• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहलाई हृदयचन्द्र सिंह स्मृति पुरस्कार


  •   शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
  • काठमाडौँ । प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहलाई हृदयचन्द्र सिंह स्मृति पुरस्कार प्रदान गरिएको छ ।

    Advertisement

    आयोजक संस्था साहित्य सदनले २०८० जेठ २६ गते शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो ।

    सिंहसँगै वरिष्ठ समालोचनक अभि सुवेदीलाई पनि आयोजक संस्थाले व्यथित साहित्य सम्मान प्रदान गरेको छ ।

    प्रमुख अतिथिसमेत रहनुभएका वरिष्ठ साहित्यकार वैरागी काइलाको हातबाट उपर्युक्त सम्मानपत्र र दोसल्लासहित दुवै पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

    कार्यक्रमको विशिष्ट अतिथि प्रगतिवादी साहित्यकार गङ्गाप्रसाद उप्रेती हुनुहुन्थ्यो ।

    नेकपा (मसाल) का महामन्त्रीसमेत रहनुभएका सिंहको सो पुरस्कार उहाँकी पत्नी दुर्गा पौडेलले ग्रहण गर्नुभएको थियो । सो अवसरमा उहाँले पुरष्कृत व्यक्तित्व सिंहको मन्तव्य वाचन गर्नुभएको थियो ।

    सो अवसरमा वरिष्ठ समालोचक अभि सुवेदीले पनि मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा हृदयचन्द्र सिंह स्मृति पुरस्कार र व्यथित साहित्य सम्मानको बारेमा साहित्यकार डा. रामप्रसाद ज्ञवालीले मन्तव्य राख्नुभएको थियो भने पुरस्कृत व्यक्तित्वको बारेमा साहित्यकार मोहन दुवालले प्रकाश पार्नुभएको थियो ।

    आयोजक संस्था साहित्य सदनका अध्यक्ष डा. हेमनाथ पौडेलको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा प्रगतिवादी साहित्यकार तथा संस्थाका सचिव मित्रलाल पङ्ज्ञानीले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा विभिन्न कविहरूले कविता वाचन गर्नुभएको थियो ।

    आयोजक संस्थाका अनुसार उक्त दुवै पुरस्कार प्रत्येक वर्ष राष्ट्रिय स्तरका साहित्यकारलाई प्रदान गरिन्छ । हृदयचन्द्र स्मृति पुरस्कारको राशि २५ हजार र व्यथित साहित्य सम्मानको राशि २० हजार नगर रहेको छ ।

    यस्तो छ, प्रगतिवादी साहित्यकार सिंहको मन्तव्यको पूर्ण पाठ :

    श्री साहित्य सदन नेपालका सबै पदाधिकारी र सदस्यज्यूहरू

    सहभागी साहित्यिक लेखक, समालोचक, सर्जक, चिन्तकलगायत सबै व्यक्तित्वहरू

    विषय : मन्तव्य

    साहित्य सदन नेपालले मलाई हृदयचन्द्र स्मृति सम्मानबाट सम्मानित गर्ने निर्णय गरेकोमा मैले आभार प्रकट गर्न चाहान्छु । कतिपय व्यावहारिक कारणले म त्यो सम्मान ग्रहण गर्न प्रत्यक्ष रूपले उपस्थित हुन नसकेकोमा क्षमायाचना गर्दै त्यसका लागि मैले मेरी पत्नी दुर्गा पौडेललाई मेरो प्रतिनिधिको रूपमा पठाएको छु । उनलाई त्यो सम्मान प्रधान गर्नुहुने छ भन्ने आशा गरेको छु ।

    यो थाहा पाएर पनि मलाई धेरै खुसी लागेको छ कि आजकै कार्यक्रममा वरिष्ठ साहित्यकार अभि सुवेदीलाई पनि व्यथित साहित्य सम्मानद्वारा पुरस्कृत गरिँदै छ । जहाँसम्म मलाई याद छ, प्रत्यक्ष रूपले मेरो उहाँसँग कहिल्यै परिचय वा भेट भएको छैन तैपनि आजभन्दा करिब ५० वर्ष पहिले “साहित्य संवाद” पुस्तिका तयार पार्दा मैले उहाँका विचारहरूलाई उद्धृत गर्ने अवसर प्राप्त गरेको छु, जसबारे मैले पछि उल्लेख गर्ने छु । त्यो नाताले मेरो उहाँसित पुरानो भावनात्मक सम्बन्ध रहेको कुरा बताउन पाउँदा पनि मलाई खुसी लागेको छ । यो मेरा लागि सुखद संयोग हो कि आज उहाँ पनि मसित सँगै साहित्य सदनद्वारा सम्मानित हुँदै हुनुहुन्छ ।

    आज हृदयचन्द स्मृति सम्मानद्वारा पुरस्कृत हुने बेलामा उहाँसित जोडिएका मेरा कतिपय स्मृतिलाई उल्लेख गर्ने अनुमति चाहान्छु । उहाँ जीवित भएको अवस्थामा मलाई धेरैपल्ट उहाँसित भेट तथा कुराकानी गर्ने अवसर प्राप्त भएको थियो । उहाँप्रति मेरो मनमा धेरै नै सम्मानको भावना थियो र त्यो सम्मानको भावना अहिले पनि कायम छ । २०२७ सालमा काठमाडौँको भद्रगोल जेलमा छदाँ मैले हृदयचन्द सिंह प्रधानको “गङ्गालालको चिता” पुस्तकको समीक्षा गर्दै “मरुभूमिका लेखक वा मुक्तिका अन्वेषक ?” शीर्षकले एउटा निवन्ध लेखेको थिएँ । त्यो लेखले मेरो उहाँप्रतिको उच्च सम्मानलाई नै दर्साउँछ ।

    त्यो बेला जेलमा छँदा मैले लक्ष्मीप्रसाद देवकोटाको “सुलोचना”, हृदयचन्द्र सिंह प्रधानको “गङ्गालालको चिता” तथा लेखनाथ पौडेलको “धनमहिमा” र गोपालप्रसाद रिमालको “आमाको सपना” को समीक्षा गरेर निवन्ध लेख्ने योजना बनाएको थिएँ तर त्यहीबिचमा म जेलबाट छुट्नुपरेको हुनाले “धनमहिमा” र “आमाको सपना” बारे समालोचना गरेर निबन्ध लेख्ने मेरो योजना अधुरो नै रहेको थियो र जेलबाट छुटेपछि मैले कहिल्यै ती काम पूरा गर्न सकिन तैपनि यसका लागि मलाई सन्तोष छ कि लक्ष्मीप्रसाद देवकोटाको “सुलोचना” बारे “मृत्युको महाकाव्य, जीवनको कथा” तथा हृदयचन्द्रसिंह प्रधानको “गङ्गालालको चिता” बारे “मरुभूमिका लेखक वा मुक्तिका अन्वेषक ?” शीर्षकले निवन्ध लेख्ने काम पूरा गरेको थिएँ ।

    अन्तर्राष्ट्रिय उपन्यास साहित्यमा टल्सटायको “युद्ध र शान्ति”, गोर्कीको “आमा” र चेर्निसेब्स्कीको “के गर्ने ?” उपन्यासको समीक्षा गरेर निबन्ध लेख्ने योजना पनि बनाएको थिएँ । जेलमा छँदा तीमध्ये खालि चेर्निसेब्स्कीको उपन्यासबारे “महिला मुक्तिको महान् गाथा” शीर्षकले निबन्ध तयार भयो तर अन्य दुईओटा उपन्यासबारे निबन्ध लेख्ने मेरो योजना जेलमा छँदा पूरा हुन सकेन ।

    जेलबाट बाहिर निस्केपछि मैले “आमा” उपन्यासको भूमिका लेख्दा त्यो उपन्यासको विस्तृत रूपले समीक्षा गर्ने प्रयत्न गरेको छु तर “युद्ध र शान्ति” बारे मैले अहिलेसम्म केही लेख्न पाएको छैन । त्यो संसारको नै एउटा महान् कृति हो । त्यो उपन्यासको दार्शनिक पक्ष पनि धेरै महत्त्वपूर्ण रहेको छ । त्यसको समालोचना गरेर आफ्नो लेख पूरा गर्न नपाएकोमा मलाई अहिलेसम्म पनि धेरै दु:ख लागेको छ ।

    माथि उल्लेखित विभिन्न पुस्तकको समीक्षा गरेर मैले तयार पारेका निबन्ध मेरो पुस्तक “साहित्य समालोचना र सौन्दर्य” मा सङ्गृहित छन् र मैले त्यो पुस्तक साहित्य सदनलाई सादर समर्पण गर्न चाहान्छु ।

    यहाँ यो पुरानो प्रसङ्गलाई उल्लेख गर्दा पनि मलाई खुसी लागिरहेको छ कि २०२७ सालमा भद्रगोल जेलमा भएको बेलामा तयार पारेको पुस्तिका “साहित्य संवाद” मा मैले अभि सुवेदीको तलको भनाइलाई पनि उदृत गरेको थिएँ : “जीवनले शैली निर्माण गर्नुपर्छ, शैलीले जीवन होइन किनकि शैली बाँचिन्न, जीवन बाँचिन्छ बरु जीवनले शैली बचाउँछ । हाम्रो तात्कालिन कविता, कथा आदि साहित्यिक विधामा यही समस्या छ । नयाँ प्रतिभा सम्पन्न साहित्यकारलाई जन्मन यसैले रोकेको छ । उसले पहिले शैली बाँच्नुपर्‍यो भने र जीवन बाच्न पाएन भने सिर्जना शक्तिको कुठराघात हुन्छ ।”

    मैले उहाँको त्यो भनाइलाई प्रगति, पूर्णाङ्क १७ मा प्रकाशित उहाँको लेख “तत्कालीन नेपाली साहित्यमा केही समस्या” बाट उद्धृत गरेको थिएँ ।

    मैले श्री अभि सुवेदीको भनाइलाई उदृत गरिएको “साहित्य संवाद” सहितको मेरो पुस्तक “साहित्य, समालोचना र सौन्दर्य” पनि ससम्मान उहाँलाई समर्पित गर्न चाहान्छु ।

    अन्तमा, आज मलाई हृदयचन्द्र स्मृति सम्मानद्वारा पुरस्कृत गरिएकोमा साहित्य सदनप्रति पुन: कृतज्ञता प्रकट गर्न चाहान्छु ।”

    शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.