• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

अमेरिकी साम्राज्यवाद विरुद्ध राष्ट्रिय जनमोर्चाको मेची–महाकाली अभियान


  •   शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
  • भीष्म जोशी ##
    नेकपा (मसाल) को वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले यही २०८० जेठ १ देखि १५ गतेसम्म यो उखरमाउलो गर्मीका माझ जनताका बिचमा ‘अमेरिकी साम्राज्यवाद विरुद्ध मेची–महाकाली अभियान” सञ्चालन गरिरहेको छ । यो अभियान जेठ १ गते पश्चिम कञ्चनपुर र बाग्गलुङ गरी दुई ठाउँबाट सँगै उद्घाटन भई नेपालका आधाभन्दा बढी जिल्ला र लाखौँ देशभक्त जनतालाई जगाउँदै जेठ १५ गते बुटवल र काठमाडौँमा समापन हुँदै छ ।

    Advertisement

    यो अभियान कति महत्त्वपूर्ण र दूरगामी छ भन्ने कुरा आज यो अभियान प्रत्यक्ष हेर्दै गरेका जनताले भोलिको दिनमा आफै थाहा पाउने छन् । जसरी राष्ट्रिय जनमोर्चाले २०६५ वैशाखमा गरेको सङ्घीयता विरुद्धको काठमाडौँकेन्द्रित आन्दोलन, जातीय सङ्घीयताका विरुद्ध २०७० भदौ–असोजमा सञ्चालित अभियान आदि अभियान आज राजनैतिक इतिहास रच्न सफल भएका छन् भने देशलाई जातीय द्वन्द्वमा जानबाट जोगाएका छन् ।

    आज देशका अगाडि हिजोभन्दा खतरनाक परिस्थिति आइलागेको छ । त्यो हो : शक्तिराष्ट्रहरू अमेरिका र भारतको छद्म हस्तक्षेप र सूक्ष्म व्यवस्थापन । नेपालमा भारतको हस्तक्षेप सधैँ थियो भने नयाँ अमेरिकी हस्तक्षेप थपिएको छ । यो लेखमा अमेरिकाले कसरी हस्तक्षेप अगाडि बढाइरहेको छ र यो कसरी हुँदै छ भन्नेबारेमा छोटोमा प्रकाश पारिँदै छ ।

    नेकपा (मसाल) ले त प्रस्ट भनेको छ : रविको कथित स्वतन्त्र पार्टी अमेरिकी साम्राज्यवादद्वारा सञ्चालित पार्टी हो । अब अन्य पार्टीमा रहेका अमेरिकी दलालहरू पनि यसै पार्टीमा समाहित हुने छन् ।

    आज नेपालमा अधिकांश पलायनवादी सोच भएकाले जिउँदो स्वर्ग भनेर अमेरिकालाई नेपालमा प्रचारित गरिरहेका छन् । अमेरिका एक मात्र सपनाको देश भनिँदै छ । सक्ने नेपालीले वैध बाटोबाट र नसक्नेले पनि लाखौँ खर्च गरेर मेक्सिकोको जङ्गल भएरै पनि अवैध बाटो प्रयोग गरी अमेरिका प्रवेश गरिरहेका समाचार दैनिक सुनिन्छन् । अहिलेको चर्चित नक्कली भुटानी शरणार्थी प्रकरण (नेपालीहरू भुटानी शरणार्थी बनी अमेरिका जान खोज्नु), अमेरिकी डिभी चिट्ठा खुल्दाको स्वर्गको द्वार खुलेको भान हुने गरी नेपालमा त्यति बेला हुने प्रचार र त्यसका लागि नेपालीले भर्ने फारम आदि अमेरिकी स्वार्थ पूरा गराउन नेपालमा अमेरिकालाई स्वर्ग हो भनेर प्रचार गरेका तथ्य र जनमानसमा भ्रम फैलाइएकाले नेपाली समाजमा परेका प्रभावका तथ्य हुन् ।

    अर्कोतिर, वर्षौंदेखि क्रिस्चियन मिसिनरीमार्फत् सञ्चालित अमेरिकी एनजिओ र आइएनजिओले नेपालमा वर्षौं पहिलेदेखि धर्मान्तरण गराइरहेको अर्को तथ्य हो । २०६८ को जनगणनामा १.४ प्रतिशत क्रिस्चियन धर्मावलम्बीको जनसङ्ख्या हाल २०७८ को जनगणाअनुसार व्यापक बढेको छ भने विकट गाउँ गाउँमा खुलेका चर्च यसका उदाहरण हुन् । यस्समा थप पुष्टि हालसालै अमेरिकी विदेश मन्त्रालयले “अन्तर्राष्ट्रिय धार्मिक प्रतिवेदन–२०२२” सार्वजनिक गरेर गरेको देखिन्छ । उसले नेपालको पशुपति क्षेत्रमा अरू धर्मावलम्बीका मरेका लाशको सद्गत गर्न दिइनु तर इसाई धर्मावलम्बीलाई त्यो क्षेत्रमा लास गाड्न नदिनु नेपालले इसाईप्रति विभेद गरिरहेको छ भनेको छ । यो कति खतरनाक छ ? यो सबैले सजिलै बुझ्न सकिने कुरा हो : अमेरिका गरिब नेपालीलाई धर्मान्तरण गराउन कसरी योजनाबद्ध रूपले लागेको छ ?
    अर्को एम.सी.सी. परियोजनाको बारेमा त भन्नै परेन, यो उसको आई.पी.एस. को आर्थिक पाटो हो भनेर । यो सामान्य रूपले भन्दा वार्षिक ११ अर्ब रुपैयाँ पाइने विकास परियोजना हो । नेपालमा यसको यस्तो प्रचार गरियो कि मानौँ यो परियोजना आएन भने त नेपालको घर घरमा पाइने रोजगारी नै बन्द हुने छ† बर्बाद पार्ने भए नेताहरूले बल्ल एम.सी.सी. आएर घर घरमा रोजगारी दिँदै थियो तर यसको विरोध गर्नेहरूले बिगारे बा ¤ एम.सी.सी. पासै हुन दिन्नन् कि ?

    नेपालको सदनले एम.सी.सी. पास गर्‍यो । यो पास भएको एक वर्ष बढी भइसक्यो । पाए त, एक घर, एक रोजगारी ? के के गरिँदै छ र हुँदै छ, एम.सी.सी. का कारण बरु त्यो खोज्नुहोस त ? जबकि आज हामीलाई दिगो विकासका लक्ष्य सन् २०३० सम्म पूरा गर्न मात्रै वार्षिक ११ खर्बभन्दा बढी विकास रकम चाहिन्छ । त्यसपछि मात्र बल्ल हामी गरिबीको रेखामुनिको देशबाट बाहिर निस्किन्छौँ । कल्पना गरौँ त कहाँको ११ अर्ब अनि कहाँको ११ खर्ब ? भन्न खोजेको यो अमेरिकी विकास परियोजना मात्रै थिएन, त्यसैले यसलाई संसद्बाट पास गर्रो भयो । यसलाई व्यापक प्रचार प्रसार गराई अन्त्यमा पास गराइयो । यो नेपालमा उसका थुप्रै स्वार्थ पूरा गराउने एक रणनीतिक योजना थियो र हो ।
    यसपछि आएको एस.पी.पी. (स्टेट पार्टनरसिप) अर्को फन्डा थियो ।

    आज चारैतिर देशलाई गाली गर्ने, देशनिर्माणका लागि योगदान दिएकाप्रति घृणा उत्पन्न गराउने र देशलाई गाली गर्नेको जमात ठुलो छ । यस्तो हुनु दुर्भाग्य हो । यसका लागि राज्य जिम्मेवार ठहर्छ नै किनकि नागरिक चेतना वृद्धि गराउनु उसको पहिलो दायित्व हो ।

    अर्को कुरा, नेपालको इतिहासमै दल खुलेको पाँच महिना नबित्दै एउटा दल नेपालको विशाल दल बन्न पुगेको छ । त्यस दलका सभापतिको अमेरिकाप्रतिको मोह र उनको अमेरिकी नागरिकता प्रकरण, जसका कारण चितवन–२ मा पुन: निर्वाचन हुन पुग्यो ।

    उनले पत्रकार सम्मेलनमा भनेको कुरा झल्झली सम्झिँदै छु : “यार तिमीहरू पटक पटक आवेदन दिएर पनि अमेरिकाको भिसा नपाएर नै नेपालमा बसिरहेका छौ । म त नेपालमा केही गर्छु भनेर अमेरिकी नागरिकता त्यागेर आएको मान्छे हुँ । कम अन यार, कम अन” (गृहमन्त्रीबाट पदमुक्त भएपछि रवि लामिछानेले पत्रकारमार्फत दिएको अभिव्यक्ति)।

    कति खतरनाक छ यो भनाइ ? के उनको यही हो त राष्ट्रप्रेम ।

    नेकपा (मसाल) ले त प्रस्ट भनेको छ : रविको कथित स्वतन्त्र पार्टी अमेरिकी साम्राज्यवादद्वारा सञ्चालित पार्टी हो । अब अन्य पार्टीमा रहेका अमेरिकी दलालहरू पनि यसै पार्टीमा समाहित हुने छन् ।

    शिरमाथि देश, अनि मुटुभित्र देशको नागरिकता राखेको एक स्वाभिमानी नागरिकले आफ्नो देशको नागरिकता केवल एक कौडी पैसा पाउने नाममा देशकै नागरिकता त्याग्न तयार हुन्छ त ? सम्भव छ यो ? नेपालको नागरिक बन्न कति धेरै त्याग तपस्या गर्नुपर्छ ? एडमन्ड हिलारी, सगरमाथामा प्रथम पाइला टेक्ने मानव† उनले नेपालको सम्मानार्थ नागरिकता पाएका थिए† उनीबाट सिक्नुपर्छ ।

    आज नेपाली नागरिक हुन पाउनु विश्वकै उत्कृष्ट नागरिक हुनु हो । नेपालको संविधानले आफ्ना नागरिकका लागि अधिकतम मौलिक हकको व्यवस्था गरेको छ । नागरिकता राष्ट्र र राज्यले दिने सबैभन्दा ठुलो पुरस्कार र सम्मान हो । यस्तो वैभवशाली र गौरवमय देशको नागरिक हुन पाउनु आफैमा एउटा अपार सम्मान हो तर क्षणिक भौतिक धनपैसाको लोभमा मात्र देशको नागरिकता त्याग्ने अवस्थासम्म पुग्नु र पुर्‍याउनु दुवै घातक कुरा हो ।

    नेपाल आज अरू देशको तुलनामा एसियाकै उत्कृष्ट लोकतन्त्र र राजनैतिक अधिकार भएको मुलुक हो । हामीले हाम्रो लोकतन्त्रलाई एउटा संस्कारको रूपमा विकसित गर्न सक्नुपर्दछ । यसका लागि सबैभन्दा पहिलो कुरा राष्ट्रिय भावनाको विकास हुन जरुरी छ । प्रत्येक नागरिकमा राज्यले के दियो होइन ? मैले मेरो देश, समाजलाई के दिन सक्छु भन्ने भावना विकसित हुन जरुरी छ । यसका लागि पुरातन सामन्ती संस्कृतिको अन्त्य गरी नयाँ श्रमसंस्कृतिको विकास हुन जरुरी छ ।

    आज देशमा साना कलिला बालबालिकालाई समेत ‘बाबु/नानी ! तिमी यस्तो खत्तम देशमा जन्मियौ’ भन्ने भावना विकसित गराइयो । यसको जिम्मा कसले लिने ? यतिसम्मकि अधिकांश बोर्डिंङ स्कुलका नामसमेत विदेशी नै छन् ।

    आज चारैतिर देशलाई गाली गर्ने, देशनिर्माणका लागि योगदान दिएकाप्रति घृणा उत्पन्न गराउने र देशलाई गाली गर्नेको जमात ठुलो छ । यस्तो हुनु दुर्भाग्य हो । यसका लागि राज्य जिम्मेवार ठहर्छ नै किनकि नागरिक चेतना वृद्धि गराउनु उसको पहिलो दायित्व हो ।

    आज देशका विश्वसनीय संस्थाका पदाधिकारी नै आफ्ना नागरिकलाई भुटानी नागरिक बनाउन कसरी पुगे ? यसको परिणाम के होला ? कहाँ गयो हाम्रो राष्ट्रभक्तिको भावना ? किन पैसाका लागि जुनसुकै हर्कत गर्न पनि जुनसुकै पोस्टमा रहेका पदाधिकारी पनि बाँकी रहेनन् । कसरी यी राष्ट्रविरोधीहरू राज्यसंयन्त्रमा हावी भए गम्भीर प्रश्न हो यो ? किन यति धेरै बैदेसिक हस्तक्षेप निम्त्याइयो । आज यो घटनासँग पनि प्रत्यक्ष/अप्रत्यक्ष रूपले अमेरिका नै जोडिन पुग्नु संयोग या सुनियोजित के हो ? आश्चर्य छ ? तर सुरक्षाविदले यो घटना अमेरिकाले नै बाहिर ल्याएको हो भन्दै छन् ।

    आज देशमा साना कलिला बालबालिकालाई समेत ‘बाबु/नानी ! तिमी यस्तो खत्तम देशमा जन्मियौ’ भन्ने भावना विकसित गराइयो । यसको जिम्मा कसले लिने ? यतिसम्मकि अधिकांश बोर्डिंङ स्कुलका नामसमेत विदेशी नै छन् ।

    युवालाई देश छोड्न बाध्य कसले बनायो । के यसको जवाफ दिनु राज्यको दायित्वभित्र पर्दैन ? आज विदेश पलायन हुने नीतिलाई प्रश्रय दिने को को हुन ? अब राज्यले खोज्ने दिन आएन ? देशमा गणतन्त्र आइसकेपछि पनि जनताका सामान्य आवश्यकता पूरा गर्न सोबमोजिमका नीतिकानुन नबनाउने को को हुन् ? जनताले यो कुरा नखोज्ने ? यसरी देशलाई पूरै खोक्रो बनाएर स्वर्गीय आनन्द लिइराख्ने र जनतालाई आर्थिक रूपले निसासिँदो वातावरणमा बाँच्न बाध्य कसले बनायो ? अब खोज्ने बेला आएन ?

    आज जनताका आर्थिक समस्या ज्युँका त्युँ छन् । पैसा कमाउन भनी विदेश जाने बेला दुई लाखमा बेचेको घरजग्गा आज पाँच वर्षपछि पैसा कमाएर नेपाल फर्किँदा त्यही आफ्नो बेचेको जग्गा पुन: किन्न खोज्दा महङ्गीले किन्न नसकिने कसले बनायो ? यस्तो आर्थिक खाडलको निर्माण गर्ने को हो ?

    गाउँघरतिर सामान्य उपचार गर्न अस्पताल छैनन् । भए पनि डाक्टर हुँदैनन् । सहरमा अस्पताल गयो, भएको सारा सम्पत्ति बेचेर पनि उपचार गर्न सकिन्छ/सकिँदैन ।

    यस्तो परिस्थिति कसले निर्माण गरायो ? देश यस्तो विषम परिस्थतिमा छ । जनताका दैनिन्दिनका समस्या झन् विकराल भएको मौका छोपी यसमा राष्ट्रविरोधी देशीविदेशी शक्तिहरू नेपाललाई झन् डरलाग्दो अवस्थामा पुर्‍याउन लागिपरेका छन् ।

    यसको एउटा पाटो हो– अमेरिकी साम्राज्यवादद्वारा नेपालमा गरिएको माइक्रो म्यानेजमेन्ट तहसम्मको हस्तक्षेप । यसका विरुद्ध नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले जनसमक्ष घनघोर आन्दोलनको शङ्खघोष गरेको छ किनकि यो लामो र कठिन आन्दोलन हो । यसमा जनमोर्चाले जनतालाई सचेत गराउँदै हिँडेको छ तर अर्कोपट्टि नेपालमा ज्युँदो स्वर्ग भनी प्रचार गरिएको अमेरिका स्वयम् साम्राज्यवादी दम्भबाट उन्मत्त छ ।

    यतिखेर अमेरिकासँग हतियार बिक्रीबाहेक उसको आफ्नो भन्ने केही छैन । अरू उत्पादन छैन भन्दा हुन्छ । पुँजीवादको चरम रूप साम्राज्यवाद हुनाले पैसाबाहेक अरू केही सोच्दै सोच्दैन उसले । ऊसित सैनिक शक्तिबाहेक अरू केही छैन ।

    लेनिनले भनेअनुसार पुँजीवाद साम्राज्यवादमा पुगेर समाप्त हुन्छ र नयाँ व्यवस्था समाजवादको दिशामा अघि बढ्छ । आज अमेरिका मात्र होइन, विश्व साम्राज्यवादले आफ्नो पतनको दिशा समात्दै छ ।

    यतिखेर अमेरिकासँग हतियार बिक्रीबाहेक उसको आफ्नो भन्ने केही छैन । अरू उत्पादन छैन भन्दा हुन्छ । पुँजीवादको चरम रूप साम्राज्यवाद हुनाले पैसाबाहेक अरू केही सोच्दै सोच्दैन उसले । ऊसित सैनिक शक्तिबाहेक अरू केही छैन । पेट्रोलियम पदार्थ उत्पादन गर्ने अधिकांश मुलुकमा उसको कव्जा छ । ऊ आज अमेरिकाभित्रै कति कमजोर भएको छ भने दैनिक हुने मास किलिङ (हत्या) बाट पीडित छ । जातीय विभेद चरम छ । अशिक्षा, बेरोजगारी, घरबारविहीन लाखौँको सङ्ख्यामा सडकमा सुत्न बाध्य छन् । ऊ आन्तरिक र बाह्य राष्ट्रिय ऋणले थिलथिलो भएको छ । बैङ्क टाट पल्टिरहेका छन् तर ऊ विश्वमै लोकतन्त्रका नाममा मनलाग्दी र अन्यायपूर्वक शासन गरिरहेको छ ।
    नेपालको अमेरिका असल मित्रराष्ट्र थियो । नेपाल–अमेरिका सम्बन्ध राम्रो थियो तर पछिल्लो समयमा अमेरिकाले आफ्नो साम्राज्यवादी हर्कत देखाउन थालेको छ । यो देशभक्त, स्वाभिमानी नेपालीले यसको विरोध गर्दछन् र असल मित्रराष्ट्रको हैसियतमै बस्न चेतावनी दिन चाहन्छन् ।
    हामीलाई हाम्रो यो वैभवशाली राष्ट्र जस्तोसुकै होस्, हामी हाम्रो देशलाई स्वतन्त्र र स्वाभिमान बनाइरहन्छौँ । हामीले कठिन सङ्घर्ष गरेर लोकतन्त्र ल्यायौँ । अब हामी आर्थिक लोकतन्त्रका लागि आफै कठिन सङ्घर्ष गर्छौं । त्यो तागत हामीभित्र निहित छ । हाम्रो देशलाई विभिन्न बहानामा आफ्ना चाटुकारको उपयोग गरी जसलाई पनि जेसुकै गर्न दिइने छैन । नेपाली जनताले त्यो गर्न दिने छैनन् ।

    के नेपाल आज चीनको भौगिलिक छिमेकी हुनु मात्र यसको दोष हो र ? जसरी अमेरिकाले अफगानिस्तानमा टेकेर अफगानिस्तान र रसिया दुवैलाई ध्वस्त बनायो, त्यसै गरी अमेरिकाको ‘नेपालमा टेक्ने र चीन घेर्ने’ नीति नेपाल र नेपालीले कदापि स्वीकार्ने छैनन् । हामी हाम्रो प्यारो मातृभूमि नेपाललाई कसैको स्वार्थ पूरा गराउने नाममा ध्वस्त हुन दिँदैनौँ ।

    यसै सन्दर्भमा आफ्नो प्रिय मातृभूमि जोगाउन अमेरिकी साम्राज्यवाद विरुद्ध ऐतिहासिक मेची–मकाली अभियान देशव्यापी रूपमा राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको छ । त्यसको समर्थन गर्दै र गर्नहुन आम जनतालाई सचेत हुनसमेत आग्रह गर्दछौँ । त्यसमा एउटा सचेत नेपाली नागरिक हुनुको नाताले हाम्रो राष्ट्रको रक्षार्थ, राष्ट्रप्रतिको निस्काम कर्तव्य हेतु त्यो अभियानलाई हामी सलाम गर्दछौँ ।

    शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.