• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

विदेशी शक्तिसामु लम्पसार पर्दा राष्ट्रघात बढ्यो : भण्डारी


  •   शनिबार, असार ०९, २०८० मा प्रकाशित
  • काठमाडौँ । लेखक रतन भण्डारीले विदेशी शक्तिका अगाडि पटक पटक लम्पसार पर्ने नीतिका कारण हाम्रो मुलुकमा राष्ट्रघात हुँदै आएको बताउनुभएको छ ।

    Advertisement

    प्रगतिशील लेखक सङ्घको आयोजनामा २०८० असार ८ गते शुक्रबार प्रलेस कार्यालय बागबजारमा “नेपाल भारत सम्बन्ध र राष्ट्रियता” विषयक पैसट्ठिऔँ परिसंवादमा मन्तव्य राख्दै भण्डारीले सो धारणा राख्नुभएको हो ।

    परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै लेखक भण्डारीले भन्नुभयो– ‘ग्रेटर नेपालको नारामा मिठास छ, विशाल नेपालको निर्माणको हुन्छ भने त्यो स्वीकार्य विषय हो ।’

    उहाँको भनाइ थियो– ‘जब जब गोर्खाल्यान्ण्डको आन्दोलन चर्कन्छ अनि मात्र किन ग्रेटर नेपालको ब्यानर लैनचौरमा देखिन्छ ? विशेष सिजनमा मात्र देखिने यस प्रकारका भावनात्मक नाराको कुनै औचित्य छैन ।

    कथित सीमाविद्हरूका साथै भर्खरै नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भमा उठेको बङ्गलादेश मोडल घातक र राष्ट्रघाती भएको लेखक भण्डारीको धारणा थियो ।

    लिम्पियाधुरा सीमानक्सालाई विषयान्तर गर्न बङ्गलादेश बाटोसँग कालापानी साट्ने कुरा स्वीकार्य हुनै नसक्ने उहाँको तर्क थियो ।

    नेपाल भूपरिवेष्ठित राष्ट्र भएका कारण अन्तर्राष्ट्रिय कानुनअनुसार पनि पारवहन सुविधा पाउनुपर्ने उहाँले दाबी गर्नुभयो ।

    ‘कतिपय कथित सीमाविद्ले लिम्पियाधुराको नक्सालाई विषयान्तरण गर्ने, ढिलाइ गर्ने, ट्र्याकबाट हटाउने र अन्तत: ध्वस्त गर्ने कथित फोरडी रणनीति, राष्ट्रियताको सन्दर्भमा एकदम घातक छ’ उहाँको तर्क थियो ।

    नेपाली राजनीतिमा शासन सत्ता टिकाइराख्न विदेशी शक्तिको अगाडि चाकडी गर्ने प्रवृत्ति राणा शासनको बेलादेखिसन् १९५० को कथित सन्धि, महाकाली सन्धि हुँदै अहिलेको सरकारसम्मले निरन्तरता दिएको लेखक भण्डारीले बताउनुभयो ।

    वर्तमान प्रचण्ड सरकारको ऊर्जालगायतका क्षेत्रमा थुप्रै राष्ट्रघाती सम्झौताबाट पनि त्यो कुरा पुष्टि भएको उहाँको भनाइ थियो ।

    प्रलेसका अध्यक्ष डा. मधुसूदन गिरीको अध्यक्षता तथा उपाध्यक्ष नमुना शर्माको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा परिसंवाद कार्यक्रमका संयोजक समीर सिंहले विषयवस्तुमाथि प्रस्ट पार्नुभएको थियो ।

    कार्यक्रममा डा. कृष्णराज अधिकारी, तेजविलास अधिकारी, मोहन कार्की, शेखर अर्याल, साधुराम नेपाल, केशु कार्कीलगायतले पूरक टिप्पणी गर्नुभएको थियो ।

    परिसंवाद कार्यक्रममा भौतिक तथा भर्चुअल माध्यमबाट समेत देशविदेशमा उपस्थिति रहेको थियो ।

    शनिबार, असार ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.