लोकेन्द्र पौडेल, दक्षिण भारत चेन्नै ।
राष्ट्रघाती नागरिकता ऐन र भारतको संसदमा नेपाली भूभाग समेटेर राखिएको नक्साको विरोधमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विरोध कार्यक्रम गरेको छ ।
मूल प्रवाह चेन्नै पूर्व,उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा विरोध सभा सम्पन्न भएको हो ।
विरोध सभालाई मूल प्रवाहका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापाले मुल प्रवाह नेपाली एकता समाज जहिले पनि राष्ट्र र राष्ट्रियताको आन्दोलनलाई सहयोग पुर्याउदै आएको र आउँदा दिनहरुमा पनि एक ढिक्का भएर लाग्ने भन्दै नागरिकता विधेक तुरुन्त फिर्ता गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, दक्षिण भारत क्षेत्रीय सदस्य काशिराम शर्मा, क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल,जिवन शर्मा, ओमाकान्त शर्मा, नेत्रलाल शर्मा, प्रथमबहादुर क्षेत्री,ओम बहादुर विक, टिका थापाले पनि सम्बोधन गर्नुभएको थियो ।
पूर्व नगर कोषाध्यक्ष सुर्य प्रशाद भुसालको सञ्चालनबाट अघि बढेको कार्यक्रममा मूल प्रवाह चेन्नै दक्षिण नगर उपाध्यक्ष खगराज आचार्यको अध्यक्षतामा रकाशिराम शर्माको स्वागतमा सम्पन्न भएको थियो ।