टुकबहादुर रामदाम, मस्कट ओमान ।
नेपाल मगर संघ ओमानले आर्थिक अवस्था कमजोर भएका ४ जना बिरामीलाई उपचारका लागि सहयोग गरेको छ ।
पाल्पाको तिनाउँ गाउँपालिका–५ का वीरबहादुर ठाडा मगर, तनहुँ रिशिङ्ग गाउँपालिका–७ का सूर्य राना मगर, सिन्धुपाल्चोक–१ का सबिन थापा मगर र रुपन्देही तिलोत्तमा नगरपालिका वडा–१७ का कष्ठी कुमारी राना मगर लाई आर्थिक सहयोग गरेको हो ।
बिरामी लाई १ लाख, ७९ हजार २७९ सहयोग रकम हस्तान्तरण गरेको मगर संघले जनाएको छ ।
साथै, नेपाल मगर संघ ओमानका सम्पूर्ण सदस्य तथा परिवारको तर्फबाट चारै जना बिरामीलाई उपचारमा थप सहयोग प्राप्त हुने विश्वास सहित सीघ्र स्वस्थ्य लाभको कामना गरिएको छ ।
मगर संघले स्थापना कालदेखि आफ्नो पहिचान, भेषभुषा, भाषा सांस्कृति जगेर्ना गर्ने मुख्य लक्ष्यको साथ–साथै सामाजिक कार्य अन्तर्गत असाय पीडितलाई आर्थिक सहयोग गर्दै आईरहेको छ ।