नवलपरासी । राष्ट्रिय जनमोर्चा नवलपरासीले अमेरिकी साम्राज्यवादी हस्तक्षेपविरुद्ध जिल्लाब्यापी अभियान सञ्चालन गरेको छ । जेठ १३ र १४ गते राजमोले जिल्लाका विभिन्न स्थानमा कोणसभालगायतका कार्यक्रम गरेको हो ।
शनिबार भूमही बजारबाट शुरू भएको अभियान भुताहा, बर्दघाट, बाढीपीडित, मोतिबस्ति, चौपत्ता, कुकुरमारा र बरूवामा कोणसभा सम्पन्न गरिएको राजमो नवलपरासीले जनाएको छ ।

यस्तै, आज रूपौलिया, छिबनी, महलबारी, गोपिगंज, भटौलीया, पटखौली, घिउडल्लामा कोणसभा गरी परासी बजारस्थित बुद्ध चोकमा अभियानको समापन गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदी, जिल्ला अध्यक्ष किसनबहादुर अधिकारी, सचिव ढुण्डिराज पोखरेल, सल्लाहकार रेम राना, उत्तमराज खरेल, नेपाल कम्यूनिष्ट पार्टी (मसाल) जिल्ला प्रवक्ता धनपति सापकोटा, राजमो जिल्ला सदस्य शोभाकान्त लामिछाने, चुरामणि चालिसे लगायत वक्ताहरुले सम्बोधन गर्नु भएको थियो।
