चितवन । चितवनको माडीमा राष्ट्रिय जनमोर्चाको नगर भेला सम्पन्न भएको छ । भेलाले महेन्द्र देवकोटाको संयोजकत्वमा ११ सदस्यीय नगर समिति गठन गरेको छ ।
Advertisement
समितिको सहसंयोजक यामबहादुर भुजेल, सदस्यहरुमा रोसन वाग्ले, सूर्यराज देवकोटा, सिवलाल देवकोटा, जमुना देवकोटा, सिता परियार, हिमकला पोखेरल र लक्ष्मी थापा रहनुभएको छ ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सदस्य देवनारायण पोखेरलको पहलमा भएको कार्यक्रमको सञ्चालन यादव विलास पन्तले गर्नु भएको थियो ।
भेलालाई बधाई तथा शुभकामना दिनेहरुमा अन्तर्रास्ट्रिय नेपाली एकता समाज केन्द्रीय सदस्य देवनारयण पोखेरल, राजमो नेताहरु डम्मर केसी, देवी शर्मा, राजमो नेता कृष्णबहादुर केसी, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का जिल्ला सदस्य विक्रम चौधरी लगायत नेताहरु हुनुहुन्थ्यो ।