धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ ।
Advertisement
सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
गाडी दुर्घटनामा परेसँगै सँगसँगै स्कटिङमा हिँडेको अर्को गाडीमा सवार प्रहरीले उनीहरूको उद्धार गरेको थियो ।
गाडीमा पाँच जना सवार थिए ।
उनीहरूलाई स्थानीय पोलिक्लिनिकमा उपचारका लागि पुर्याइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर जाँदै छ ।