• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

“पाण्डिचेरीमा बढी राजनीति हुन्छ”


  •   मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
  • रवि पौडेल ##

    Advertisement

    “भाइ कता हिँडिस् ? इन्डियातिर हिँडिस् र ?”

    “हजुर दाजी । एसएलसी पनि दिएँ । इन्डियातिरै जाऊँ कि भनेर ।”

    “हिँड् । फर्की । दिल्ली जाउँला । तँ पान्डिचेरीमा गएर कमाउन सक्दैनस् । साना र कम तलबका नोकरी । राजनीति बढी हुन्छ । चन्दा–डोनेसन गर्दैमा तेरो तनखा सिद्धिन्छ ।”

    “अहिले जान्छु के रे दाजी । एसएलसीको रिजल्ट पनि आएको छैन । विषय लाग्यो भने फर्किन्छु । पास भए केही समय आउँदिनँ होला ।”

    यति संवादपछि हामी दुई भाइ छुट्टिएका थियौँ ।

    “हिँड् । फर्की । दिल्ली जाउँला” भन्ने व्यक्ति मलाई सधैँ साथसहयोग गर्ने मेरै गाउँको नाताले दाजु पर्ने हुनुहुन्थ्यो यद्यपि अहिले उहाँले संसार छोडिसक्नु भएको छ ।

    उहाँले दिल्लीमा नोकरी गर्नुहुन्थ्यो । बिरामी पर्दा समयमा उपचार गर्ने कोही नभएका कारण उहाँको मृत्युु भएको थियो । संस्मरणमा मैले उहाँलाई धेरै नै सम्झने गरेको छु ।

    उहाँले भनेको पान्डिचेरीमा नजा; पैसा कमाउन सक्दैनस्† राजनीति बढी चल्छ† चन्दा–डोनेसनले तेरो तनखा सिद्दिन्छ—यी सबै कुरामा कति सत्यता थियो र छ ? त्योतर्फ नलागौँ तर उहाँको एउटा भनाइलाई उद्धृत गर्नैपर्छ : “राजनीति बढी हुन्छ ।”

    त्यो समय १९९८ को जुलाई महिना थियो । जुलाईको १५/१६ तिर हुनुपर्छ, म दक्षिण भारतको पान्डिचेरी आएको ।

    दाजुले “राजनीति बढी हुन्छ” भन्ने शब्दले मलाई निकै खुल्दुली लागिरहेको थियो । जब मैले १९९८ मा तत्कालीन अखिल भारत नेपाली एकता समाजको, जो अहिले मूल प्रवाहको नाम ले प्रख्यात छ, सदस्यता प्राप्त गरेँ । त्यसपछि विस्तारै टोल समिति हुँदै एरिया समितिसम्म पुग्दा बल्ल यहाँको राजनीति, नेता, कार्यकर्ता र शुभचिन्तकलाई नजिकबाट बुझ्ने पौका पाएँ ।

    हुन त यहाँको नगर समिति जत्रै नेपालमा एरिया समिति हुन्छ । मैले बागलुङको दक्षिण भेगअन्तर्गत ६ नं. एरिया समितिको सचिवको रूपमा काम गरिसकेको थिएँ । काम गर्ने तरिका र शैलीको बारेमा मलाई राम्रै अनुभव थियो । अन्य कैयौँ समितिमा काम गरेको थिएँ । अखिल नेपाल युवक सङ्घको बागलुङ जिल्ला सङ्गठन समितिमा पनि बसेको थिएँ ।

    भारतमा यहाँ मलाई एकता समाज के हो भन्नेबारे जान्नु थियो । एक/दुई वर्षमै एकता समाजको लक्ष्य र उद्देश्यबारे स्पष्ट भएँ । कुनै बेला म पनि प्रशिक्षक थिए । विषय तोकिएको हुँदैनथ्यो तर पनि विद्यार्थीहरूको बिचमा क्लास सञ्चालन गरिन्थ्यो । प्रशिक्षण दिन वा क्लास सञ्चालन गर्न अलि फरक व्यक्ति आए राम्रो हुन्थ्यो भन्ने सबैलाई चाहना हुन्छ तर जिम्माले अर्कै तय गरेको हुन्थ्यो ।

    मलाई भारतमा एकता समाजका टोल, एरिया र युवक मोर्चा अनि रक्तिमको विभिन्न पदमा जिम्मेवारीपुर्वक काम गर्ने अवसर मिल्यो । पहिले युवक मोर्चाको नगर सचिवको रूपमा काम गरियो । पछि मूल प्रवाह नगर समितिको पूर्ण सदस्यको रूपमा निर्वाचित भइयो । त्यो कुन सम्मेलन थियो ? याद नभए पनि त्यो कास्की पोखराका चन्द्रबहादुर केसी अध्यक्ष भएको समय थियो ।

    हो । दाजुले भने झैँ यहाँ धेरै राजनीति हुन्थ्यो र छ पनि । दक्षिण भारतअन्तर्गत पान्डिचेरी नगरमा मूल प्रवाहलाई टक्कर दिने राजनीति सङ्गठन अहिलेसम्म छैन । प्रवासी नेपालीका अरू सङगठन छन् । जनसम्पर्क समिति छ तर मूल रूपमा प्रवासीको हकहितको पक्षमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नै अग्रिम स्थानमा छ यद्यपि उहाँहरूको अस्तित्व नै छैन भनेर भन्न खोजिएको भने होइन । अप्ठ्यारोमा हामी कहिलेकाहीँ एकै ठाउँमा पनि हुने गरिन्छ ।

    राजनीति सङ्गठन र सिद्धान्तको आधारमा हुन्छ । यहाँ त्यही रूपमा मूल प्रवाह परिचालित छ ।
    यहाँको सुरुआती कुरा गर्ने हो भने धेरैजसो साथीहरू बागलुङका, त्यसमा पनि हालको जैमिनी नगरपालिकाका हुनुहुन्छ, त्यो पनि

    आफ्नै दाजुभाइ । यसकारण पनि राजनीति अलि पेचिलो, अलि रसिलो, अलि घमण्डी जस्तो देखिन्थ्यो तर एउटै सङ्गठनभित्र धेरै कार्यकर्ता, विरोधीहरू टक्करमा आउने स्थिति भएन र अहिलेसम्म पनि छैन ।

    त्यति बेला एघारओटा एरिया समिति थिए । त्यतिकै सङ्ख्या टोल समिति थिए । त्यससँगै रक्तिम, समता, जनजाति, महिला, युवक मोर्चा र विद्यार्थी सङ्गठनका आधा दर्जन समिति थिए ।

    युवक मोर्चामा राम्ररी काम गर्ने अवसर मिलेको थियो । म युवक मोर्चा नगर समितिको सचिव चयन हुदा अध्यक्ष प्रेम सुवेदी हुनुहुन्थ्यो । उहाँसँग निकै मिलेर काम गरेकोे अनुभव छ ।

    हामीले नेकपा (मसाल) लाई राजनैतिक समर्थन गर्दछौँ । राष्ट्रिय जनमोर्चा नेकपा (मसाल) को खुला चुनावी मोर्चा भएको हुनाले त्योसँग हाम्रो सम्बन्ध हुन्छ नै । यसकारण पार्टीमा हावा चल्दा जनवर्गीय सङ्गठन र सामाजिक सङ्गठनमा पनि हावा चल्ने र पात हल्लिने हुन्छ । कतिपय अवस्थामा हाँगा भाचिने पनि गर्दछन् । अर्कोतर, जब राजनीतिमा सही विचारको पक्षमा दृढ आस्था र विश्वास कायम हुन्छ, तब कुनै पनि हावाले हल्लाउन सक्दो रहेनछ ।

    कतिपय ठाउँमा कतिपय बेइमान साथीहरूले मलाई पछिल्लो हावाले हल्लाएको भन्ने हल्ला गरेर आफ्नो दुनो सोझाउने काम पनि गरेका रहेछन् । सत्य तथ्य र प्रमाणबिना बोल्ले साथीहरूको मुख थुन्न नसकिँदो रहेछ । यसरी बोल्दा सायद आफू कट्टर र ठुलो भएँ जस्तो लाग्थ्यो होला उनीहरूलाई ।

    नेकपा (मसाल) को २०५९ सालदेखि २०६४ सम्म नेकपा (एकताकेन्द्र) सँग पार्टिएकता भएर वास्तविक पार्टी एकीकरण हुन सकेन । दु:ख लाग्यो : दुई लाईनबाट अढाइ लाइन र थर्डलाइनको सङ्घर्ष चल्यो । हामीमा नेकपा (मसाल) को मूल लाइनप्रति आस्था र विश्वास थियो । त्यसैले ढलाउन र हल्लाउन कसैले सकेन । ठिक त्यसैगरी आठौँ महाधिवेशनताका पनि दुई लाइनको सङ्घर्षमा कतै ढुलमूल नभएको सत्य हो तर कैयौँ साथीहरूले दुई डुङ्गामा खुट्टा राखे । हो, हस्, हुन्छ भनेर स्वरमा स्वर पनि मिलाए । वातावरण त्यस्तै थियो तर स्पष्ट मत लिन सक्नुपथ्र्यो ।

    यथार्थ के हो भने करिब चार/पाँच वर्ष म आफै विभिन्न समितिमा पत्र पठाएर समितिबाहिर रहेको कुरा सत्य हो । त्यति बेला राजनीति र व्यावहारिक, साथै पारिवारिक समस्या थिए । कैयौँ समस्या समितिमा समेत मौखिक र लिखित रूपमा जानकारी गराएको थिएँ । ती समस्या हल भए/भएनन् ? त्यो विषय यो लेखसित सम्बन्धित छैन तर त्यो समयमा पनि पार्टी सङ्गठनको नीति र नियमबाहिर गएको कुनै एउटा पनि प्रमाण छ भने पेस गर्न अनुरोध गर्दछु ।

    वास्तवमा पान्डिचेरी नगर समिति भनेको नेता र कार्यकर्ताले भरिएको नगर थियो । यहाँ करिब ३५/४० जनाजति राम्ररी बुझेका जुझारु नेता/कार्यकर्ता थिए तर पछिल्लो समयमा नोकरीबाट अवकाश दिने र रिटायरमेन्ट हुनुको कारण यो सङ्ख्या घट्दै गएको छ भने अर्कोतिर माउपार्टीमा लागेको हावाले कतिपय पात हल्लिने र झर्नुको कारण साथीहरू घट्नुभएको छ ।

    कतिपयले थर्ड लाइनको समर्थन पनि गरेका थिए । ती साथीहरू पछि फर्के । केही समयपहिले मसालको आठौँ महाधिवेशनताका दोस्रो प्रस्तावलाई सहयोग गरेका साथीहरूले छुट्टै समूह गठन गरे । त्यसकारण केही कार्यकर्ता उतापट्टि लागे । फेरि पनि पान्डिचेरी नगर समितिमा कार्यकर्ताको कमी छैन । भोलि के हुन्छ ? त्यो गर्भको कुरा हो । अहिले पनि हाम्रो नगर क श्रेणीमै आउँछ ।

    एक जना दाजुले “पान्डिचेरीमा राजनीति बढी चल्छ” भन्नुभएको थियो । त्यो यथार्थ थियो । उहाँले यो सबै कुरा बुझेर मलाई दिल्ली जाउँला भन्नुभएको रहेछ । म दिल्लीतर्फ गएको भए के हुन्थ्यो ? हुन त देशमै साथीहरूले भारत नजान सल्लाह दिनुभएको हो ।

    प्राइभेटबाट फर्म लगाउने र क्याम्पस पढ्दै विद्यार्थी सङ्गठनमा काम गर्ने सल्लाह सुझाव दिनुभएको हो । साथै क्याम्पस पढ्न सहयोग गर्छाैं भन्नुभएकै हो । फेरि पनि मेरो मनले नोकरी गर्ने जिद्दी गर्‍यो । देशमै काम गरेको भए कुन समितिमा पुग्थे ? अहिले कुन समितिमा छु ? भन्ने हिसाब गर्ने मलाई फुर्सद नै भएन तर उपल्लो समितिमा जान पाइनँ भन्ने गुनासो छैन ।

    मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.