दिनेश रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक खारेजीको माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख अधिकारी सुशील वैधमार्फत राजमोलले आइतबार नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।
राजमो दाङका अध्यक्ष गणेश आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गएको प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको हो । प्रतिनिधि मण्डलमा राजमो जिल्ला कोषाध्यक्ष हरि खरेल, अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, राजमो सदस्य रामप्रसाद पोख्रेल, मनिराम खनाल, हरि बञ्जाडे, खडानन्द खनाल, चन्द्रबहादुर नेपाली, पोषण नेपाली, अखिल नेपाल ट्रेड यूनियन दाङ जिल्ला सचिव कमल पन्थी र भीमकान्त पन्थीलगायत नेताहरु सहभागी हुनुहुन्थ्यो । अध्यक्ष आचार्यले ज्ञापन पत्र पढेर सुनाउनुभएको थियो ।
वर्तमान सरकारले भारतको समर्थन प्राप्त गर्न र आफ्नो सरकारको आयु लम्ब्याउनका लागि नै गैरकानुनी तथा गैरसंसदीय बाटोबाट नागरिकता विधेयक राष्ट्रपतिलाई प्रमाणीकरण गर्न लगाएर नेपालको राष्ट्रिय हित विरुद्ध सौदाबाजी गर्ने कार्य गरेको राजमोको आरोप छ ।
विगतको प्रतिनिधि सभाबाट पास भएर हालका राष्ट्रपतिले प्रमाणीकरण गरेको नयाँ नागरिकता ऐनप्रति राजमोले आपत्ति जनाएको छ।
