• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाह पश्चिम भारत क्षेत्रीय अध्यक्षमा वेदबहादुर कार्की


  •   शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
  • वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिको छैठौं सम्मेलन सम्पन्न भएको छ ।
    सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले गर्नुभएको थियो । शर्माले उद्घाटन मन्तव्यमा राष्ट्रलाई साँचो माया गर्ने र सेवा गर्ने व्यक्तिहरुको देशमा खाँचो भएको बताउनु भयो ।

    Advertisement

    ‘देशमा अहिले अमेरिकी साम्राज्यवाद तथा प्रतिगामी तत्वहरुको अघोषित एकताले गणतन्त्र, संविधान र धर्मनिरपेक्षता खतरामा परेको छ’ शर्माले भन्नु भयो, ‘देशीय तथा विदेशी शक्तिहरुबाट राष्ट्र र राष्ट्रियता माथि नै खतरा पैदा भएकोले विगतको तुलनामा वर्तमानमा राष्ट्रलाई साँचो माया गर्ने र सेवा गर्ने व्यक्तिहरुको खाँचो झनै बढेर गएको छ ।’

    नेपालमा चल्ने हरेक राजनीतिक आन्दोलनहरुलाई प्रवासी नेपालीहरुको विगतमा धेरै योगदान रहँदै आएको चर्चा गर्दै उहाँले वर्तमानमा पनि त्यो योगदानको आवश्यकता रहेको स्पष्ट पार्नुभयो ।

    शर्माले अगाडि भन्नुभयो, ‘नेपालमा गणतन्त्र, संविधान र धर्मनिरपेक्षता जस्ता कैयौं परिवर्तनहरुमा प्रवासी नेपालीहरुको अतुलनीय योगदान रहेता पनि देशका ठूला राजनीतिक दलहरुका महत्वाकांक्षी प्रवृत्तीका कारण परिवर्तनहरुको संरक्षण हुन सकिरहेको छैन ।’

    वेदबहादुर कार्कीको अध्यक्षता र ध्रुव न्यौपानेको सञ्चालनबाट अगाडि बढेको सो उद्घाटन समारोहमा कृष्ण कुँवरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल, केन्द्रीय सचिवालय सदस्य धनवीर पुन, केन्द्रीय सदस्य गोविन्द थापा, रमकला काउछा, श्रीधर शर्मा, केन्द्रीय सल्लाहकार मोहन वस्नेत, साँस्कृतिक विभागबाट हरिसिंह काउछा, जनजाति विभागबाट प्रविण सिंह काउछा, महिला विभागबाट विना काउछा लगायतको आतित्थ्यता रहेको थियो ।

    दोश्रो दिन सम्पन्न घोषणा सभाको अध्यक्षता सुरेन्द्र रानाले र सञ्चालन मोहन बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा प्रविण सिंह काउछाले स्वागत गर्नुभएको थियो । रक्तिमका कलाकारहरुले गीत तथा संगीतद्वारा सहभागीहरुलाई स्वागत गरेका थिए ।

    सम्मेलनले वेदबहादुर कार्कीको अध्यक्षतामा ३३ पूर्ण ११ वैकल्पिक र ११ सल्लाहकार गरी ५५ सदस्यीय पश्चिम भारत क्षेत्रीय समिति चयन गरेको छ । जसमा उपाध्यक्ष बाबुराम दहित, सचिव कृष्ण कुँवर, सहसचिव हरिसिंह काउछा र कोषाध्यक्षमा हरिकुमार गिरी रहनुभएको छ ।

    त्यस्तै सदस्यहरुमा क्रमशः ध्रुव न्यौपाने, प्रविण सिंह काउछा, गनबहादुर राना, धमेन्द्र लामा, निखिल रावत, सविना कुँवर, पूर्ण विक, प्रकाश जनाला, शेरबहादुर विक, शेरबहादुर आउजी, विष्णुमाया शर्मा, शोभा धामी, भुवन धामी, देवेन्द्र रावल, सुरेन्द्र राना, मानबहादुर थापा, गणेश चन्द, रविन्द्र विष्ट, टेकबहादुर वर्मा, रोहित शाह, प्रेम चलाउने, चन्द्र विक, जीतु ठकुल्ला, दानबहादुर मगर, यमबहादुर तरामी, जगत जोशी, सविन चौधरी, वैकल्पिक सदस्यमा नगेन्द्र गुरुङ, किशोर ताम्राकार, चानस विष्ट, प्रेम कार्की, उपेन्द्र बुढाथोकी, दुर्गा राना, गोपाल बस्याल, दिपेश लिम्बु, विकास परियार र मानबहादुर शाही रहनुभएको छ ।

    त्यस्तै सम्मेलनले बिना काउछा, चेतनाथ ढकाल, दिनेश गिरी, देवराज जोशी, विनबहादुर रेग्मी, आशाराम चौधरी, निरज थापा, विनोद उपाध्याय र नविन शर्मालाई सल्लाहकार चयन गरिएको छ। पूर्ण एक, वैकल्पिक एक र सल्लाहकारमा दुई स्थान रिक्त राखिएको छ। नयाँ समितिको घोषणा केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले गर्नुभएको थियो।

    त्यस्तै विष्णुमाया शर्माको संयोजकत्वमा ३१ सदस्यीय महिला क्षेत्रीय विभाग पनि चयन गरिएको छ। जसको घोषणा मूल प्रवाहका केन्द्रीय सदस्य रमकला काउछाले गर्नुभएको थियो।

    घोषणा सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल, केन्द्रीय सचिवालय सदस्य धनवीर पुन, केन्द्रीय सदस्य गोविन्द थापा, रमकला काउछा, श्रीधर शर्मा, श्याम त्रामु, टंक कुँवर, केन्द्रीय साँस्कृतिक विभागबाट वोम सिंजापति, महिला मध्य पश्चिम भारत क्षेत्रीय विभागकी संयोजक रेणुका कुँवर लगायतको आतित्थ्यता रहेको थियो।

    नवनिर्वाचित समितिलाई जनकराज शर्मा, ठाकुर खनाल, गोविन्दबहादुर थापा, श्याम त्रामु, बोम सिंजापति र रेणुका कुँवरले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

    रक्तिमका कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

     

    शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.