• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रज्ञा–प्रतिष्ठानको पुस्तक प्रदर्शनी सुरु, ४० प्रतिशत छुट दिइँदै


  •   शुक्रबार, असार ०८, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले छ्यासट्ठिऔँ वार्षिकोत्सवको अवसरमा २०८० असार ८ गतेदेखि पुस्तक प्रदर्शनी सुरु गरेको छ ।

    Advertisement

    पठन संस्कृतिको विकास गर्ने उद्देश्यले सुरु गरिएको पुस्तक प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका छ सयभन्दा बढी पुस्तक तथा पत्रिका राखिएको व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिनुभयो ।

    प्रतिष्ठानको भानुभक्त कक्षमा सुरु प्रदर्शनीको शुभारम्भ कुलपति भूपाल राईले गर्नुभयो ।

    प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०८० जेठसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको छ । रु तीनदेखि रु तीन हजार तीन सय ३५ सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको छ ।

    प्रदर्शनीमा प्रतिष्ठानद्वारमा हालै प्रकाशन गरेका सम्पादक इन्द्रकुमार श्रेष्ठ सरितको ‘प्रज्ञा समकालीन संस्मरण’, वीरेन्द्रप्रसाद मिश्रको ‘केही हिन्दु आधारभूत दर्शन’ को अङ्ग्रेजी संस्करण, प्राडा भरतकुकमार भट्टराईको ‘नेपाली कवितामा मिथकको प्रयोग’, डा शैलेन्दुप्रकाश नेपालको ‘ध्वनि तात्त्विक समालोचना’, डा दुबिनन्द ढकालको ‘नेपालमा भाषा अभिलेखीकरण’ र धीरेन्द्र प्रेमर्षिको ‘कोन सुर सजावी ?’ नयाँ पुस्तक पनि राखिएको छ ।

    प्रदर्शनीमा भाषा, साहित्य, बालसाहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवं अतिउपयोगी करिब छ सयभन्दा बढीका पुस्तक एवम् पत्रपत्रिका समावेश गरिएको छ ।

    नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्र्रेजी शब्दकोशलगायत शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ । प्रतिष्ठानबाट प्रकाशन सुरु भएदेखि २०८० साल जेठसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

    प्रज्ञाले एक वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्दै आएको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुसमा, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा असारमा पुस्तक प्रदर्शनी हुँदै आएको छ ।

    प्रदर्शनीमा दैनिक तीन सयभन्दा बढी पाठक अवलोकनका लागि आउने तथा दैनिक रु २० हजारसम्मको कारोबार हुने अपेक्षा गरिएको छ । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पुर्‍याउने अभियानको रूपमा पनि प्रदर्शनीलाई अघि बढाइएको छ । प्रदर्शनीको मुख्य उद्देश्य पठन संस्कृतिको विकास गर्नु रहेको जनाइएको छ ।

    शुक्रबार, असार ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.