पोखरा । कास्कीको मादी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाबापत् मासिक भत्ता तथा हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ ।
Advertisement
पालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता दिने घोषणा गरिएको छ ।
गाउँपालिका अध्यक्ष देविजङ्ग गुरुङले अध्यक्षसँग विदुर कार्यक्रमअन्तर्गत विपन्न विदुरको सामाजिक सुरक्षाका लागि मासिक भत्ता उपलब्ध गराउन कार्यविधि तर्जुमा गरी लागु गरिने बताउनुभयो ।
त्यसैगरी, पालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । गोरु संरक्षण गर्न हलगोरु पाल्ने किसानलाई अनुदानको व्यवस्था गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो– “गोरु संरक्षण र कमजोर किसान संरक्षणअन्तर्गत हलगोरु पाल्ने कृषकलाई अनुदान दिनका लागि आवश्यक व्यवस्था मिलाइने छ ।”