तिलक थापा, बागलुङ ।
राष्ट्रिय जनमोर्चा बागलुङले १० टोली निर्माण गरेर फागुन महिना भरि सञ्चालन गरेको बिशेष संगठनात्मक अभियानको कार्यक्रम तंग्राम, धुल्लुबास्कोट, दमेक, अमलाचौर, दुदिलाभाटी, दगा र बुर्तिबाङमा सम्पन्न गरेको छ ।
जस अन्तरगत टोली नं. ४ ले काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामको धारामा प्रशिक्षण भेला तथा सदस्यता वितरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल युवक संघका पूर्व अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तिलक थापाले जनतालाई करको भारी बोकाएर जम्मा भएको राजश्वमा भ्रष्टाचारीहरुको बिगबिगी रहँदा सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताउनुभयो ।
उहाँले एनसेल जस्ता कम्पनीलाई लाभकर छुट गर्ने, सामान्य भरियालाई समेत करमा कडाई गरेर समृद्ध नेपाल बन्न नसक्ने भन्दै नेपाली जनताहरु अनुदानको नाममा देशलाई कसैको बन्धक बनाउन तयार नभएको स्पष्ट पार्नुभयो । संघीयता जस्तो महंगो व्यवस्था खारेज गर्न राष्ट्रिय जनमोर्चाको अभियान सफल पार्न उहाँले अनुरोध गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा काठेखोला गाउँ समितिका अध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओम बहादुर पुन, राजमो काठेखोला गाउँ समितिका सचिव तथा काठेखोला गाउँ कार्यपालिका सदस्य टीका संगम बिक, गाउँ समितिका सदस्य सीता किसान, अखिल नेपाल महिला संघ बागलुङका सदस्य बिस्नुकलि थापा, राजमा काठेखोला ४ तंग्रामका सदस्य मनरुपी थापा लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम वडा समितिका उपाध्यक्ष थिर बहादुर रानाको अध्यक्षता, सचिव शस बहादुर बिकको सञ्चालन र सदस्य हर्कराम थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । भेलाले थिर बहादुर रानाको अध्यक्षतामा १५ सदस्यीय तंग्राम ५ नं टोल समिति चयन गरेको छ । जसको उपाध्यक्ष मनरुपी थापा, सचिव दुर्गा बहादुर थापा, सहसचिव हरि बहादुर थापा, कोषाध्यक्ष मिना पुन, सदस्यहरुमा हर्कराम थापा, पुर्ण बहादुर थापा, सन्त बहादुर थापा, मन बहादुर थापा, नेत्र किसान, नेत्र थापा, जहरसिं बि।क।, लोप बहादुर किसान, चुना बिक, मन कुमारी बिक सल्लाहकारमा सीता किसान, शस बहादुर बि।क। र बिष्णुकली थापा रहनु भएको छ ।
टोली नं १ ले बरेङ गाउँपालिका वडा नं. १ धुल्लुबाँस्कोटको लिउवामा प्रशिक्षण भेला तथा सदस्यता बितरण सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण पौडेल, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सचिव कृष्ण आचार्य, राष्ट्रिय जनमोर्चा बरेङ गाउँ समितिका अध्यक्ष हिरा बहादुर थापा, सदस्य शेर बहादुर पुन लगायतले मन्तव्य राख्नु भएको थियो ।
टोली नं. २ ले जैमिनी नगरपालिका वडा नं. ३ दमेकको बिराउनीमा घरदैलो गर्दै पर्चा तथा सदस्यता बितरण गरेको छ । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका पूर्व सल्लाहकार नर बहादुर पुन, राजमो बागलुङका कोषाध्यक्ष दिल बहादुर दर्जी, राजमो जैमिनीका अध्यक्ष डिल बहादुर श्रीस, राजमो बागलुङका सदस्य ठाकुर शर्मा, अखिल नेपाल जनजाति सम्मेलन गण्डकी प्रदेश सदस्य डम्मर थापा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका अध्यक्ष लाल बहादुर पुन, राजमो जैमिनीका सदस्य होम बहादुर पुन लगायतका टोलीले अभियान अगाडि बढाएको छ ।
टोली नं. ३ ले बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर जगन्नाथचौरमा वडा प्रशिक्षण भेला तथा सदस्यता बितरण गरेको छ । कार्यक्रममा राजमो बागलुङका सदस्य तथा बागलुङ नगर अध्यक्ष थानेश्वर सुवेदी, सदस्य लोकनाथ शर्मा, जातीय समता समाज बागलुङका सदस्य गोविन्दलाल बिक, अखिल नेपाल शिक्षक संघ बागलुङका सदस्य श्याम कुमारी बोहरा कार्की लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम वडा समितिका अध्यक्ष घनश्याम सुनारको अध्यक्षता, विपिन शर्माको सञ्चालन र अखिल नेपाल महिला संघ नगर सदस्य तथा बागलुङ नगर कार्यपालिका सदस्य बबिता रामदामले स्वागत मन्तव्य राख्नु भएको थियोे ।
टोली नं. ५ ले गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटीको टोड्के र भैसे टोलहरुमा घरदैलो गर्दै पर्चा तथा सदस्यता बितरण गरेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य नेत्र बुढाथोकी, राष्ट्रिय जनमोर्चा गलकोटका सचिव लाल बहादुर राना, वडा समितिका अध्यक्ष तिल बहादुर गुरुङ सचिव पुर्ण बहादुर खत्री लगायतका टोलीले अभियान अगाडि बढाएको छ ।
टोली नं. ७ ले बडिगाड गाउँपालिका वडा नं. १ दगा हम्मेल, रायमा प्रशिक्षण भेला तथा सदस्यता बितरण गरेको छ । कार्यक्रममा राजमो बागलुङका सदस्य तथा बडिगाड १ का वडा अध्यक्ष बोम बहादुर थापा, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, अखिल छैठौं जिल्ला कोषाध्यक्ष हिरा बहादुर दर्लामी, अखिल छैठौं जिल्ला सदस्य कर्ण बहादुर नेपाली, राष्ट्रिय जनमोर्चा वडा सदस्य बिमला भुजेल, अखिल नेपाल महिला संघ वडा सचिव बिमला दर्लामी, जातीय समता समाजका यम बहादुर नेपाली, वडा नं. २ का पूर्व अध्यक्ष अमर गिरी लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम रमा गिरीको अध्यक्षता, अखिल नेपाल युवक संघ बागलुङका कोषाध्यक्ष अनिल गिरीको सञ्चालनमा सम्पन्न भएको थियो । भेलाले यम बहादुर नेपालीको अध्यक्षतामा राष्ट्रिय जनमोर्चा हम्मेल टोल समिति चयन गरेको छ ।
साथै टोली नं. ८ ले ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङ बजारको हस्पिटल टोलमा घरदैलो सहित पर्चा तथा सदस्यता वितरण गरेको छ । अभियानमा राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार गौरीश्वर पाण्डे, राजमो बागलुङका सदस्य दिपक थापा, धन बहादुर अदै, नगर सदस्य झक प्रसाद श्रेष्ठ लगायत हुनु हुन्थ्यो ।
यता बुर्तिबाङ बजारमा अखिल (छैठौं) ले प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य दुर्गानाथ खरेल, रक्तिम सांस्कृतिक अभियानका गण्डकी प्रदेश सचिव बिमल पाण्डे लगायतले प्रशिक्षण दिनु भएको थियोे ।
यो पनि पढ्नुहोस्ः
बागलुङमा सदस्यता वितरणसँगै संगठन निर्माण र प्रशिक्षण तिब्र