• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

देशभरका स्थानीय तहले ल्याए बजेट, कुन महानगरको कति ?


  •   आइतबार, असार १०, २०८० मा प्रकाशित
  • काठमाडौं । देशभरका स्थानीय सरकारले आज ९आइतबार० बजेट ल्याएका छन्। स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था छ । सोही अनुसार आज आर्थिक वर्ष २०८०÷०८१ को बजेट ल्याएका हुन्।

    Advertisement

    अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ।

    यसैबीच ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकाले सबैभन्दा बढी २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ। यस्तै, सबैभन्दा कम वीरगन्ज महानगरपालिकाले ३ अर्ब २१ करोड ३५ लाख रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।

    कुन महानगरको कति ?

    काठमाडौं : २५ अर्ब ५४ करोड ७८ लाख २० हजार
    काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट ल्याएको छ।

    महानगर नगरसभाको १३ औं बैठकमा आइतबार उपमेयर सुनीता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट पेस गरेकी हुन्।

    प्रस्तुत बजेटमा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब ४५ करोड ६२ लाख ४६ हजार, निशर्त अनुदानतर्फ ७९ करोड ३६ लाख ३० हजार, आन्तरिक आयतर्फ ६ अर्ब ३९ करोड २० लाख र बैंक मौज्दात रु ११ अर्ब ७५ करोड, राजस्व बाँडफाँडतर्फ २ अर्ब १६ करोड ५९ लाख ४४ हजार र सामाजिक सुरक्षा भत्ता तथा जग्गा एकीकरण आयोजनाको २ अर्ब ९९ करोड समेत गरी कुल रकम २५ अर्ब ५४ करोड ७८ लाख २० हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ।

    आगामी आर्थिक वर्षका लागि महानगरले सञ्चालन गर्ने केही प्राथमिक कार्यक्रमहरू पनि घोषणा गरिएको छ। महानगरले सांस्कृतिक सम्पदा तथा पर्यटनमा सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ।

    महानगरले महानगरपालिकाका आयोजनालाई ‘महानगर गौरवका आयोजना’ र ‘महानगर स्वर्णिम योजना’ का रुपमा परिभाषित गर्दै प्राथमिताका आधारमा काम गर्ने जनाएको छ। महानगरले शिक्षामा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार विनियोजन गरेको छ।

    त्यसैगरी स्वास्थ्यमा ९२ करोड ६६ लाख, पूर्वाधारमा ७ अर्ब ३४ करोड ६४ लाख, सांस्कृतिक सम्पदा तथा पर्यटनमा २ अर्ब १३ करोड, वातावरण व्यवस्थापनमा ७८ करोड ९३ लाख र सहरी यातायातमा १० करोड विनियोजन गरेको छ।

    पोखरा महानगरपालिका : ७ अर्ब १५ करोड १५ लाख १७ हजार
    पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ। आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले यो आकारको बजेट प्रस्तुत गरेकी हुन्।

    कुल बजेटमध्ये पूर्वाधार २ अर्ब, सामाजिकतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड, स्वास्थ्यमा १० करोड, शिक्षामा १८ करोड, वडाहरुका लागि ७२ करोड ६० लाख, नगरपालिका खर्च ८१ करोड १२ लाख, संघीय सशर्ततर्फ २ अर्ब २३ करोड, खर्च व्यवस्थापनतर्फ २ करोड, युवा स्वरोगजारतर्फ ३ करोड र अन्य शिर्षकमा ५ करोड विनियोजन भएको महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले जानकारी दिए।

    पोखराले चालु आवको भन्दा कम बजेट आगामी आवका लागि ल्याएको हो। पोखरा महानगरपालिकाले चालु आवमा ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।

    भरतपुर महानगरपालिका : ६ अर्ब ३१ करोड ७९ लाख
    चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाखको बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको १३ औं नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन्।

    प्रस्तुत बजेटमा आन्तरिक आय १ अर्ब ७५ करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त रु ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट रु ५० करोड, बैंक मौज्दात रु एक अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट रु तीन करोड र अन्तरसरकारी अख्तियारी शिर्षकमा अनुमानित आय १ अर्ब १० करोड रहने प्रक्षेपण गरिएको छ।

    महानगरले सार्वजनिक गरेको बजेटमा विपद् सामग्री खरीद, उचित भण्डारण, जनशक्ति परिचालन, जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन, राहत वितरण, पुनर्स्थापना जस्ता क्षेत्रमा बजेट विनियोजन भएको छ।

    विराटनगर महानगरपालिका : ३ अर्ब २८ करोड ५० लाख
    विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र२०८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। महानगरपालिकाका उपप्रमुख शिल्ला निराला कार्कीले आइतबार नगरसभामा कुल व्यय, मुख्य कार्यक्रम र स्रोत व्यवस्थापनका लागि अनुमानित बजेट प्रस्तुत गरेकी हुन्।

    आगामी वर्षका लागि महानगरपालिकाले चालु खर्चतर्फ १ अर्ब ५९ करोड ८३ लाख २५ हजार र पूँजीगत खर्चतर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार बजेट प्रस्तुत गरिन्।

    प्रशासनिक खर्चतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार बिनियोजन गरिएको छ ।

    यसैगरी सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजार, रहेको छ। जसमा स्वास्थ्यतर्फ १३ करोड ६७ लाख, शिक्षातर्फ ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण विपद् व्यवस्थापनतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

    यसैगरी वडास्तरीय आयोजनाका लागि ३८ करोड, नगरस्तरीय आयोजनाका लागि २० करोड, बहुवर्षीय तथा गौरवका आयोजना एवं क्रमागत योजनाको भुक्तानीका लागि ६५ करोड, सडक मर्मतका लागि १० करोड, सडक बत्तितर्फ १ करोड ५३ लाख ७५ हजार, अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ६५ लाख र समपुरक कोषका लागि २ करोड बिनियोजन गरिएको छ।

    व्यय अनुमानलाई खर्च व्यहोर्ने स्रोतमा संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ एक अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार, बाँडफाँड प्राप्त राजस्वतर्फ ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयतर्फ ९९ करोड ५० लाख, जहसहभागितातर्फ १० करोड, आन्तरिक ऋणतर्फ १० करोड, संघसंस्थातर्फ ३ करोड र नगद मौज्दात २ करोड हुने अनुमान गरिएको छ।

    ललितपुर महानगर : ६ अर्ब ५० करोडको बजेट
    ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ।

    महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले प्रस्तुत गरेको बजेटमा पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाखको बजेट आएको हो।

    ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायत विषयलाई प्राथमिकतामा राखेको छ।

    वीरगन्ज महानगरपालिका : ३ अर्ब २१ करोड ३५ लाख
    वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०र०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।

    वीरगन्ज महानगरपालिकाको नगरसभाको उपमेयर इम्तियाज आलमले बजेट प्रस्तुत गरेका हुन्।

    प्रस्तुत बजेटमा चालूतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार र पूँजीगततर्फ ६८ करोड ७८ लाख १५ हजार र वित्तीय व्यवस्थातर्फ ३ करोड ६३ लाख २४ हजार रूपैयाँ विनियोजन गरिएको हो।

    महानगरपालिकाको अगामी आवका लागि अनुमान गरिएको खर्च बेहोर्ने आन्तरिक राजस्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख, संघीय राजस्व बाँडफाँटबाट २५ करोड२४ लाख ७० हजार र प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार र प्रदेश राजस्व बाँडफाँटबाट २ करोड ८७ लाख व्यहोरिने उल्लेख छ ।

    आइतबार, असार १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.