• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

कार्यकर्ताप्रतिको व्यवहार


  •   मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
  • गौरिश्वर पाण्डे ##
    कम्युनिस्ट पार्टीको नेतृत्वले आफ्ना कार्यकर्तासँग कस्तो व्यवहार गर्नुपर्दछ भन्ने विषयमा अत्यन्तै ध्यानपूर्वक अगाडि बढ्नुपर्दछ । यो पिछडिएको र बुर्जुवा प्रकारको समाजमा कार्यकर्ता, नेता वा नेतृत्वप्रति आवश्यकताभन्दा बढी विश्वास र चाकडी, चापलुसीसमेत गरेको भेटिन्छ । प्रतिकृयावादी व्यवस्थाका विशेषता नै नेतामुखी बन्ने, नेतालाई रिझाएर आफ्ना स्वार्थ पूरा गर्ने र नेतृत्वले आफ्ना कार्यकर्तामाथि मालिकको व्यवहार देखाउने गर्दछन् ।

    Advertisement

    कम्युनिस्ट पार्टीको नेतृत्व कार्यकर्तामाझ सरल, राजनीतिक, वैचारिक र सहयोगी प्रकारले प्रस्तुत हुनुपर्दछ । जनता र कार्यकर्ताका समस्या र गुनासालाई अत्यन्तै ध्यानपूर्वक सुन्ने, बुझ्ने, आवश्यक सरसल्लाह दिने र समस्या समाधानका उपायको खोजी गर्ने, आफूले जे गर्न सकिन्छ, त्यही प्रकारको सहयोग गर्ने प्रकारले प्रस्तुत हुनुपर्दछ ।

    नेतृत्वले जनताका हरेक कार्यकर्ताको मनोभावना बुझ्ने कोसिस गर्नुपर्दछ । कम्युनिस्ट पार्टीको नेतृत्वले कार्यकर्ता र जनताको बिचमा विश्वास दिलाउनुपर्दा आफूले गर्ने हरेक गतिविधिको प्रभाव तल्लो कमिटी र कार्यकर्तामा पर्दछ भन्ने कुराको ख्याल गरिरहनुपर्दछ ।

    कम्युनिस्ट पार्टीको नेतृत्व कहिल्यै पनि जनता र कार्यकर्ताबाट अलग रहनुहुँदैन । जनताकै बिचमा झ्याङ्गिँने, फुल्ने र फल्ने प्रकारको हुनुपर्दछ । कम्युनिस्ट पार्टीले कार्यकर्ता र जनतासँग कहिल्यै सामन्ती प्रकारको चरित्र प्रस्तुत गर्नुहुँदैन। जुन पनि बेला, जुनसुकै बेला म जनताको अविभावक हुँ भनेर जिम्मेवारीपूर्वक प्रस्तुत हुने कोसिस गर्नुपर्दछ । हाम्रा क्रियाकलापबाट कार्यकर्ता निराश होइन, उत्साहित बन्नुपर्दछ ।

    पहिलो कुरा कम्युनिस्ट पार्टीको नेतृत्वले श्रमप्रति विश्वास गर्नुपर्दछ र श्रममा भाग लिनुपर्दछ । कार्यकर्तालाई पनि कामसँग जोड्नुपर्दछ । नेतृत्वले पहिले आफ्नो दृष्टिकोण उठाउने प्रयत्न गर्नुपर्दछ र आफू जहिले पनि जवाफदेही र जिम्मेवार प्रकारले प्रस्तुत हुनुपर्दछ । माक्र्सवादी दर्शनको अध्ययनमा दक्खल राख्नुपर्दछ । समाजमा भएको गहिरो अध्ययन गरेर द्वन्द्वात्मक प्रकारले व्यवस्थापनमा ध्यान दिनुपर्दछ ।

    सेवासुविधाका कतिपय विषयमा कार्यकतासँगै प्रतिस्पर्धा गरी लुछाचुडी गर्नु राम्रो हुँदैन । कार्यकर्ता र जनताको लोकप्रिय बन्ने नाममा हामीले पार्टीका नीति तथा कार्यक्रममा कहिँ कतै सम्झौता गर्ने तथा पार्टीको कार्यक्रम कमजोर हुने खालका कुनै पनि प्रकारका कार्य गर्नुहुँदैन । यसले पार्टीलाई नोक्सान हुन्छ ।

    नेतृत्व जहिले पनि जनताको अघि लाग्नुपर्दछ । जनताको पछि लाग्ने हो भने लक्ष्य, उदेश्यमा पुग्न सकिन्न । हामीले निर्णय गर्दा द्वन्द्वात्मक तरिकाले विषयवस्तुको अध्ययन गरेर मात्र गर्नुपर्दछ । निर्णय पार्टीको विधिविधानलाई ध्यानमा राखेर गर्नुपर्दछ, जनताले जे जे भन्छन्, त्यही गर्ने । त्यही गर्दै गयौँ भने हामी लोकप्रियत त हौँला तर नीतिनिर्देशन छोडेका हुन्छौँ । यस प्रकारको लोकप्रियतावादी सोचाइले पार्टीलाई फाइदा होइन, बेफाइदा नै हुन्छ ।

    नेतृत्वले जहिले पनि आफ्ना बोली, आनिबानी, खानपानलगायतका विषयमा सधैँ होसियार बन्नुपर्दछ । हरेक हिसाबकिताब पारदर्शिता प्रदर्शन गर्न सक्नुपर्दछ ।

    नेतृत्वले सामूहिकताको कार्यक्रमलाई सधैँ अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ । कार्यकर्ता र नेतृत्वको बिचमा जहिले पनि राजनैतिक प्रकारको मित्रवत सम्बन्ध कायम गर्ने कोसिस गर्नुपर्दछ । समाजमा हुने हरेक घटनालाई सरलीकरण गर्न आफूले प्रयत्न गर्ने र कार्यकर्तालाई पनि यस विषयमा प्रशिक्षित गर्ने, जीवन जिउनका लागि सहज प्रकारको वातावरण निर्माण गर्ने र कार्यकर्तालाई पनि सोहीअनुसार अभ्यास गराउने गर्नु नेतृत्वको महत्त्वपूर्ण भूमिका रहन्छ । नेतृत्वले जहिले पनि कार्यकर्ता र जनतालाई उनीहरूका मित्रशक्तिको बारेमा प्रशिक्षित गर्दै वास्तविक शत्रु र मित्रशक्तिको बारेमा स्पष्ट पार्ने, हाम्रा मित्रशक्ति को हुन् ? दुस्मनशक्ति को हुन् ? मित्रशक्ति केका आधारमा किटानी गर्ने ? दुस्मन केका आधारमा ? मित्रसँग कस्तो व्यवहार गर्ने ? दुस्मनसँग कस्तो व्यवहार गर्ने भन्ने विषयमा सकेसम्म प्रस्ट्याउने कोसिस गर्नुपर्दछ ।

    कार्यकर्तालाई प्रत्येक समयमा अनुशासन, हाम्रो लक्ष्य, उद्देश्य, राजनीतिक कार्यनीतिको बारेमा प्रशिक्षित गराउनुका साथै समाज विकासको आधार परिवर्तनका नियमको बारेमा पनि ज्ञात गराउने प्रयत्न गर्नुपर्दछ । कार्यकर्तालाई जिम्मा दिँदा उसको योग्यता र क्षमतामा ध्यान दिएर मात्र दिने कुरामा ध्यान दिनुपर्दछ । काम गर्ने र जिम्मेवारी पूरा गर्ने दौरानमा आइपर्ने हरेक जटिल समस्यालाई कार्यकर्ताको बिचमा बिनाहतार, बिनाहिचकिचाहट सरल र सहज प्रकारले समाधान गर्ने प्रयास गर्नुपर्दछ । समस्यामा आत्तिने, हतोत्साही बन्ने, रिसाउने, भाग्ने, तर्किने जस्ता क्रियाकलाप नेतृत्वले कार्यकर्ताको बिचमा प्रदर्शन गर्न थाल्यो भने त्यस प्रकारको नेतृत्वप्रति जनता र कार्यकर्ताले विश्वास गर्दैनन् र निर्णय कार्यान्वयनमा हामीलाई सहयोग गर्दैनन् । यसरी हामीले हरेक विषयमा कार्यकर्ता र जनतालाई ध्यान दिएर अगाडि बढ्नुपर्दछ ।

    मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.