• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

झिमरुक घटना पालिका अध्यक्षकै मिलेमतोमा भएको राष्ट्रिय जनमोर्चाको आरोप


  •   बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
  • खलङ्गा । राष्ट्रिय जनमोर्चाले हिजो जेठ २४ गते प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीमाथि हातपातको घटना पालिका अध्यक्षकै मिलेमतोमा भएको आरोप लगाएको छ ।

    Advertisement

    राजमो झिमरुक पालिका समितिका अध्यक्ष टीकाबहादुर जिसीको हस्ताक्षरमा २०८० जेठ २५ गते जारी प्रेसवक्तव्यमा सो धारणा व्यक्त गरिएको हो ।

    प्रेसवक्तव्यमा कर्मचारीमाथि हातपात गर्ने मिलन एमसीलाई पालिका अध्यक्ष पीतबहादुर एमसीले सहायक अध्यक्षको रूपमा परिचालन गरिएको पनि बताइएको छ । घटनापछि निज मिलनलाई पालिकाकाकै वाहनमा राखेर भगाएको धारणा राजमोले व्यक्त गरेको छ ।

    जेठ २४ गतेको घोर भत्र्सना गरिएको उक्त वक्तव्यमा कर्मचारीको शान्तिसुरक्षा तथा जनताको सेवाप्रवाह सुचारु गर्न राजमोले माग गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “२०८० जेठ २४ गते झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल र रोजगार सहायक दीपक जिसीमाथि गाउँपालिका अध्यक्ष पितबहादुर महताराको छोरा अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष मिलन एमसीले गरेको दुव्र्यवहारप्रती राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका खेद प्रकट गर्दछ ।

    गाउँपालिका जस्तो संवेदनशील कार्यालयमा कर्मचारीहरूले आफ्नो काम गरिरहेका बेला नियोजित तरिकाले गुण्डागर्दी शैलीमा कर्मचारीमाथि हातपात गर्ने, अपशब्द बोल्ने, पैसाको बिटा फ्याँक्ने र पूरा नभएको योजनाको जबर्जस्ती भुक्तानी गर्न दबाब दिने जस्ता निम्न र घटिया कार्यको नेतृत्व गाउँपालिका अध्यक्षको छोराद्वारा हुनु गम्भीर कुरा हो ।

    हिजोको घटना एक किसिमले घटे पनि पालिका अध्यक्षले आफ्नो छोरालाई नियमित रूपमा सरकारी कामकाजमा लगाउने, अनुगमनका काममा पठाउने, कर्मचारीका अफिसमा गएर अनावश्यक दबाब सृजना गर्ने, उपभोक्तालाई अफिसमा हस्तक्षेप गर्ने, सरकारी सेवासुविधाको प्रयोग गराउने गरिएको गुनासा तथा सत्यता पनि बाहिर नआएका होइनन् । यसरी जनता र कानुनले नचिनेका व्यक्तिलाई अध्यक्षले आफ्नो कार्यकक्षमा सहायक अध्यक्ष जस्तै खडा गर्ने कार्य गाउँपालिका अध्यक्षको गम्भीर गल्ती हो ।

    आश्चर्यको कुरा के छ भने आफ्नै कोठाअगाडि छोराले वितण्डा मच्चाउँदा पनि केही प्रतिक्रिया नदेखाउने र उल्टै आफूले चुनाव जितेपछि कुनै पनि सरकारी सेवासुविधा लिन्नँ भनेर घोषणा गरेको व्यक्तिले एकापट्टि यातायात खर्चबापत् तलब पनि बुझ्ने अनि कार्यालय प्रयोजनका लागि भनिएको गाडीमा दिनरात छोरालाई बोकाउने र उक्त घटना भएपछि पनि सोही गाडीमा राखेर आफूसँगै भगाउने कार्यले घटना योजनाबद्ध रूपमा पालिका अध्यक्षसमेतको संलग्नता रहेको कुरा स्पष्ट छ ।

    हामीले उक्त घटनाको घोर भत्र्सना गर्दै प्रहरी प्रशासन समक्ष घटनामा संलग्न सम्पूर्ण दोषीमाथि कानुनी कारबाहीको जोडदार माग गर्दछौँ । साथै कर्मचारीहरूको शान्तिसुरक्षाको ग्यारेन्टी गरी आम जनताको सेवाप्रवाह सुचारु गर्न जिल्ला प्रशासनसमक्ष अनुरोध गर्दछौँ ।”

    अध्यक्षका छोराले कर्मचारीमाथि हातपात गरेपछि झिमरुक गाउँपालिकाको कामकाज ठप्प

    बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.