काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानीमा रहेको फेरिल्याण्ड इन्टरनेसनल स्कुलले अभिभावक सचेतना कार्यक्रम गरेको छ ।
प्ले ग्रुपदेखि कक्षा तीनसम्म अध्ययनरत विद्यार्थीका अभिभावक सम्मिलित सचेतना कार्यक्रममा तपस नेपालका अमिस पौडेलले आफ्नो प्रस्तुती दिनुभएको थियो ।
उहाँले विद्यार्थीको चौतर्फी विकासका लागि अभिभावक र विद्यालयबीचको सम्बन्ध सुमधुर हुनुपर्ने स्पष्ट पार्दै सञ्चारको महत्वबारे पनि प्रकाश पार्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले विद्यालय, अभिभावक तथा शिक्षक शिक्षिकाबीचको समधुर सम्बन्धले मात्र बाबु नानीहरूको पढाइमा सुधार हुने बताउँदै घर तथा विद्यालयले संस्कार र संस्कृतिको ज्ञान सही तरिकाले दिनु पर्नेमा जोड दिनुभयो ।
यस्तै, विद्यालयका निर्देशकद्वय राम गौतम र विनोद अधिकारीले शिक्षक, अभिभावक र विद्यालयबीचको सम्बन्धबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रममा उपस्थित अभिभावकहरुले विद्यालयले सञ्चालन गरिरहेका शैक्षिक तथा विविध गतिविधिबारे जिज्ञासा राखेका थिए ।

