काठमाडौं । मिडिया हाउसले कर छुट पाउने भएका छन्। चालू आर्थिक वर्षमा कमाएको आम्दानीको आयकरमा छुट पाउने भएका हुन्।
बजेटसँग सम्बन्धित आर्थिक विधेयकले आय करमा २५ प्रतिशत छुटको व्यवस्था गरेको हो।
Advertisement
आर्थिक विधेयकमा भनिएको छ, ‘मिडिया हाउस सञ्चालन गर्ने व्यक्तिलाई चालू आर्थिक वर्षको व्यवसायिक आयकरमा २५ प्रतिशत छुट हुने छ।’
यो व्यवस्था अनुसार यो वर्ष कमाएको आम्दानीको आयकर पुस मसान्त भित्र बुझाउँदा २५ प्रतिशत छुट हुने छ।