हेटौँडा । बागमती प्रदेश सभाले भारतीय हेपाहा प्रवृत्तिविरुद्ध संकल्प प्रस्ताव पारित गरेको छ । भारतको नवनिर्मित संसद भवनमा नेपाली भूभाग समेटेर नक्सा राखिएको भन्दै बुधबार प्रदेश सभा अवरुद्ध भयो ।
Advertisement
सो नक्साको विरोध गर्दै नेकपा एमालेका सचेतक मधुसूदन पौडेलले सभामा पेश गरेको संकल्प प्रस्ताव बहुमतले पारित भएको हो। संकल्प प्रस्ताव पारित भएपछि विरोधस्वरुप बैठक स्थगित भएको हो ।