हेम बिजी, चिदम्बरम (भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम सेतियातोप एरिया समितिको बिसौँ एरिया सम्मेलन सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य जनकराज पौडेलको प्रमुख आतिथ्यमा जुन १६, २०२३ शुक्रबारका दिन सम्मेलन सम्पन्न भएको हो ।
गोकुलबहादुर गायकको उद्घोषक तथा सूर्यमान गिरीको अध्यक्षतामा अघि बढेको उक्त सम्मेलनमा अर्का केन्द्रीय सदस्य बालाकृष्ण गायक र क्षेत्रीय सदस्य नारायण शर्माले शुभकामना मन्तव्य दिनुभएको थियो
सम्मेलनले सूर्यमान गिरी अध्यक्ष रहनुभएको सात पूर्ण र दुई वैकल्पिकसहित नौ सदस्सीय एरिया समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रेमप्रसाद पराजुली, सचिवमा हेम बिजी, सहसचिवमा होमबहादुर जिसी, कोषाध्यक्षमा गोकुलबहादुर गायक र सदस्यहरूमा बालाकृष्ण गायक, विनोद जिसी तथा वैकल्पिक सदस्यमा गोविन्दबहादुर हमाल र प्रेमबहादुर गायक रहनुभएको छ ।
समितिलाई क्षेत्रीय सदस्य डिल्लिप्रसाद शर्माले बधाई दिनुभएको थियो ।