सन्धिखर्क । अखिल नेपाल युवक संघ अर्घाखाँचीको अध्यक्षमा रेशम विक चयन हुनुभएको छ । सन्धिखर्कस्थित राष्ट्रिय जनमोर्चाको कार्यालयमा २०८० जेठ २६ गते शुक्रबार भएको भेलाले विकको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।
भेलाले २१ पूर्ण, ६ वैकल्पिक गरी २७ सदस्यीय जिल्ला समिति र ७ सदस्यीय सल्लाहकार चयन गरेको छ । समितिको उपाध्यक्षमा सुरेश आचार्य, सचिव पुरन नेपाली, सहसचिवमा जागृत केसी र कोषाध्यक्षमा भुपाल बिसि रहनु भएको छ ।
सचिवालय सदस्यहरुमा झबिन्द्र प्रसाद चुदाली र रिता बन्जाडे पुन रहनु भएको छ भने सदस्यहरुमा सन्तोष सुनार, सुरज केसी, विष्णु भट्टराई, माधव बन्जाडे, सन्देश खनाल, सागर पोख्रेल ,दीपक गैरे, कमल गैरे ,अजय केसी, सपना भट्टराई, हिमाल बन्जाडे, विष्णुप्रसाद भुसाल र कमल खनाल रहनुभएको छ।

वैकल्पिक सदस्यहरुमा समीर राउत, विजय पोख्रेल, युवराज खनाल, एकमाया थापा, वसन्ता खनाल र श्रीजना भाट चयन हुनु भएको छ। भेलाले कुलराज खनाल, वसन्त खड्का, जीतेन्द्र खत्री, लेमप्रसाद बन्जाडेलाई सल्लाहकार चयन गरेको छ ।
भेलाको उद्घाटन युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डेले गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसी, राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार शेरबहादुर बिसी, राजमो जिल्ला अध्यक्ष थम्मन केसी, अखिल नेपाल महिला संघकी महासचिव सकुन्त्तला राना, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का उपाध्यक्ष गोविन्द विसी, अखिल नेपाल जनजाति सम्मेलनकी केन्द्रीय सचिव उषा पुन, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सचिव गोपाल भट्टराई, जातीय समता समाजका केन्द्रीय सदस्य राजु सुनारलगायतको आतिथ्य रहेको थियो ।
कुलराज खनालको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन ठाकुर पन्थी र स्वागत वसन्त खड्काले गर्नुभएको थियो ।