सुनसरी । अखिल नेपाल किसान महासंघ (अप्फा) सहित विभिन्न ६ वटा किसान संगठहरुले कोशी प्रदेशस्तरीय संयुक्त संघर्ष समिति बनाएका छन् ।सोमबार सुनसरीको तरहरामा भएको संयुक्त भेला तथा प्रशिक्षणपछि संघर्ष समिति गठन भएको हो ।
समितिको संयोजकमा गणेशकुमा खड्का चयन हुनुभएको छ । सदस्यहरुमा सुकदेव चौधरी, दुर्गाप्रसाद कोइराला, गोविन्द गुरुङ, घनश्याम थापा, रुद्र अधिकारी, तारा सुवेदी, जीवन राई (संगीन), कल्पना घिमिरे, ध्रुव डाँगी, चेतन कोइराला, प्रेमसागर सापकोटा, डम्बरबहादुर श्रेष्ठ, चन्द्र ढकाल झापाली, अमृत पाण्डे, हरिलाल अधिकारी, लक्ष्मीकान्त ओझा, लोमनाथ भण्डारी, कृष्णकुमार ढकाल, बेनु बुढाथोकी, पासाङ, डिल्लीराम भण्डारी, कृष्णदास चौधरी, मदन कटुवाल र टंक परियार रहनुभएको छ ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासंघका बलराम बास्कोटा, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का धनेश्वर पोखरेल, अखिल नेपाल किसान महासंघ(युनियन) का लोकनारायण सुवेदी, अखिल नेपाल प्रगतिशील किसान संघका दुर्गाप्रसाद जौशी र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का नहेन्द्र खड्काले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा कृषि वैज्ञानिक केशवप्रसाद श्रेष्ठले कृषि अनुसन्धानबारे प्रशिक्षण दिनुभएको थियो ।
किसानहरुका हक हितको लागि संयुक्त संघर्ष गरिरहेका ६ वटा किसान संघ संगठनहरुले सातवटै प्रदेशमा संयुक्त संघर्ष समिति गठन गर्न अभियान सञ्चालन गरिरहेका छन् ।
