• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बत्ती निभेको घर


  •   शनिबार, जेठ २०, २०८० मा प्रकाशित
  • सावित्रा रेग्मी ##

    Advertisement

    हाम्रो देश नेपालका तीन करोड जनसङ्ख्यामा महिलाहरूको बाहुल्यता छ ।

    महिला र पुरुष एक रथका दुई प्राङ्ग्रा हुन् । यो सत्यलाई हामीले नजरअन्दाज गर्न सक्दैनौँ । समाज वा परिवारमा महिलाको अत्यन्तै कठिन र महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । जुन घरमा नारी हुँदिनन्, त्यो घरमा बत्ति निभेसरी हुन्छ । नारीपुरुषको बिचमा माया, स्नेह, मेलमिलापका साथै प्रेम झल्किन्छ भने आत्मीयताले मायाप्रेमको बत्ति बल्छ । अझ स्पष्ट शब्दमा भन्ने हो भने माया, स्नेह, ममताको एक मात्र प्रतीक हो, सन्तान ।

    निरन्तर विकासका लागि प्रकृतिले सुन्दर मानव समाजको रक्षा वा निर्माणकोे व्यवस्था गरेको छ तर मानव समाजमा राजनैतिक, आर्थिक, सामाजिक व्यवस्थाहरू एकपक्षीय अर्थात् पुरुषप्रधान बन्दै गएकाले त्यो सुन्दर मानव समाज खल्बलिएर नारीमाथि पुरुषप्रधान सोच वा यस प्रकारको विभेदकारी दृष्टिकोणबाट सिङ्गो मानव समाजमाथि नै गम्भीर असर परेको छ ।

    पुरुषसत्ताको दृष्टिकोण आत्मसात नगरिकन पुरुषले महिला अधिकारको बारेमा सोच्नै सक्दैन । हजारौँ वर्षदेखि रहँदै आएको पुरुषसत्ताको कारणले यो समाज विभेदकारी व्यवस्थामा अडेको छ । मानव समाजको पितृसत्तात्मक सोचले पुरुषलाई मालिक र नारीलाई दासीको रूपमा स्थापित गराएको छ ।

    धनी वर्गका महिलादेखि गरिब वर्गका महिलासम्मले पुरुषका क्रुर दमन र उत्पीडन बेहोरिरहनु परेको छ । धनी वर्गमा पनि महिलाहरू पुरुषको अत्याचार, दमन र उत्पीडनमा बाँचिरहनु परेको छ । यस वर्गका अधिकांश महिलाहरू आफ्नो अधिकारको पक्षमा लड्नु वा आवाज उठाउनुको सट्टा घरपरिवारको इज्जत बचाउनको लागि भनेर जस्तोसुकै कष्ट, यातना, दमन सहेर बस्ने, आत्महत्या वा झुन्डिएर आफ्नो जीवन समाप्त पारेका हुन्छन् ।

    आन्दोलन वा परिवर्तनसँगै सामाजिक सुधारले उच्च वर्गका महिलालाई भन्दा गरिब परिवारका महिलालाई केही सहज अवस्था उपलब्ध गराएको छ ।

    समाजमा महिलालाई राजनैतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, प्रशासनिक तथा आर्थिक सबै पक्षबाट अर्थात् चारैतिरबाट चौघेरामा पारेको छ । महिलाको हातखुट्टामा हत्कडी लगाउन पुरुष सत्ता सफल भएको छ । यसरी पुरुष सत्ता टिकाउन पुरुषका लागि यो राम्रो खेल सावित भएको छ ।

    आधा जनसङ्ख्यालाई सम्पूर्ण अधिकारबाट बञ्चित गराई एकलौटी शासन समाल्ने पुरुषप्रधान समाजको पर्दाभित्र नियालेर हेर्ने कोसिस गरौँ त । हजारौँ, लाखौँ नारीहरू हरेक परिवारमा विभिन्न बहानामा नारकीय जीवन बिताउन बाध्य छन् । उनीहरू घरको चारदिवारभित्र आफ््नो जीवन समाप्त पारिरहेका छन् ।

    जबसम्म महिलाहरूले सङ्घर्षको सही दृष्टिकोणको धारमा मानव समाज र राजनैतिक व्यवस्थालाई परिवर्तन गरेर ठिक ठाउँमा ल्याउन सक्दैनौँ, तबसम्म महिलामाथि हुने हजारौँ, लाखौँ विभेदका घटना घटिरहने छन् ।

    पुरुष सत्तापक्षको अन्यायको विरोधमा जनचेतना जगाउनु र सशक्त आन्दोलनमा उत्रन अहिलेको आवश्यक हो । जबसम्म सचेत महिलाहरू आफ्नो अधिकारको लागि सङ्घर्षमा उत्रिदैनौँ, तबसम्म लाखौँ महिलाहरूले पुरुषप्रधान सत्ताभित्र नारकीय जीवन बिताउन बाध्य भइरहनुपर्ने छ ।

    टाठोबाठो पुरुषप्रधान सत्ताले बनाएको नियम, कानुन तथा कुरीति, संस्कार विरुद्धमा तमाम नारीहरू अधिकारका लागि समाजमा जनचेतना जगाउनु, त्यसका साथै सम्पूर्ण महिलाकर्मीहरू सशस्त्र आन्दोलनमा उत्रनु अत्यन्तै आवश्यक छ किनकि अधिकार मागेर पाइँदैन । सङ्घर्षबाट मात्र प्राप्त हुन्छ ।

    शनिबार, जेठ २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.