भैरहवा । रुपन्देहीको सम्मरीमाइ गाउँपालिका ५ का अध्यक्ष श्रवण कुमार यादव ७० हजार घुस रकमसहित पक्राउ परेका छन् ।
Advertisement
बुधवार चार किल्ला सिफारिस गर्न सेवाग्राहीसँग रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल शाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।
सिफारिस गर्न अध्यक्ष यादवले घुस मागेको भन्ने जानकारी पछि खटिएको आयोगको टोलीले घूस लिँदै गर्दा नियन्त्रणमा लिएको आयोगले जनाएको छ । यादवलाई आयोगले नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भइरहेको पनि आयोगको भनाई छ ।