• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

राजनीति र युवाको भूमिका


  •   बुधबार, असार ०६, २०८० मा प्रकाशित
  • सुजन ज्ञवाली ##

    Advertisement

    राजनीति, प्रगतिशील आन्दोलन र परिवर्तनका लागि प्रेरक शक्तिका रूपमा युवाहरूको भूमिका सधैँ रहिआएको छ, जसले यथास्थितिलाई चुनौती दिन तथा न्यायोचित समाजको माग गर्न प्रमुख भूमिका निर्वाह गर्दै आइरहेका छन । नेपालको इतिहासमा पनि सामाजिक न्याय तथा समानताको नारा लिई विभिन्न आन्दोलनमार्फत युवाहरूले अग्रभूमिकामा योगदान गरेका छन् ।
    चे ग्वेभाराले भनेका छन् : “क्रान्ति पाकेपछि खस्ने स्याउ जस्तो होइन, तिमीहरू आफैले यसलाई खसाल्नुपर्दछ ।” यो भनाइको अर्थ क्रान्तिका लागि पर्खेर बस्नुभन्दा पनि क्रान्तिका लागि आफै सक्रिय रूपमा सहभागी हुनुपर्दछ भन्ने हो ।

    सन् १९६८ देखि नै पेरिस आन्दोलनमार्फत युवाहरूले भियतनाम युद्धविरोधी आन्दोलन गर्नुका साथै सक्रिय युवा अभियन्ताहरूले साम्राज्यवाद, पुँजीवाद तथा सामाजिक असमानता विरुद्ध आन्दोलन गरेका थिए । उनीहरूले श्रमिकको हकहितका लागि लड्नुका साथै दमनकारी व्यवस्थालाई चुनौती दिई समतामूलक समाज निर्माणका लागि आधार तयार गरे । सन् २०१० मा सुरु भएको अरब क्रान्तिमा मध्यपूर्व एसियाका युवाहरू राजनीतिक सुधार, सामाजिक न्याय र समान आर्थिक अवसरका लागि सडकमा आएका थिए । स्विडिस जलवायु अभियन्ता ग्रेटा थनवर्गबाट प्रेरित भएर युवाहरूले फ्राइडे फर फयुचर जस्ता आन्दोलन सञ्चालन गर्दै जलवायु परिवर्तनसम्बन्धी जनचेतनामूलक कार्यक्रम चलाइरहेका छन् ।

    नेपालमा पनि सन् १९५० को दशकमा विद्यार्थी सङ्गठन गठन गरी निरङ्कुश शासनको अन्त्य गरी संवैधानिक राजतन्त्रको स्थापना गर्न नेपालका बौद्धिक र युवाहरूले प्रमुख भूमिका निर्वाह गरेका थिए । निरङ्कुश राणाशासनको अन्त्य गर्न पनि युवाहरू आन्दोलनमा सहभागी भएका थिए । विद्यार्थी आन्दोलनमार्फत नै युवा वाम नेता तथा कार्यकर्ताहरूले सामाजिक न्याय, भूमिसुधार र सीमान्तकृत अथवा राज्यले पछाडि पारिएका समुदायलाई समान अधिकारका लागि आवाज उठाए । त्यसपछि पनि विभिन्न राजनीतिक आन्दोलनमा युवाहरू अग्रभूमिकामा रहेका थिए । सन् २००६ को शान्ति सम्झौतापछि पनि विभिन्न युवा तथा विद्यार्थी सङ्गठनले निरन्तर सुशासन, आर्थिक विकास तथा समृद्धि, रोजगारी र शिक्षा जस्ता नारामा आवाज उठाइरहेका छन् ।

    केही वर्षयता पनि विश्वमा युवाहरूले व्यवस्था परिवर्तन तथा प्रगतिशील परिवर्तनका लागि लड्दै आइरहेका छन्; जस्तै : उदाहरणका लागि विश्वमा सामाजिक लोकतान्त्रिक आन्दोलनको उदय भएको छ, जसको नेतृत्व अमेरिकाका अलेक्जेन्ड्रिया ओकासियो कर्टेज र बर्नी स्यान्डर्सहरूले गरेका छन्, जसले आर्थिक न्याय, विश्वव्यापी स्वास्थ्य सेवा जस्ता कुरामा आवाज उठाइरहेका छन् ।

    त्यस्तै, पुँजीवादले सिर्जना गरेको अन्तरनिहित असमानताको विरुद्धमा मानिसमा रहेको भ्रमको विषयमा पनि उनीहरू बोलिरहेका छन्। जातिवाद तथा नस्लवाद विरुद्ध पनि युवाहरूले ब्लाक लिइभ्स म्याटर जस्ता आन्दोलन सञ्चालन गर्दै आइरहेका छन् । नेपालमा पनि युवाहरूले महिला अधिकार, सुशासन, समानता र न्याय जस्ता विषयमा आवाज उठाउने गरेका छन् ।

    सामाजिक सञ्जाल जस्ता प्लाटफर्मले युवाहरूसँग जोडिन, उनीहरूको आवाज सुन्न र समर्थकलाई परिचालन गर्न मदत गर्दछ । अनलाइन क्याम्पियनले राष्ट्रिय बहसलाई आकार दिन, स्थापित अवैज्ञानिक यथा कल्पित मान्यतालाई चुनौती दिन र नीतिनिर्मातालाई जवाफदेही बनाउन प्रेरित गर्दछ ।

    समकालीन राजनीतिमा अनभिज्ञता, लोकप्रियतावाद र उपभोक्तावाद जस्ता प्रवृत्तिमा युवाको उदय भएको देखिन्छ । सामाजिक सञ्जालमा फैलिएको गलत सूचनाको आधारमा आफ्नो धारणा बनाउने, सतही टिप्पणी गर्ने र कुनै पनि विषयलाई गम्भीरतापूर्वक नलिई त्यसको सजिलो र सस्तो उपायको खोजी गर्ने प्रवृत्ति बढ्दो छ । आलोचनात्मक चेतको अभावले कुनै विषयको गम्भीरतापूर्वक अध्ययन नगरी सामाजिक सञ्जालमा गालीगलौज गरेको देखिन्छ । सामाजिक सञ्जालमार्फत् उदाइरहेको उपभोक्तावाद, जसले अरूलाई प्रभावित पार्न आफ्नो जीवनशैली र भौतिक विलासिताका वस्तुको प्रदर्शन गर्ने गर्दछन्, जुन वस्तुले मानिसलाई खुसी नभई वास्तवमा खाली र असन्तुष्टितर्फ प्रेरित गर्दछ ।

    युवाहरू राजनीतिमा आउनु आशाको प्रतीक मात्र नभएर कार्य गर्न तथा आमूल परिवर्तन ल्याउन पनि हो । नेपालको सन्दर्भमा पनि यदि युवालाई सशक्त गराउने हो भने समाजमा स्थापित कल्पित भ्रम चिर्न र समाजलाई समानता र न्यायको बाटोमा अझ अगाडि लैजान सक्छन् । उनीहरूसँग विचार ताजा हुन्छ र उनीहरू परम्परागत विचारधारामा पुरिएका पनि हुँदैनन् । युवाहरूसँग यथास्थितिलाई चुनौती दिई सामाजिक र राजनीतिक परिवर्तन गर्ने दृढ इच्छाशक्ति हुन्छ । शिक्षा र राजनीतिक चेतनाले युवाहरूलाई परिचालन गर्न महत्त्वपूर्ण भुमिका खेल्छ । आलोचनात्मक चेतको विकास गर्ने, तल्लो स्तरदेखि नै सङ्गठन गर्न प्रेरित गर्ने र सामूहिक काममा प्रोत्साहित गर्ने हो भने युवालाई सक्रिय राजनीतिमा सशक्त रूपमा आबद्ध गराउन सकिन्छ ।

    बुधबार, असार ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.