• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बागलुङमा शैक्षिक गुणस्तर बढाउन ‘अतिथि शिक्षक’ कार्यक्रम


  •   बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित
  • बागलुङ बजार । बागलुङमा शिक्षाको गुणस्तर बढाउन ‘अतिथि शिक्षक’ कार्यक्रम ल्याइएको छ ।

    Advertisement

    बागलुङ नगरपालिकाले शिक्षाको गुणस्तर बढाउने उद्देश्यले सो कार्यक्रम लागु गरेको हो ।

    नगरपालिका प्रशासनले विद्यालयबिच शिक्षण पद्धति र सिकाइको अनुभव आदनप्रदान गर्ने उद्देश्यले अतिथि शिक्षक कार्यक्रम ल्याइएको दाबी गरेको छ ।

    कार्यक्रमअन्तर्गत नगरपालिकाले एक विद्यालयका शिक्षकलाई अर्को विद्यालयमा अतिथि शिक्षकका रूपमा पठाउने गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा चार विषयका शिक्षकलाई अतिथि शिक्षकका रूपमा नियुक्ति गरी विद्यालय पठाएको नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले बताउनुभयो ।

    नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकलाई अतिथि शिक्षकका रूपमा अर्को विद्यालयमा पठाउने गरेको छ । शिक्षण क्रियाकलाप बढाउनका तथा अनुभव साटासाट गर्ने उद्देश्यले अन्तरविद्यालय सम्बन्ध सम्बन्ध बढाउन उक्त कार्यक्रम लागु गरिएको हो ।

    “अन्य विद्यालयमा गई पढाउदा शिक्षक र विद्यार्थी दुवैलाई नयाँ सिकाइ र अनुभव प्राप्त हुन्छ” पोख्रेलले भन्नुभयो– “जुन विद्यालयमा नियुक्त भयो, त्यही विद्यालयबाट अवकास हुने पनि धेरै छन् । आफ्ना सिप र अनुभव वर्षौंसम्म एउटै विद्यालयमार्फत बाँड्नेबाहेक केही हुँदैन । त्यसैले अर्को विद्यालयमा पुगेर आफ्नो ज्ञान, सिप र शैली बाँड्दा शैक्षिक गुणस्तरमा वृद्धि हुने अपेक्षा लिएका छौँ ।”

    यसबारे नगरप्रमुख वशन्तकुमार श्रेष्ठले भन्नुभयो– “कार्यक्रमअन्तर्गत एक दिन आफ्नो विद्यालयमा आउने अतिथि शिक्षकले अध्यापन गराएको अवलोकन गर्ने र अर्को दिन अतिथि शिक्षक भएर आएको विद्यालयमा आफू अतिथि शिक्षकका रूपमा पढाउन जाने कार्यक्रम बनाइएको छ ।”

    उहाँका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै यो कार्यक्रम समावेश गरेको थियो । चालु आवमा गणित विषयमा मात्रै अतिथि शिक्षक लागु गरिएको र आगमी वर्ष सबै विषयमा अतिथि शिक्षक लागु गरिने उहाँको भनाइ छ ।
    नगरपालिकाका संस्थागत र सामुदायिक विद्यालयका हरेक विषयका विषयगत शिक्षकले अब अन्य विद्यालयमा पुगेर अनिवार्य कक्षा सञ्चालन गर्नुपर्ने नगरपालिकाका शिक्षा अधिकृत गौरव रानामगरले बताउनुभयो ।

    कक्षा सञ्चालन गर्दा जुन विद्यालयमा जुन विषयको शिक्षक पुग्छ, सोही विषयको शिक्षकले विद्यार्थीसँगै अतिथि शिक्षकको अनुभव सिक्नुपर्ने छ ।

    हाल नगर क्षेत्रभित्रका २४ ओटा सामुदायिक र १६ ओटा संस्थागत विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा सञ्चालन जुन विद्यालयको विषयगत शिक्षकले कक्षा जहाँ पुर्‍याएको छ, त्यहीँबाट सञ्चालन गर्ने गर्छन् । शिक्षकले अर्को विद्यालय जाँदा आफ्नो विद्यालयले अवलम्बन गरेको असल अभ्यासबारेमा प्रध्यानाध्यापक तथा विषयगत शिक्षकलाई जानकारी दिनेछन् भने आफूले अध्यापन गरेको पाठको पाठयोजनासहितको प्रतिवेदन विद्यालयमा र शिक्षा शाखामा बुझाउनुपर्ने छ । (रासस)

    बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.