मदत पुर्‍याउने मात्र होइन, वैचारिक सङ्घर्ष सही र उच्चस्तरको नभएसम्म राजनैतिक सङ्घर्ष व्यवस्थित हुन सक्दैन । आफै अव्यवस्थित सङ्घर्षबिन न वर्गीय सत्ता खोस्न सकिन्छ, न वर्गविहीन वा शोषणविहीन समाज नै निर्माण गर्न सकिछ । वर्गविहीन शोषणविहीन समाज निर्माण गर्न सक्छ । वर्गीय चेतनाले लेस नभएका गैरवर्गीय राजनैतिक पार्टीले गर्न सक्ने काम पार्टीको अधिनायकत्व प्रयोग गरेर जनताको पिछडिएको राजनीतिक चेतनास्तरबाट फाइदा उठाउँदै अवसरवादी पार्टीको शोषण बढाउने उद्देश्य पूरा गर्न सक्दछ । त्यो अवस्था जनता आफैले राजनीतिक पार्टीको अवसरवादी चरित्र थाहा पाउन नसक्दासम्म मात्र कायम रहन सक्दछ । जनता जब राजनैतिक रूपले सचेत हुँदै सही राजनैतिक पार्टीलाई आफ्नो साथमा राख्न सक्ने र सहयोग गर्न सक्ने अवस्थामा गए भने मात्र पर्दा उघारिन्छ ।

    आर्थिक सङ्घर्षले सर्वहारा वर्गलाई अरू बढी कार्यभार समाधान गर्न प्रेरित गर्छ । सङ्गठनको महत्त्व बुझाउँछ । सङ्गठित हुन तथा सङ्गठन गर्न मदत पुर्‍याएको हुन्छ । आपसी एकताले आन्दोलन उठाउन आन्दोलनको उद्देश्यअनुसार अघि बढ्न, भावी आन्दोलनको नेतृत्व गर्न र शोषित–उत्पीडित जनताको साथ र सहयोगसहित अघि बढ्ने प्रेरणासमेत दिएको हुन्छ । राजनीतिक सङ्घर्षमा सबैभन्दा बढि महत्त्व सिद्धान्तको हुन्छ, त्यसपछिको महत्त्व राजनीतिक लाइनको हुन्छ । राजनीतिक लाइनमा रणनीति र कार्यनीतिको ख्याल राखेर लाइन निश्चित गर्न सक्नुपर्छ ।

    तेस्रो महत्त्व सङ्गठनको हुन्छ । सङ्गठन जनवादी केन्द्रीयताको आधारमा सञ्चालन गर्दा छलफलमा स्वतन्त्रता र काममा एकता लागु गर्नैपर्छ । सङ्गठन व्यवस्थित हुन नसक्ने हो भने त्योभन्दा बढी महत्त्वको दुवै पक्ष उपयोगविहीन हुन्छन् । सिद्धान्त र राजनीतिको मातहत नभइकन बनाइएको सङ्गठनले गर्ने उच्चतम काम अवसरवादी राजनीतिलाई पक्डेर जनताको पिछडिएको राजनीतिक चेतनाबाट फाइदा उठाउनेभन्दा बढी केही पनि गर्न सक्दैन ।

    राजनीतिक सङ्घर्ष सम्पूर्ण सर्वहारा श्रमजीवी वर्गको हितको रक्षाका लागि गरिएको हुन्छ तर यो राज्यसत्ताले राजनीतिक व्यक्ति बन्न प्रोत्साहन गर्दैन बरु लम्पट सर्वहारा बनाएर राजनीतिक शक्तिमाथि प्रहार गर्ने/गराउने प्रयत्न गर्दछ ।

    राज्यसत्ता जस्तो ठुलो सङ्गठित शक्तिमा आमूल परिवर्तन गरेर शोषित–उत्पीडित जनताको पहुँच पुग्ने बनाउन बढीभन्दा बढी जनताको साथ र सहयोग आवश्यक पर्छ । अवसरवादी राजनीतिक पार्टीहरू जनताको अघि लागे जस्तो देखिए पनि वास्तवमा जनताको पछि लागेर उनीहरूलाई (जनतालाई) उपयोग गरिरहेका हुन्छन् । यो अवसरवादी चलाखी जनताले बुझ्दै गएका हुन्छन् । जनताले बुझ्दै गर्दा उनीहरू नाङ्गिँदै पनि गइरहेका हुन्छन् । राजनीतिक सङ्घर्ष वर्गसङ्घर्षको सबैभन्दा उपल्लो वा माथिल्लो रूप हो । यो सत्ताप्राप्ति तथा वर्गविहीन र शोषणविहीन समाजको निर्माण गर्ने दिशातिर अघि बढेको हुन्छ ।

    राजनीतिक सङ्घर्षको मुख्य कार्यभार प्रतिक्रियावादी सत्ता पल्टाएर आफ्नो वर्गीय सत्ता स्थापना गर्नु हो । यो सङ्घर्ष शोषित वर्ग र शोषक वर्गको बिचमा वर्ग सङ्घर्षको रूपमा सञ्चालित हुन्छ । शोषकले आफ्नो हैसियत महसुस नगरेर नै शोषण बढाइरहेको हुन्छ । शोषितले आफ्नो हैसियतको मूल्याङ्कन गर्ने र समाधान गर्न सङ्घर्षको बाटो पक्रनको सट्टा आफूलाई शोषककै हैसियतमा विकास गरेर शासक बन्ने विचारले आफ्ना क्रियाकलाप अगाडि बढाउँदै त्यो तरिकाले न ऊ शासक बन्न सक्छ, न राज्यसत्ताको शोषणयुक्त नीति बदलिन्छ, न जनताको राज्यसत्ता स्थापना गर्नमा उसको योगदान बढेको नै हुन्छ ।

    राजनीतिक सङ्घर्ष सम्पूर्ण सर्वहारा श्रमजीवी वर्गको हितको रक्षाका लागि गरिएको हुन्छ तर यो राज्यसत्ताले राजनीतिक व्यक्ति बन्न प्रोत्साहन गर्दैन बरु लम्पट सर्वहारा बनाएर राजनीतिक शक्तिमाथि प्रहार गर्ने/गराउने प्रयत्न गर्दछ । सर्वहारा वर्गीय समाजवादी चेतनाले सुसज्जित भएर आफ्नो ऐतिहासिक अभिभारा र क्रान्तिकारी कार्यभार पूरा गरेको हुन्छ ।

    राजनीतिक सङ्घर्ष आफ्नो कम्युनिस्ट पार्टी, जुन सर्वहारा वर्गको सङ्गठनको उच्च रूप हो, त्यसैको निर्देशनमा गर्ने सङ्घर्ष हो । कम्युनिस्ट पार्टीमा सबै सर्वहारा वर्गका व्यक्ति मात्र भएर बनाएको पनि हुँदैन र त्यस्तो पार्टी बनाउन सम्भव पनि हुन्न । बढीभन्दा बढी श्रमजीवीलाई समेट्न वा सङ्गठित गर्न सके उत्तम हुन सक्छ तर पनि कम्युनिस्ट पार्टीभित्रका सर्वहारा वर्ग र कम्युनिस्ट पार्टीभन्दा बाहिरको समाजमा भएका सर्वहारा वर्गबिच सुमधुर सम्बन्ध स्थापनाको बाटोमा पुग्न सकियो भने पनि ठुलै काम गरिएको हुन्छ । त्यस्तो सङ्गठनको अवस्था हुन सकेन भने वा बनाउने प्रयत्न भएन भने सत्ता कब्जा भए पनि छिटै प्रतिक्रान्ति भई झन् चर्को शोषणमा पर्ने सम्भावना हुन्छ ।

    मजदुर किसान वर्गलाई आर्थिक सङ्घर्ष र राजनीतिक सङ्घर्षमा उतार्न, आफ्ना आधारभूत वर्गीयहित बुझाउन वैचारिक सङ्घर्ष गर्नुपर्छ । माक्र्सवाद–लेनिनवाद र वैज्ञानिक समाजवादको अध्ययन त्यसैका लागि चाहिन्छ । मजदुर किसान वर्गलाई सामन्ती तथा पुँजीवादी विचार र पूर्वाग्रहबाट मुक्त गराउनु हो । अरू रूपजत्तिकै वर्गसङ्घर्षको वैचारिक सङ्घर्ष पनि आवश्यक छ । वैचारिक सङ्घर्षका रूपमध्ये पहिलोले भन्छ : सामाजिक विकासको बारेमा वैज्ञानिक ज्ञान प्रचार गर्नुपर्छ ।

    पुरानो खराब पक्षको विस्थापन नगरेसम्म नयाँ असल पक्षको स्थापना गर्न/गराउन सकिन्न । त्यसैले भण्डाफोरको पनि महत्त्व छ । तेस्रो शत्रुतापूर्ण वर्गीय संरचनाको ऐतिहासिक रूपमा अवश्यम्भावी विस्थापन हुन्छ र नयाँ दीर्घजीवी व्यवस्था स्थापित गर्नुपर्ने काम अवश्यम्भावी भएकाले हामी आफैले त्यसको लागि मिहिनेत गर्नुपर्ने पनि हुन्छ ।

    समाजमा परिवर्तन र विकास भइरहेको हुन्छ । थाहा पाएर वा नपाएर भए पनि समाजमा वैज्ञानिक ज्ञानका विषय उत्पादन र प्रचार भइरहेका हुन्छन् । हाम्रो जीवनको सीमित समयमा आफ्नो जीवनलाई उपलब्धिमूलक बनाउन पनि समाजको चेतना उच्च बनाउन आफ्नो योगदान थप्नैपर्छ । दोस्रोमा सामन्ती पुँजीवादी र साम्राज्यवादी शोषणका विभिन्न रूपको भण्डाफोर गर्नुपर्छ । समाजमा अहिलेसम्म चलिरहेका र बितेका व्यवस्थाको भण्डाफोर गरेर विकल्प आफैले खोज्ने र अरूलाई पनि विकल्प खोज्न प्रेरित गराउने मात्र होइन, आफूले गरेको प्रयत्नको पनि स्मरण गराउन सक्नुपर्छ ।

    पुरानो खराब पक्षको विस्थापन नगरेसम्म नयाँ असल पक्षको स्थापना गर्न/गराउन सकिन्न । त्यसैले भण्डाफोरको पनि महत्त्व छ । तेस्रो शत्रुतापूर्ण वर्गीय संरचनाको ऐतिहासिक रूपमा अवश्यम्भावी विस्थापन हुन्छ र नयाँ दीर्घजीवी व्यवस्था स्थापित गर्नुपर्ने काम अवश्यम्भावी भएकाले हामी आफैले त्यसको लागि मिहिनेत गर्नुपर्ने पनि हुन्छ । हाम्रो जीवनको पनि मूल्य र महत्त्व भएको प्रमाणित गर्न सम्पूर्ण श्रमजीवी जनताको क्रान्तिकारी सङ्घर्षको अगुवा भई ऐतिहासिक भूमिका पूरा गर्नुपर्छ । त्यतिले मात्र पुग्दैन, माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधारालाई पुष्टि गर्नुपर्छ । विचारधारात्मक सङ्घर्ष वर्गसङ्घर्षको सारवस्तु भएकाले पनि बढी महत्त्व छ ।

    शुक्रबार, असार १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.