• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

फिलिपिन्स, जहाँ इतिहास बिर्संदा निरङ्कुशता ‘स्वर्णीम’ बन्यो, नेपालमा के होला ?


  •   बुधबार, जेठ २४, २०८० मा प्रकाशित
  • सुदर्शन खतिवडा ##

    Advertisement

    सात हजार टापुको देश फिलिपिन्स ३३३ वर्षसम्म त स्पेनको उपनिवेश बने छ । यो उपनिवेश केवल आर्थिक र राजनीतिक नभएर धार्मिक र सांस्कृतिक ढङ्गले पनि थियो । सोह्रौँ शताब्दीमा सुरु भएको उपनिवेश सन् १८९८ मा टुङ्गियो । स्पेनबाट मुक्त भएपछि पनि फिलिपिन्स अमेरिकाको ५० वर्ष र केही समय जापानको पनि उपनिवेश बन्यो । सन् १९४६ मा संयुक्त राष्ट्र सङ्घको सदस्य बन्दै स्वतन्त्र मुलुक बनेको फिलिपिन्सले राजनीतिक स्वतन्त्रताका लागि भने धेरै उतारचढाव ब्यहोर्नुपर्‍यो ।

    रणनीतिक अवस्थितिले पनि फिलिपिन्स शक्तिराष्ट्रको खिचातानी र रुचिको क्षेत्रभित्र पर्छ । मनिलाको बन्दरगाह भएर प्राचीनकालदेखि नै व्यापारिक पानिजहाजको आवतजावत हुँदै आएको छ । प्रसान्त महासागरको पश्चिमी सीमामा अवस्थित फिलिपिन्सको यही सामरिक महत्त्व बुझेर अमेरिकाले पाँच दसकसम्म यसलाई आफ्नो कब्जामा लियो ।

    अहिले हामीले उपभोग गरिरहेको लोकतन्त्र र खुला समाजका फाइदाहरू पञ्चायत र सक्रिय राजतन्त्रको बेला कल्पनाभन्दा बाहिरको कुरा थिए । अहिले जसरी पञ्चायतको पीडा नभोगेका मानिसले महेन्द्र र पञ्चायतको गुणगान गाइरहेका छन्, त्यसरी नै राजाको सक्रिय शासन र राजतन्त्रको ज्यादती नभोगेको पुस्तालाई राजतन्त्रप्रति अहिले बनाइएका भाष्य रोमाञ्चक अनुभूत हुन सक्छ ।

    साम्राज्यवादी उपनिवेशबाट मुक्त भए पनि फिलिपिन्स भ्रष्टाचार र कुशासनबाट मुक्त हुन सकेन । सन् १९६५ मा फर्डिनान्ड मार्कोसको उदयपछि भ्रष्टाचार थप संस्थागत भयो । भ्रष्टाचार र कुशासनले युवा पलायन बढायो र फिलिपिन्स झन् बढी कमजोर हुन थाल्यो । फलत: कुनै बेला पूर्वको मोती भनेर चिनिने फिलिपिन्सका एकचौथाइ नागरिक अहिलेसम्म पनि गरिबीको रेखामुनि छन् ।

    राज्यप्रमुख, सरकारप्रमुख र सेनाको सर्वोच्च कमान्डरसमेतको भूमिकामा रहने फिलिपिनी राष्ट्रपति जनताको प्रत्यक्ष मतबाट ६ वर्षका लागि चुनिन्छन् र उनीहरू दोस्रो कार्यकालका लागि दोहोरिन पाउँदैनन् तर सन् १९६५ मा राष्ट्रपति बनेका फर्डिनान्ड मार्कोसले सन् १९७२ मा मार्सल कानुन जारी गर्दै आफ्नो आलोचना गर्ने र फरक मत राख्ने हजारौँको हत्या गरे र निकै क्रुर शासकमा दरिएर २१ वर्ष शासन गरे ।

    सन् १९६५ देखि १९८६ सम्म फिलिपिन्सको सत्ता सम्हालेका सिनियर मार्कोस विरुद्ध अन्तत: लाखौँ मानिस सडकमा आए । विद्रोहबाट बढारिएपछि मार्कोस सपरिवार अमेरिकाको हवाई भाग्ने क्रममा राज्यकोषबाट १० अर्ब डलर रकम लगेको आरोप थियो । मार्कोस परिवारबाट सन् २०१३ मा ४ अर्ब बराबरको सम्पत्ति मात्रै असुल गरिएको थियो ।

    सन् १९८९ मा मार्कोसको हवाईमै निधन भयो । आफ्नो तानाशाह बाबु बित्दा जुनियर मार्कोस २८ वर्षका थिए । उनी पाँच वर्षपछि सन् १९९१ मा फिलिपिन्स फर्किए । दुई दसक लामो तानाशाही शासन चलाएका मार्कोसका छोरा केवल पाँच वर्ष निर्वासन बसेर स्वदेश फर्कन त्यहाँ विद्यमान लोकतान्त्रिक व्यवस्थाकै कारण सम्भव भएको थियो ।

    यसबिचमा “राइज अगेन” र “युनिटी” को नारा दिएर राष्ट्रपतीय चुनावी अभियान चलाउँदै उनी पुन: सत्तामा उक्लिन सफल भए । २०२२ मेमा राष्ट्रपतिमा विजय भएसँगै ६५ वर्षीय फर्डिना्रन्ड रोमाउल्डेज मार्कोस जुनियरले भने– ‘परिवारको इतिहास होइन, मेरो काम हेरेर मूल्याङ्कन गर्नुहोस् ।’

    स्वदेश फर्किएपछि मार्कोस परिवारले फिलिपिन्समै राजनीतिक स्पेस बनाउने प्रयास गर्‍यो । सन् २०१० देखि २०१६ सम्म जुनियर मार्कोस सिनेटमा निर्वाचित भए । यसबिचमा “राइज अगेन” र “युनिटी” को नारा दिएर राष्ट्रपतीय चुनावी अभियान चलाउँदै उनी पुन: सत्तामा उक्लिन सफल भए । २०२२ मेमा राष्ट्रपतिमा विजय भएसँगै ६५ वर्षीय फर्डिना्रन्ड रोमाउल्डेज मार्कोस जुनियरले भने– ‘परिवारको इतिहास होइन, मेरो काम हेरेर मूल्याङ्कन गर्नुहोस् ।’

    निर्वाचनमा तत्कालीन राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टे उपराष्ट्रपतिमा निर्वाचित भइन् । राजनीतिक स्वार्थका लागि तानाशाह पूर्वराष्ट्रपति मार्कोसको छोरा राष्ट्रपतिमा र निवर्तमान राष्ट्रपति डुटेर्टेकी छोरी उपराष्ट्रपतिमा उम्मेदवार बन्न गरिएको चुनावी तालमेल रोचक थियो ।

    चुनावी सफलताको लागि फिलिपिन्सको राजनीतिमा प्रभावशाली मानिने मार्कोस र डुटेर्टो परिवारको तालमेलको अभ्यासमा उनीहरू सफल भए । सूचना प्रविधिमा आएको अभूतपूर्व क्रान्ति चुनावी तालमेलभन्दा अझ शक्तिशाली सावित भयो । आफ्नो परिवारको कुरूप इतिहास मेटाउन मार्कोसले न्यू मिडियाको अत्यधिक दुरुपयोग गरे ।

    फर्डिनान्ड मार्कोस र श्रीमती इमिल्डा मार्कोसले फिलिपिन्समा मार्सल ल लगाएर मच्चाएको बर्बरतालाई बिर्सनलायक सामान्य घटनाको रूपमा फिलिपिनी नागरिकले लिइदिए जस्तो देखियो । मार्कोस सिनियरको दमन नेपालको राणा शासनभन्दा बर्बर थियो । उनले असन्तुष्ट पक्षलाई काराबास पठाउने, कैयौँको हत्या गर्ने, हजारौँलाई बेपत्ता बनाउने काम गरेका थिए ।

    बोङबोङ भनेर पनि चिनिने मार्कोस आफ्नो विरासतको राजनीतिलाई पुनस्र्थापना गर्दै ३६ वर्षपछि फिलिपिन्सको सत्तामा फर्कन सके । गत वर्ष मेमा भएको चुनावमा उनले प्रतिस्पर्धीभन्दा दोब्बर अर्थात् ५६ प्रतिशत मत प्राप्त गर्दै सानदार विजय निकाल्न सके ।
    फर्डिनान्ड मार्कोस र श्रीमती इमिल्डा मार्कोसले फिलिपिन्समा मार्सल ल लगाएर मच्चाएको बर्बरतालाई बिर्सनलायक सामान्य घटनाको रूपमा फिलिपिनी नागरिकले लिइदिए जस्तो देखियो । मार्कोस सिनियरको दमन नेपालको राणा शासनभन्दा बर्बर थियो । उनले असन्तुष्ट पक्षलाई काराबास पठाउने, कैयौँको हत्या गर्ने, हजारौँलाई बेपत्ता बनाउने काम गरेका थिए ।

    आलोचनात्मक चेत भएका पत्रकारलाई “लामखुट्टे” को सङ्ज्ञा दिँदै असहिष्णु व्यवहार गरेर जेलमा कोचे । कैयौँको हत्या गरे भने हजारौँलाई बेपत्ता बनाए । अढाइ हजारभन्दा बढीलाई क्रुर यातनापछि हत्या गरे र उनीहरूको क्षत्विक्षत् शरीरलाई सार्वजनिक स्थानमा छाडे ताकि यो विभत्सताबाट आतङ्कित भएर कसैले मार्कोस शासनको विरुद्धमा आवाज नउठाओस् । कतिपयलाई नरभक्षी पशुको आहार बनाए । प्रहरी तथा सरकार संरक्षित अज्ञात हतियारधारीद्वारा हजारौँको गैरन्यायिक हत्या गराइयो तर नयाँ मतदाताले त्यो क्रुर इतिहासलाई कसरी सजिलै भुल्न सके ? मिथ्या सूचनाको बलमा क्रुर तानाशाही सत्ताको नयाँ संस्करण पुनस्र्थापना कसरी सम्भव भयो ? हामीले नेपाली सन्दर्भमा पनि यसको जवाफ खोज्नुपर्छ ।

    मार्कोस पुनरोदयको जमिन
    तानाशाहलाई सत्ताच्यूत गर्ने सन् १९८६ को सफल आन्दोलनपछि फिलिपिनीहरू असाध्यै आशावादी र उत्साही थिए । लगत्तै बनेको प्रजातान्त्रिक सरकारको नेतृत्व फिलिपिन्समा ‘लोकतन्त्रको नयाँ युगकी नेतृ’ मानिने कोराजोन एक्विनोले गरिन् । उनले राजनीतिक अस्थिरता, आर्थिक सङ्कट र कम्युनिष्ट विद्रोहको सामना गर्नुपर्‍यो ।

    यसरी एउटा क्रुर तानाशाहलाई फाल्न बलिदानीपूर्ण आन्दोलनमा जुटेका नागरिकको आशामाथि किस्ता किस्तामा तुषारापात भइरह्यो । राजनीतिक अस्थिरता, दलहरूको लोकतन्त्रप्रतिको कमजोर प्रतिबद्धता, भ्रष्टाचार र सरकारको फितलो प्रदर्शन (कमजोर डेलिभरी) बाट जनमानसमा पैदा भइरहेको निराशालाई मार्कोस जुनियरले चलाखिपूर्वक दुरुपयोग गरे ।

    सन् १९९२ देखि १९९८ सम्म नेतृत्व गरेका फिडेल रामोसमाथि देशलाई स्थिरता र आर्थिक विकासको जग बसालेको जस जान्छ । उनीपछि सत्तामा आएका जोसेफ एस्ट्राडा भ्रष्टाचारको आरोपमा सन् २००१ मा पदच्यूत गरिए । ग्लोरिया म्याकापगल अरोयो पनि चुनावमा धाँधली र भ्रष्टाचारको आरोपमा २०१० मा पदच्यूत गरिइन् । बेनिग्नो एक्विनो तृतीयले त्यसपछि फिलिपिन्सको सत्ता सम्हाले । सन् २०१६ सम्म सत्तामा रहेका उनीमाथि केही संरचनागत सुधारको प्रयास गरेर अर्थतन्त्रमा सुधार र गरिबी न्यूनीकरणमा योगदान गरेको जस जान्छ ।

    यी सबै राजनीतिक उतारचढावसँगै फिलिपिन्सले पाँच दसकभन्दा लामो समयदेखि माओवादी सशस्त्र विद्रोहको पनि सामना गरिरहेको छ । सन् १९६९ देखि सुरु भएको विद्रोहबाट ४५ हजार फिलिपिनीको मृत्यु भइसकेको छ ।

    सन् २०१६ देखि राष्ट्रपति बनेका डुटेर्टेले अपराधी र लागुऔषध नियन्त्रणको नाममा सात हजार लागुऔषध कारोबारीलाई इन्काउन्टरको नाममा मारिदिए । यस क्रममा निर्दोष नागरिक पनि परे र उनी विरुद्ध आलोचना सुरु भयो । उनले सरकार सञ्चालनमा अधिनायकवादी मोडेललाई पछ्याउन थाले । उनैले कोरिदिएको गोरेटो बाटोलाई फराकिलो बनाउँदै मार्कोस परिवार सत्तामा उक्लन सफल भयो । योसँगै फिलिपिन्समा अब सत्यका लागि सङ्घर्ष गर्नुपर्ने भएको छ ।

    यसरी एउटा क्रुर तानाशाहलाई फाल्न बलिदानीपूर्ण आन्दोलनमा जुटेका नागरिकको आशामाथि किस्ता किस्तामा तुषारापात भइरह्यो । राजनीतिक अस्थिरता, दलहरूको लोकतन्त्रप्रतिको कमजोर प्रतिबद्धता, भ्रष्टाचार र सरकारको फितलो प्रदर्शन (कमजोर डेलिभरी) बाट जनमानसमा पैदा भइरहेको निराशालाई मार्कोस जुनियरले चलाखिपूर्वक दुरुपयोग गरे ।

    पूर्व तानाशाहका छोराले आफ्नो बुबाको शासनबारे बुनेको कथाले यथार्थलाई छायाँमा पार्‍यो । इतिहास र तथ्यसँग वास्तै नराख्ने नयाँ पुस्ता भिडको अंश बन्दा ‘मार्कोस सिनियर अत्याचारी होइनन्’ भन्ने भाष्य बनाउन जुनियरलाई मुस्किलै परेन ।

    उनले आफ्नो बुबाको पालाको तथाकथित “स्वर्णीम युग” लाई पुन:स्थापना गर्ने दाबीलाई आफ्नो चुनावी रणनीति नै बनाए । आफ्नो बुबाबाट अन्यायपूर्वक खोसिएको शक्ति प्राप्त गर्ने प्रतिशोधी “राजकुमार” को रूपमा आफूलाई जनतासमक्ष प्रस्तुत गरिरहँदा सन् १९९० को दसकपछि जन्मिएको पुस्ताले उनको क्रुरता र अत्याचारबारे केही पनि थाहा पाएन बरु यही सङ्कथनको पछाडि दौडिरह्यो ।

    सामाजिक सञ्जालमा मार्कोस शासनको पुनरुत्थानवादी कथानकले नयाँ पुस्तालाई त लठ्यायो नै, मार्कोसको तानाशाही शासन ब्यहोरेको पुरानो पुस्ता पनि खासै प्रतिकारमा उत्रन सकेन । उत्रिएकाको आवाज पनि सामाजिक सञ्जालको अविवेकी भिडका अगाडि बालुवामा खन्याइएको केही थोपा पानी जस्तै निष्प्रभावी बन्यो ।

    पूर्व तानाशाहका छोराले आफ्नो बुबाको शासनबारे बुनेको कथाले यथार्थलाई छायाँमा पार्‍यो । इतिहास र तथ्यसँग वास्तै नराख्ने नयाँ पुस्ता भिडको अंश बन्दा ‘मार्कोस सिनियर अत्याचारी होइनन्’ भन्ने भाष्य बनाउन जुनियरलाई मुस्किलै परेन ।

    तानाशाही शासकको क्रुर दमनमा परेर जीवन गुमाएका परिवारका सदस्य पनि सोही ‘पर्सेप्सन’ को मृगतृष्णामा लट्ठिए । “पर्सेप्सन इज ग्रेटर द्यान रियालिटी” भन्ने सन्देश दिने नाटकको भव्य मञ्चन गर्न जुनियर मार्कोस सफल भए र यसको बलियो साधन बन्यो सामाजिक सञ्जाल ।

    दलहरूको लोकतन्त्रप्रतिको कमजोर प्रतिबद्धतासामु कुटिलतापूर्वक बुनिएका झुटा सङ्कथनले कसरी ठाउँ लिन्छन् र तानाशाहको पनि नयाँ अवतारमा पुनरोदय हुन सक्छ ? यसको उदाहरण फिलिपिन्स बनेको छ । जे होस्, लोकतन्त्रको विकल्प लोकतान्त्रिक शक्तिभन्दा बाहिर गएर खोज्ने नागरिक अन्तत: “तावाको माछा भुङ्ग्रामा” पुगेका छन् ।

    तानाशाही शासनबाट मुक्त भए पनि देश राजनीतिक रूपमा अस्तव्यस्त र भ्रष्टाचारबाट मुक्त हुन नसक्दा जनता थप निराश बन्दा रहेछन् । राजनीतिक दलको अराजनीतिक गतिविधि र कमजोर कार्यसम्पादनको जगमा नै सन् २०१६ मा डुटेर्टे उदाए भने उनको कमजोरीको जगमा जुनियर मार्कोस ।

    दलहरूको लोकतन्त्रप्रतिको कमजोर प्रतिबद्धतासामु कुटिलतापूर्वक बुनिएका झुटा सङ्कथनले कसरी ठाउँ लिन्छन् र तानाशाहको पनि नयाँ अवतारमा पुनरोदय हुन सक्छ ? यसको उदाहरण फिलिपिन्स बनेको छ । जे होस्, लोकतन्त्रको विकल्प लोकतान्त्रिक शक्तिभन्दा बाहिर गएर खोज्ने नागरिक अन्तत: “तावाको माछा भुङ्ग्रामा” पुगेका छन् ।

    राजनीतिक संस्थापनले ‘गलत सूचनाको भ्रममा परेका नयाँ पुस्ता’ भनेर घमण्ड गरिरह्यो । जवाफमा त्यही नयाँ पुस्ताले नयाँ संस्थापन खडा गरिदियो । मार्कोसले मूल प्रवाहको सञ्चारमाध्यमलाई वास्तै गरेनन् । यदि सामाजिक सञ्जालको सशक्त उपस्थिति थिएन भने लोकतन्त्रले पर्याप्त काम गर्न नसक्दा पनि फिलिपिनी नागरिकले आफ्नो मनस्थिति बदल्दैनथे होलान् । सामाजिक सञ्जालले हामीलाई सत्योत्तर युगमा धकेलेको छ, जहाँ एकभन्दा बढी सत्य सिर्जना गरिन्छन् ।

    यो लोकतन्त्र हो जहाँ पूर्वराजाले पनि राजतन्त्रको पक्षमा वक्तव्यबाजी र गतिविधि सञ्चालन गर्न पाउँछन् तर निकट विगतको राजाको शासन र पञ्चायतकालमा लोकतन्त्रको पक्षमा बोल्नेलाई के केसम्म गरियो ? नयाँ पुस्ता यसबाट बेखबर रहन सक्लान् तर राजतन्त्र भोगेको पुस्ताको स्मृतिबाट उक्त व्यवस्थाको क्रुर क्रियाकलाप ओझेल परिसकेको छैन ।

    साधारण र असाधारण घटनाको भेद छुट्याउन नसक्ने गरी भ्रमको तुँवालो सिर्जना गरिएको अवस्था “पोस्ट ट्रुथ” हो, जहाँ भावना तथ्यभन्दा बढी शक्तिशाली बनिदिन्छ र आंशिक, भ्रमित र काल्पनिक सत्यको बलमा जनमत बनाइन्छ । भ्रमपूर्ण सत्यको भिडमा वास्तविक सत्य पत्ता लगाउन मुस्किल हुने आजको युगमा आम मानिसले सत्य छुट्याउनै सक्दैन । यस्तो अवस्थामा समाजको गतिशीलता सामाजिक अगुवाको नियन्त्रणमा रहँदैन । यसरी नयाँ सञ्चारमाध्यमले सिर्जना गर्ने नयाँ सामाजिक आन्दोलनले कसलाई सिध्याउँछ र कसलाई उभ्याउँछ ? यसै भन्न सकिन्न ।

    फिलिपिन्समा यस्तै भयो । मार्कोसको विरासत जति क्रुर र अमानवीय भए पनि उनी नयाँ सञ्चारमाध्यमकै बलमा शान्ति, प्रगति र उन्नतिका निर्विकल्प नेताका रूपमा स्थापित हुँदै गए । परम्परागत सञ्चारमाध्यमलाई उनले कि गाली गरे कि बहिष्कार ।

    उनले नयाँ पुस्तामैत्री सञ्चारका आउटलेटमा आफूलाई सधैँ हेडलाइन बनाइरहे र वैकल्पिक सूचनाचक्र स्थापित गरे । नयाँ पुस्ताले मन पराउने फेसनदेखि मनोरञ्जन क्षेत्रका म्यागाजिनका कभरमा आफ्नो तस्बिर रङ्ग्याउन उनले भरपूर मिहिनेत गरे । उनी आफ्नै “भ्लग” मार्फत् लक्षित समूहसँगको संवादमा रहिरहे । आफ्नो पारिवारिक छवि पुन: निर्माणका लागि उनी फेसबुक र युट्युबमा मज्जाले जमे, जहाँ परम्परागत सञ्चारमाध्यमको जस्तो कुनै “गेटकिपिङ” हुँदैन, जसले उनको अभिव्यक्ति काँटछाँट गर्न सकोस् ।

    यतिसम्म कि मार्कोस सिनियर धनी हुनुका पछाडि भ्रष्टाचार होइन, उनले वकालतको शुल्क सुनको इँटा पाउँथे भनेर बनाइएको प्रचार सामग्री पनि सामाजिक सञ्जालमा भाइरल भयो । मार्कोस परिवारले हिजो तानाशाही सत्ता चलाउँदा जनताबाट लुटिएको अकुत धन नयाँ सञ्चार परिचालनमा खर्च गर्दै राजनीतिक प्रभाव विस्तार गरेको थियो तर त्यसको कतै बलियोसँग चर्चा भएन ।

    जसरी धरहरा निर्माण र मेलम्ची खानेपानी योजनाको गौरवीकरण गरिन्छ तर यस क्रममा भएका ढिलासुस्ती र भ्रष्टाचारबारे चर्चै गरिंदैन, त्यसरी नै मार्कोस शासनकालमा बनेका पुल, अस्पताल र सांस्कृतिक केन्द्रका तस्बिरलाई अधिक प्रचार गरियो तर यी संरचना निर्माणक्रममा भएका भ्रष्टाचार र यसले निम्त्याएको थेग्नै नसक्ने ऋणभारबारे चर्चै भएन । यसरी मानवअधिकारका लागि भयावह र अर्थतन्त्रको दृष्टिले पीडादायी बर्बर युगलाई “स्वर्णीमकाल” को रूपमा चित्रित गर्न सम्भव भयो ।

    यतिसम्म कि मार्कोस सिनियर धनी हुनुका पछाडि भ्रष्टाचार होइन, उनले वकालतको शुल्क सुनको इँटा पाउँथे भनेर बनाइएको प्रचार सामग्री पनि सामाजिक सञ्जालमा भाइरल भयो । मार्कोस परिवारले हिजो तानाशाही सत्ता चलाउँदा जनताबाट लुटिएको अकुत धन नयाँ सञ्चार परिचालनमा खर्च गर्दै राजनीतिक प्रभाव विस्तार गरेको थियो तर त्यसको कतै बलियोसँग चर्चा भएन ।

    नयाँ सञ्चारले फैलाइरहेको भ्रमको विरुद्ध मूल प्रवाहका मिडिया र नागरिक समाज नजुधेका होइनन् तर सफल हुन सकेनन् । नयाँ सञ्चारको आक्रामकपन र झुट फैलने गतिको अगाडि उनीहरूको प्रयास निरीह सावित भयो । सामाजिक सञ्जालमा प्रतिपक्षी आवाज दबाउन बनाइएको “ट्रोल सेना” प्रभावकारी भयो ।

    अबको मूल प्रवाह कुन हो ? अहिले यो प्रश्नले फिलिपिन्सको सीमा नाघेर संसारभरबाट जवाफ खोजिरहेको छ । फिलिपिन्सबाट चेतावनीयुक्त पाठ सिक्ने अवसर भने हाम्राअगाडि छन् । तपाईं हामीले पाएका सूचना कति विश्वसनीय, प्रासङ्गिक र वैध छ ? उपभोक्ताका रूपमा आज हरेक श्रोता, पाठक र दर्शकले आफूलाई साक्षर राख्न आवश्यक छ ।

    फरक मत राख्ने आफ्नै नागरिकलाई संविधान संशोधन गरेर मृत्युदण्ड दिने राजा महेन्द्र र पञ्चायतको गौरवीकरण सुरु भएको छ । हाम्रा शासक कति क्रुर तानाशाह थिए भनेर नयाँ पुस्तालाई थाहा हुने कुरा भएन । 

    फरक मत राख्ने आफ्नै नागरिकलाई संविधान संशोधन गरेर मृत्युदण्ड दिने राजा महेन्द्र र पञ्चायतको गौरवीकरण सुरु भएको छ । हाम्रा शासक कति क्रुर तानाशाह थिए भनेर नयाँ पुस्तालाई थाहा हुने कुरा भएन । त्यसैले नयाँ पुस्तालाई इतिहास पढाउनुपर्छ तर इतिहास पढाउने भूमिकामा रहेका नेता नैतिक रूपमा योग्य र सक्षम हुनुपर्छ । हाम्रो राजनीतिक नेतृत्वले आफ्नो विश्वसनीयता यति धेरै गुमाइसकेको छ कि उनीहरू आफैले रचेको इतिहास पढाउन पनि अयोग्य सावित हुँदै गएका छन् ।

    राजनीतिक सङ्कट र परिवर्तनले सिर्जना गर्ने सङ्क्रमणमा जुनसुकै शक्तिले पनि पहलकदमी लिन र आफूलाई स्थापित गर्न सक्छन् । यस्तो अवस्थामा सामान्य मानिसलाई लोकतन्त्र र भिडतन्त्र छुट्याउन मुस्किल हुँदा सिर्जना हुने शून्यतामा अनुदारवादी आवाज हुर्कंदो रहेछ । निरङ्कुशताको भ्रुण यहीँनेर मौलाउन सक्छ ।

    अहिले हामीले उपभोग गरिरहेको लोकतन्त्र र खुला समाजका फाइदाहरू पञ्चायत र सक्रिय राजतन्त्रको बेला कल्पनाभन्दा बाहिरको कुरा थिए । अहिले जसरी पञ्चायतको पीडा नभोगेका मानिसले महेन्द्र र पञ्चायतको गुणगान गाइरहेका छन्, त्यसरी नै राजाको सक्रिय शासन र राजतन्त्रको ज्यादती नभोगेको पुस्तालाई राजतन्त्रप्रति अहिले बनाइएका भाष्य रोमाञ्चक अनुभूत हुन सक्छ । यसैको जगमा नेपाली समाजमा कहिले जङ्गबहादुर त कहिले उदार अधिनायकवादको खोजी हुने गरेको छ । अहिलेको समयमा आएर पनि पुन: पञ्चायतकालको माग गर्न अप्ठ्यारो नलाग्ने अवस्था सिर्जना भइरहेको छ ।

    यो लोकतन्त्र हो जहाँ पूर्वराजाले पनि राजतन्त्रको पक्षमा वक्तव्यबाजी र गतिविधि सञ्चालन गर्न पाउँछन् तर निकट विगतको राजाको शासन र पञ्चायतकालमा लोकतन्त्रको पक्षमा बोल्नेलाई के केसम्म गरियो ? नयाँ पुस्ता यसबाट बेखबर रहन सक्लान् तर राजतन्त्र भोगेको पुस्ताको स्मृतिबाट उक्त व्यवस्थाको क्रुर क्रियाकलाप ओझेल परिसकेको छैन । राजाको विरुद्धमा बोल्नेलाई “अराष्ट्रिय तत्त्व” करार गरेर सामाजिक बहिष्करण गर्नेदेखि अदालतबाट फाँसीको सजाय सुनाएर मृत्युदण्डसमेत दिइन्थ्यो भन्दा नयाँ पुस्ताले पत्याउनै मुस्किल मान्ने अवस्था छ ।

    सामाजिक सञ्जाल दुईधारे तरबार सावित हुँदै छ । सकारात्मक समाचारभन्दा रोष, क्रोध, घृणा र झुट छिटो फैलिएर महाव्याधिको रूप लिन्छ र मान्छेभित्रको राम्रो गुणलाई मारिदिन्छ ।

    हामीलाई थाहै छ, इन्टरनेट र सामाजिक सञ्जालको जमानामा झुटको भिडभाडमा सत्य एक्लिन्छ । गलत सूचनाको बाढीले हामी बगाइन्छौँ र सत्यको अस्तित्वमाथि प्रश्नचिह्न खडा गर्दछ । पोस्ट ट्रुथको जमानामा सत्य उद्घाटन गरिरहने चुनौतीपूर्ण भूमिकाबाट ज्ञान निर्माण गर्ने संस्था र आम सञ्चारमाध्यम चुक्ने हो भने फिलिपिन्सको अलिक पुरानो उदाहरणलाई विस्थापित गर्दै नेपाल नै एउटा यस्तो उदाहरण बन्ने छ जहाँ टिनएजर पनि नबनिसकेको लोकतन्त्रको घाँटी रेटिएको नयाँ तर दुर्दान्त उदाहरण रचिन सक्छ ।

    नेपालमा एकात्मक र केन्द्रीकृत राजसंस्थाको विकल्पमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना त भयो तर यसलाई संस्थागत गर्न हाम्रो नेतृत्व चुक्यो । विधिभन्दा माथि व्यक्ति राख्ने होडबाजी चल्यो । सामान्य नागरिकदेखि राष्ट्रपतिसम्म सबै सबै विधि नमान्ने होडमा देखिए । व्यवस्था बदल्नेहरू व्यवस्था बनाउनभन्दा भत्काउनमै बढी निपुण देखिन थाले ।

    सामाजिक सञ्जाल दुईधारे तरबार सावित हुँदै छ । सकारात्मक समाचारभन्दा रोष, क्रोध, घृणा र झुट छिटो फैलिएर महाव्याधिको रूप लिन्छ र मान्छेभित्रको राम्रो गुणलाई मारिदिन्छ ।

    फिलिपिन्सबाट हामीले सिक्न सक्छौं । हुन त संसारका कुनै देश वा घटनासँग हामीलाई तुलना गर्नु उपयुक्त हुँदैन किनकि हरेक देशको आफ्नै मौलिकता हुन्छ तर पनि खास खास घटनाबाट शिक्षा भने लिन सक्छौँ ।

    (अनलाइन खबर डट कममा २०८० जेठ १४ गते प्रकाशित यस लेखमा शीर्षकसहित सामान्य सम्पादन गरिएको छ : सम्पादक)

    बुधबार, जेठ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.