• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

क्रान्तिकारी उत्साहबारे केही कुरा


  •   आइतबार, असार १०, २०८० मा प्रकाशित
  • सुरेश थापा #
    हरेक कम्युनिस्ट कार्यकर्तामा क्रान्तिकारी उत्साह हुनु आवश्यक छ । त्यसले मात्र लगातार र सक्रियताका साथ पार्टी र सङ्घर्षमा भाग लिन, क्रान्ति र जीवनका लागि परसम्म हेर्न, दृढता र बलिदानको भावनालाई कायम राख्न सम्भव हुने छ ।

    Advertisement

    कतिपय कार्यकर्ताहरूले सिद्धान्तत: माक्र्सवादी–लेनिनवादी दर्शन र राजनीति अपनाए पनि उनीहरूमा त्यो क्रान्तिकारी उत्साह हुँदैन । परिणाम यो हुन्छ कि उनीहरूमा क्रान्तिप्रति निराशा, पलायन, निष्कृयता वा प्रतिक्रान्तिकारी भावना विकास हुँदै जान्छ । अन्तत: उनीहरूले पहिले अपनाएको माक्र्सवादी–लेनिनवादी दर्शन छोड्दै जान्छन् । कतिपय त प्रतिकृयावादी कित्तामा समेत सामेल हुन पुग्दछन् ।

    क्रान्तिकारी उत्साह कसरी पैदा हुन्छ ? यसलाई निरन्तरता दिन कसरी सम्भव छ ? यो महत्त्त्वपूर्ण प्रश्न हो । यो सबै धेरै हदसम्म हामीले अपनाएको दृष्टिकोणमा निर्भर रहन्छ । सही दृष्टिकोणका आधारमा मात्र व्यक्ति, समाज, आन्दोलन, क्रान्ति, जीवन र जगत्सम्बन्धी वा अन्य कैयौँ प्रश्नबारे सही समझदारीमा पुग्न सकिन्छ । विषय वा घटनाबारे सही समझदारीको अभावमा क्रान्तिकारी उत्साह पैदा हुन सक्दैन । यसरी क्रान्तिकारी उत्साहसँग सही दृष्टिकोणको निर्माणले महत्त्त्वपूर्ण स्थान राख्दछ । त्यो सही दृष्टिकोण भनेको द्वन्दात्मक भौतिकवादी दृष्टिकोण हो अथवा सर्वहारा विश्वदृष्टिकोण हो ।

    सर्वहारा दृष्टिकोण कमजोर हुँदै जान्छ वा पुँजीवादी दृष्टिकोण हावी हुदै जान्छ, निष्कृयता, पलायन वा निराशा बढ्दै जान्छ । क्रान्ति “टाढा” को विषय बन्न पुग्दछ । समाज, जीवन र क्रान्तिप्रति निराशा बढ्न थाल्छ ।

    हामी जति सर्वहारा दृष्टिकोण अपनाउँदै जान्छौँ, क्रान्तिकारी उत्साह बढेर जान्छ । त्यसको ठिक विपरीत सर्वहारा दृष्टिकोण कमजोर हुँदै जान्छ वा पुँजीवादी दृष्टिकोण हावी हुदै जान्छ, निष्कृयता, पलायन वा निराशा बढ्दै जान्छ । क्रान्ति “टाढा” को विषय बन्न पुग्दछ । समाज, जीवन र क्रान्तिप्रति निराशा बढ्न थाल्छ । त्यसैले गलत दृष्टिकोणलाई परित्याग गर्ने र सही दृष्टिकोणलाई अपनाउने सवालमा अत्यन्त गम्भीर हुनुपर्दछ ।

    सही दृष्टिकोण निर्माण एकैपटकको प्रयत्नबाट भने सम्भव हुन सक्दैन । त्यसका लागि बारम्बारको प्रयत्न आवश्यक छ । यहाँनेर के कुरामा ध्यान जानु आवश्यक छ भने एकपटक सही दृष्टिकोण अपनाइएको आधारमा त्यो दृष्टिकोण सधैँ कायम रहिरहन्छ र हाम्रा निष्कर्ष पनि सही रहिरहन्छन् भन्ने सोचाइ सही होइन । परिस्थितिमा आउने परिवर्तनले दृष्टिकोणमा पनि परिवर्तन ल्याउँछ र हाम्रा निष्कर्ष पनि परिवर्तन हुँदै जान्छन् । त्यसैले व्यवहार र विचारका क्षेत्रमा देखा पर्ने गैरसर्वहारा दृष्टिकोणका विरुद्ध लगातार र दृढतापूर्वक सङ्घर्ष गर्नुपर्दछ । यसलाई माक्र्सवादीहरूले “निरन्तर क्रान्ति” को रूपमा व्याख्या गर्ने गरेका छन् ।

    क्रान्तिकारी उत्साहका लागि निम्नपुँजीवादी विचारबाट मुक्त हुनुपर्दछ । निम्नपुँजीवादी विचारको आधारमा भनेको व्यक्तिवाद हो । यो यस्तो प्रवृत्ति हो, जसमा सङ्गठनमा लगनशीलता र अनुशासनमा दृढताको अभाव हुन्छ । यसले क्रान्तिको हितलाई भन्दा व्यक्तिगत स्वार्थ र महत्त्त्वाकाङ्क्षालाई माथि राखेर सोच्ने गर्दछ । निम्नपुँजीवादी तत्त्वहरू आफ्नो स्वार्थमा बाधा नपर्ने अवस्थासम्म सक्रिय हुन्छन् तर सुरुमा जति सक्रियता, जोस, उत्साह र वीरताको प्रदर्शन गरेतापनि जब स्वार्थमा बाधा पर्न थाल्दछ, उनीहरू निस्क्रिय र पलायन हुन थाल्दछन् । जति निम्नपुँजीवादी दृष्टिकोण हाबी हुँदै जान्छ, त्यो क्रमले तीव्रता पाउँछ । व्यक्तिगत जीवन र पारिवारिक स्वार्थ प्रधान बन्न जान्छ, पलायन र गद्दारीको बाटो रोज्न पुग्दछन् । यसका विपरीत जति सर्वहारा दृष्टिकोणको विकास हुँदै जान्छ, त्यहाँ सक्रियता, जोस बढ्दै जान्छ । क्रान्तिकारी उत्साह पनि माथि हुन्छ ।

    निम्नपुँजीवादी चिन्तन गैरमाक्र्सवादी विचारधारा हो । निष्कर्षमा यो पुँजीवादी विचार हो । सङ्गठन र अनुशासनको क्षेत्रमा यो अराजकतावादको रूपमा प्रकट हुन्छ । यस प्रकारको चिन्तनका कारणले गर्दा जीवन, जगत्, वर्गसङ्घर्ष वा क्रान्तिको बारेमा सही दृष्टिकोण अपनाउन उनीहरूका लागि सम्भव हुँदैन । उनीहरू क्रान्ति लामो र जटिल प्रक्रिया हो भन्ने कुरा बुझ्न सक्दैनन् । त्यही क्रान्तिप्रतिको शीध्र सफलताको चाहनाले “वामपन्थी” दुस्साहसवादको जन्म दिन्छ । यो वास्तवमा क्रान्तिप्रतिको निराशा, कुण्ठा, महत्त्वाकाङ्क्षा र क्रान्तिकारी अधैर्यताको परिणाम हो । “वामपन्थी” दुस्साहसवाद अन्तत: दक्षिणपन्थी अवसरवादमा पतन हुन पुग्दछ । त्यसैले निम्नपुँजीवादी अराजकतावादको विरुद्ध दृढतापूर्वक सङ्घर्षको नीति अपनाउनु पर्दछ ।

    यदि दृष्टिकोण मजबुत छ भने जतिसुकै प्रतिक्रान्तिकारी वातावरण भए पनि वा कठिन अवस्थामा पनि क्रान्तिकारी उत्साह कहिल्यै कमजोर हुँदैन ।

    क्रान्तिकारी उत्साहका लागि क्रान्तिकारी वातावरणले पनि आफ्नै महत्त्व राख्दछ । क्रान्तिकारी वातावरणले क्रान्तिकारी विचार निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । प्राय: भेला, सम्मेलन, प्रशिक्षण वा आन्दोलनका बिचमा बढी सक्रिय हुने, जिम्मेवारी बढी लिन प्रयत्न गर्ने गरेको पाइन्छ किनभने त्यो अवस्थामा क्रान्तिप्रतिको विश्वास बढेको हुन्छ । यसको विपरीत घरपरिवार, सम्पत्ति, विरोधी शक्तिहरूको बाहुल्यता, रूढिवादी धर्म संस्कृतिको बिचमा हुँदा त्यो उत्साह त्यही रूपमा रहिरहेको पाइँदैन । त्यो घटेको महसुस हुन्छ । त्यसबाट के प्रष्ट हुन्छ भने क्रान्तिकारी वातावरणमा क्रान्तिकारी उत्साह बढेको हुन्छ र प्रतिक्रान्तिकारी वातावरणमा त्यो घट्न पुग्दछ । त्यसैले सधैँ आफूलाई क्रान्तिकारी वातावरणमा राख्ने लगातार प्रयत्न गर्नुपर्दछ । माक्र्सवादी–लेनिनवादी दर्शन, साहित्य, क्रान्तिकारी व्यक्तित्वको जीवनीको अध्ययन गरेर, जनवादी गीतसङ्गीत सुनेर, बढीभन्दा बढी जनताको बिचमा पुगेर पनि हामी त्यो वातावरण बनाउन सक्छौँ तर मुख्य कुरा सर्वहारा विश्वदृष्टिकोणको निर्माण नै हो । ऐतिहासिक द्वन्दात्मक भौतिकवादको गहिरो अध्ययनबाट नै सर्वहारा दृष्टिकोण निर्माण हुन्छ । यदि दृष्टिकोण मजबुत छ भने जतिसुकै प्रतिक्रान्तिकारी वातावरण भए पनि वा कठिन अवस्थामा पनि क्रान्तिकारी उत्साह कहिल्यै कमजोर हुँदैन ।

    प्राय: कार्यकर्ताहरूले आफ्ना अगाडि देखा परेका “यथार्थ” बाट विचार निर्माण गरेको पाइन्छ । त्यो “यथार्थ” हामीले सोचे जस्तो, हामीले चाहे जस्तो छैन । त्यो निराशावादी छ । त्यसले क्रान्तिकारी उत्साह पैदा गर्दैन । ठुलो, शक्तिशाली पार्टी, सशक्त क्रान्तिकारी आन्दोलन, क्रान्ति, नयाँ जनवाद, समाजवाद हाम्रा चाहना हुन् तर त्यसको ठिक विपरीत पार्टीमा फुट, विभाजन, पलायन, निष्क्रियता, दुस्मनशक्तिहरूको बाहुल्यता आदिले क्रान्तिकारी शक्तिहरू एकदम कमजोर अवस्थामा छन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन कमजोर र रक्षात्मक अवस्थामा छ । रुस, चीन जस्ता समाजवादी देश पुँजीवादमा पतन भएका छन् । साम्राज्यवादी, पुँजीवादी शक्तिहरू कैयौँ गुणा बलिया भएका छन् । यी हाम्रा अगाडिका “यथार्थ” हुन् । यस प्रकारको “यथार्थ” को सीमाभित्र हामीले सोचाइ बनाउन थाल्यौँ भने त्यसले हामीमा कुनै प्रकारको क्रान्तिकारी उत्साह पैदा गराउने छैन बरु निष्क्रिय, पलायन र निराशावादी मात्र बनाउने छ ।

    पार्टीभित्र देखा पर्ने फुट, विभाजन पनि यस प्रकारको परिस्थिति निर्माणका लागि धेरै जिम्मेवार छ । वास्तवमा हामीले फुट, विभाजन भनेतापनि त्यो फुट र विभाजन नभएर क्रान्ति र परिवर्ततप्रतिको निराशा हो । त्यो पलायन हो । यस प्रकारको चिन्तनको सिकार सामान्य कार्यकर्ता मात्र होइन, पार्टी, आन्दोलन र जनताले विश्वास गरेका, लामो आन्दोलनको पृष्ठभूमि बोकेका नेताहरूसमेत हुने गरेका तथ्य हाम्रासामु रहेका छन् । त्यस प्रकारको तथ्यका पछाडिको वास्तविकतालाई सही ढङ्गले बुझ्न नसक्दा तल्ला र पछिल्ला पिँढीका कार्यकर्तामा थप निराशा पैदा हुने वा पार्टी र क्रान्तिका लागि जीवन होम्ने सवालमा हिच्किचाहट पैदा हुने गरेको देखिन्छ ।

    क्रान्तिकारी उत्साहलाई कायम राख्न हामीले हाम्रा अगाडिको “यथार्थ” भन्दा माथि उठेर देश, काल, परिस्थितिलाई हेर्न सक्नुपर्दछ । समाजका घट्ना, परिस्थितिलाई उनीहरूमा अन्तर्निहित अपरिहार्य परिवर्तनको नियमसँग जोडेर हेर्न सक्नुपर्दछ ।

    त्यस प्रकारको अवस्थामा क्रान्तिकारी उत्साहलाई कायम राख्न हामीले हाम्रा अगाडिको “यथार्थ” भन्दा माथि उठेर देश, काल, परिस्थितिलाई हेर्न सक्नुपर्दछ । समाजका घट्ना, परिस्थितिलाई उनीहरूमा अन्तर्निहित अपरिहार्य परिवर्तनको नियमसँग जोडेर हेर्न सक्नुपर्दछ । त्यसरी मात्र हामीले क्रान्तिकारी उत्साह कायम राख्न सक्ने छौँ ।

    यसरी जब हामीले आफ्ना अगाडिको “यथार्थ” भन्दा माथि उठेर टाढा र अगाडि हेर्न थाल्दछौँ, त्यहाँ हामीले क्रान्तिकारी उत्साह पहिलेको भन्दा कैयौँ गुणा बढेको पाउँछौँ किनभने हामीले त्यहाँ “आजको दुनियाँभरि र स्वयम् हाम्रो देशको कठिन र प्रतिकूल स्थितिका बाबजुद क्रान्तिका असीम सम्भावनालाई हाम्रा अगाडि उभिएको देख्ने छौँ; दुनियाँका महाशक्तिको दबदबा र वैभवका ठाउँमा उनीहरूका चिहान देख्ने छौँ† हाम्रो आजको कमजोर पार्टी र टुटेफुटेको कम्युनिस्ट आन्दोलनका ठाउँमा क्रान्तिकारी सङ्घर्षका ज्वारभाटालाई देख्ने छौँ† विश्वमा करोडौँकरोड मिहिनेतकस जनतालाई क्रान्तिको काममा अगाडि बढिरहेको देख्ने छौँ । आज स्वयम् पार्टीभित्र पनि काफी प्रभाव जमाएका प्रतिक्रियावादी, पुँजीवादी, निम्नपुँजीवादी र रूढिवादी सोचाइका ठाउँमा महान् सर्वहारा सांस्कृतिक आन्दोलन सफल भएको देख्ने छौँ” (मोहनविक्रम सिंह, चार दशक, भाग १, पृष्ठ ५५१) ।

    निम्नपुँजीवादी तत्त्वमा पनि क्रान्तिकारी उत्साह पाइन्छ । उनीहरूमा पनि उच्च प्रकारको त्याग, बलिदान र वीरताको प्रदर्शनका उदाहरण कैयौँ पाइन्छन्, जसका कारण आन्दोलनमा केही सफलता प्राप्त हुन्छन् वा जनताको समर्थन प्राप्त हुन्छ तर उनीहरूको क्रान्तिसम्बन्धी धारणा अवैज्ञानिक र निम्नपुँजीवादी अराजकतावादी सिद्धान्तमा आधारित भएकाले तिनीहरूबाट क्रान्तिलाई होइन, प्रतिक्रान्तिलाई नै बढी फाइदा पुग्दछ । उनीहरूले आन्दोलनमा प्राप्त गरेका सफलता वा जनसमर्थन पनि अस्थायी मात्र हुन पुग्दछ र ती छिट्टै हराएर जान्छन् । निम्नपुँजीवादी तत्त्वमा पाइने क्रान्तिकारिपन लेनिनको भनाइबाट अरू प्रष्ट हुन सकिन्छ । निम्नपुँजीवादी क्रान्तिकारिपन लेनिनका शब्दमा “टुटपुँजिया सम्पत्ति, साना गृहस्थीको क्रान्तिकारिपन” हो ।

    यस प्रकारको क्रान्तिकारिपनको चर्चा गर्दै लेनिन लेख्दछन् : “यो क्रान्तिकारीपनको सीमासम्म त सजिलै पुग्दछ तर लगन, सङ्गठन, अनुशासन, दृढताको परिचय दिन सक्दैनन् ।… सबैलाई थाहा भएको कुरा हो कि यस्तो क्रान्तिकारिपन कति अस्थिर, कति निष्फल हुन्छ र कति छिटो त्यो …उदासिनता, मृगमरिचिका र यहाँसम्म कि एक न एक पुँजीवादी सनकप्रति घोर आकर्षणमा बदलिन सक्छ । यसरी उग्रवामपन्थी क्रान्तिकारिपन बाहिरबाट हेर्दा जतिसुकै क्रान्तिकारी देखिए पनि भित्रबाट खोक्रो हुन्छ । निम्नपुँजीवादी क्रान्तिवाद माक्र्सवादी–लेनिनवादी विरोधी धारा हो” (मोहनविक्रम सिंह, उग्रवामपन्थी विचारधाराको खण्डन, पृष्ठ ३४) ।

    निम्नपुँजीवादी क्रान्तिकारिपन लेनिनका शब्दमा “टुटपुँजिया सम्पत्ति, साना गृहस्थीको क्रान्तिकारिपन” हो ।

    यसरी यहाँ चर्चा गर्न खोजिएको क्रान्तिकारी उत्साह र निम्नपुँजीवादी तत्त्वहरूमा पाइने उत्साह मौलिक रूपमै भिन्नता रहेको छ । क्रान्तिकारी उत्साहको सैद्धान्तिक आधार भनेको माक्र्सवाद–लेनिनवाद हो भने निम्नपुँजीवादी उत्साहको सैद्धान्तिक आधार भनेको अराजकतावाद हो । पहिलोले क्रान्तिकारी आन्दोलनको हितमा काम गर्दछ भने दोस्रोले प्रतिक्रान्तिको भूमिका निर्वाह गर्दछ । त्यसैले क्रान्तिकारी उत्साह भएर मात्र पुग्दैन, त्यो सधैँ सही दर्शन, सिद्धान्त, राजनीति र क्रान्तिसम्बन्धी सही प्रस्थापनामाथि आधारित हुनुपर्दछ । त्यो भनेको माक्र्सवाद–लेनिनवाद–माओ विचारधाराको गहिरो अध्ययन हो । क्रान्ति र परिवर्ततप्रतिको सही बुझाइ हो । द्वन्दात्मक भौतिकवादप्रतिको सही समझदारी हो । त्यो भयो भने क्रान्तिकारी उत्साह कहिल्यै कमजोर हुँदैन ।

    आइतबार, असार १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.