काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले छ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित नि:शुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ ।
परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ स्थानीय तहका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुविधा र निर्वाह भत्तासहित छ सय ४० जना विद्यार्थीलाई नि:शुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको परिषद्का सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ९९ स्थानीय तहका ८० जनालाई तीनवर्षे डिप्लोमा तथा विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई १८ महिने प्रिडिप्लोमा तहमा एक सय ६० जना र तीन वर्षे डिप्लोमा/प्रमाणपत्र तहमा चार सय जनालाई विशेष छात्रवृत्ति कार्यक्रमअन्तर्गत अध्ययन गराइँदै छ ।
उहाँले ती विद्यार्थीलाई निर्वाह भत्ताबापत् मासिक रु तीन हजार पाँच सय, यातायात खर्चबापत प्रतिवर्ष रु एक हजार पाँच सय र पोसाक खर्चबापत प्रतिवर्ष रु दुई हजार पाँच सयसमेत उपलब्ध गराइने छ ।
असी विद्यार्थीलाई तीनवर्षे बालिविज्ञान (डिप्लोमा इन एग्रिकल्चर) र डिप्लोमा इन होटल म्यानेजमेन्ट विषय नि:शुल्क पठनपाठन गर्दै छन् । डिप्लो इन एग्रिकल्चर श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय भोजपुर र डिप्लोमा इन होटल म्यानेजमेन्ट नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बनेपामा पढिरहेको उहाँले जानकारी दिनुभयो ।
अठार महिने प्रिडिप्लोमा एग्रिकल्चर, फरेस्ट्री, अटोमोबाइल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ विषय अध्ययन गराइन्छ ।
त्यस्तै, तीनवर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ, बालिविज्ञान, जियोमेटिक्स इन्जिनियरिङ, बायोमेडिकल इन्जिनियरिङ, सिभिल, स्पेसलाइजेसन इन हाइड्रोपावर इन्जिनियरिङ, रेफ्रिजिरेसन एन्ड एयर कन्डिसनिङ इन्जिनियरिङ, मेडिसिनल एन्ड एरोमेटिक्स प्लान्ट, पशुविज्ञान र सिभिल इन्जिनियरिङ विषय अध्ययन गराइन्छ । (रासस)