• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमो दाङको पाचौँ जिल्ला सम्मेलन सुरु, जनआन्दोलनका घाइते र ज्येष्ठ सदस्य सम्मानित


  •   शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।
    राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको पाचौँ जिल्ला सम्मेलन सुरु भएको छ । पार्टीका महासचिव मनोज भट्टले दीप प्रज्ज्वलन गरेर सम्मेलनको उद्घाटन गर्नु भयो।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भट्टले अहिले देशको स्थिति नाजुक अवस्थामा पुगेको र यसको जिम्मेवार राज्य सञ्चालन गरिरहेका कांग्रेस, एमाले माओवादी, र मधेसवादी दलहरु रहेको आरोप लगाउनु भयो।

    उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाको नाम सार्वजनिक भएपनि १७ जना मात्रै प्रहरीको नियन्त्रण रहेको र अरू सबै फरार गराइएको हुँदा तत्काल नियन्त्रणमा लिई दोषीलाई कानुनको कठघरामा ल्याउन माग गर्नु भयो।

    उहाँले नक्कली भुटानी शरणार्थी प्रकरण अमेरिकाको दबाबपछि मात्रै अनुसन्धान सुरु भएको बताउनुभयो ।

    महासचिव भट्टले भन्नुभयो, ‘अमेरिकी गुप्तचर संस्था सीआईएले नक्कली भुटानी शरणार्थी प्रकरणको देशभित्रै प्रवेश गरेर गहिरो अध्ययन पश्चात उसले दिएको रिपोर्टका आधारमा यो काण्ड सार्वजनिक भएको राजनीतिक विश्लेषकहरुले बताएका छन्। यो प्रकरणमा पूर्वगृहमन्त्री, उपप्रधानमन्त्री र राज्यको ब्युरोक्रेसीमा रहेका उच्चपदस्थ सचिव, राजनीतिक दलका शिर्ष नेताहरुका परिवारका सदस्य र नातागोता समेत संलग्न भएको खतरनाक चित्रण प्रस्तूत छ ।’

    तर ति दोषीहरुलाई हदैसम्मको कारबाही गर्न राज्य कतिको संवेदनशील बन्छ यो हेर्न बाँकी रहेको भन्दै महासचिव भट्टले यस प्रकारका राष्ट्रघाती काण्डमा दोषीलाई सजाय गर्न विगतमा राज्य चुकेको हुँदा कारबाही अगाडि बढ्नेमा आशंका व्यक्त गर्नु भयो।

    कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्वकेन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता भरत भण्डारी, राजमो केन्द्रीय सदस्य कमला जिसी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष चित्र एमसी, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का जिल्ला अध्यक्ष हरिबहादुर थापा, जातीय समतासमाज दाङका अध्यक्ष सूर्यलाल नेपाली, अखिल नेपाल शिक्षक संघका अध्यक्ष रुमाल प्रसाद बस्याल, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कोषाध्यक्ष्म अनन्त आचार्यले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

    यस्तै, सम्मेलन सफताको शुभकामना दिनेहरुमा अखिल (छैठौं)का जिल्ला सचिव दिनेश रैदास, अखिल नेपाल बुद्धिजिवी संघका अध्यक्ष चुनचुन केसी, अखिल नेपाल उद्योग व्यापार संघ दाङका कार्यवाहक अध्यक्ष ताराप्रसाद खनाल, प्रगतिशील पत्रकार संघ नेपाल जिल्ला सदस्य बलदेव विक, अखिल नेपाल प्रगतिशील लेखक संघका मनिराम खनाल, अखिल नेपाल महिला संघ जिल्ला सदस्य हीरा खनाल, सहिद परिवारको तर्फबाट ङनुकान्त आचार्य लगायत हुनुहुन्थ्यो ।

    उद्घाटन समारोहमा पार्टीका जेष्ठ सदस्य बुद्धिराम खड्का, ढुण्डीराज खनाल, प्रेमलाल पोख्रेल र १९ दिने जनआन्दोलनका घाइते खगाप्रसाद पोख्रेललाई महासचिव भट्टले अबिर लगाई खादा ओढाएर सम्मान गर्नु भएको थियो।

    राजमो जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको सम्मेलनको सञ्चालन जिल्ला सचिव वसन्तराज पौडेलले गर्नुभएको थियो भने स्वागत जिल्ला उपाध्यक्ष महेश रिजालले गर्नुभएको थियो ।

    आजै बन्दसत्र शुरु भइसकेको छ। शनिबारसम्म चल्ने बन्दसत्रले संगठनको प्रतिवेदनमाथि छलफल हुने र नयाँ नेतृत्व चयन गर्ने आयोजकले जानकारी दिएका छन् ।

    शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.