काठमाडौं । अर्थ मन्त्री एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले विकास खर्च गत बर्षको तुलनामा कम नभएको स्पष्ट पार्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विहिबार नेपाल सरकारको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा उहाँले समग्र मुलुकको एकिकृत वित्तिय विवरणले विकास खर्च राम्रो भएको देखाएको बताउनुभएको हो । उहाँले आर्थिक बर्षको अन्त्य सम्ममा बजेटको ९० प्रतिशत भन्दा बढी खर्च हुने दाबी गर्नुभयो । निर्माण व्यवसायी, ठेक्का पट्टा सम्बन्धी विवाद लगायतका कारण आर्थिक बर्षको सुरुवाती दिनमा विकास खर्च हुन नसकेपनि पछिल्लो अवस्था सन्तोषजन रहेको उहाँले दाबी गर्नुभयो ।
पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसन सम्बन्धी अडियो प्रकरण छानविनका सम्बन्धमा संचारकर्मीले सोधेको प्रश्नको उत्तर दिदै मन्त्री खतिवडाले सरोकारित र सम्बन्धीत निकायहरुले अध्ययन गरिरहेकाले उनीहरुबाट आउने नतिजा पर्खन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘मिश्रित धारणाहरु आईरहेका छन् । अख्यिारयारलाई पनि थाहा छ । संसदीय समितिलाई थाहा छ । संबैधानिक ,कानुनी र संस्थागत विधिबाट निक्र्योल हुन दिउँ । कानुनी अधिकार प्राप्त निकायले अध्ययन गरोस् ।’
ठूला भ्रष्टाचार अभावजन्य भ्रष्टाचार नभएको भन्दै उहाँले कर्मचारीको तलब बढाएर साना साना भ्रष्टाचार घटाए पनि त्यसले समग्र मनोवृति परिर्वतन नगर्ने स्पष्ट पार्नुभयो ।
पुस्तक विक्रिमा लगाएको करका सम्बन्धी संचारकर्मीको जिज्ञासामा उहाँले राष्ट्रिय उद्योग र सेवा उद्योगलाई संरक्षण दिन सरकारले कर लगाएको बताउनुभयो । पुस्तक विक्रिमा धेरै मुलुकले मुल्य अभिवृद्धि कर लगाउने गरेको र त्यो कर १८ प्रतिशत सम्म रहेको उल्लेख गर्दे उहाँले अरबौ रुपैया लगानी गरेर स्वदेशमा स्थापना भएका प्रेसले गर्ने कागज आयातमा पनि कर लगाएकाले पुस्तकमा लगाईएको कर जाहेज भएको बताउनुभयो ।
