• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

किसान महिला आन्दोलन : एक टुटेको कडी


  •   बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
  • भैरवराज रेग्मी ##

    Advertisement

    १. महिलामुक्तिबारे राजनैतिक र दार्शनिक क्षेत्रबाट धेरै अनुसन्धान र विश्लेषण हुँदै आएको छ । महिलामाथि पुरुष समाजले गरेको विभेद विकसित, विकासोन्मुख, अल्पविकसित मुलुकहरू कुनैमा पनि मूल रूपमा हट्न सकेको छैन : चाहे त्यो अमेरिका, युरोप, रुस, चीन नै होस् वा ल्याटिन अमेरिका, अफ्रिकन राष्ट्र दक्षिण एसिया र भारतसहित नेपालमा नै किन नहोस् । साम्राज्यवादी–पुँजीवादी देशमा त यो विभेद रहन्छ नै, समाजवादबाट पतन भएका देशमा पनि यो विभेद बढ्दै गइरहेको छ ।

    महिलामाथि बेग्ला बेग्लै प्रकारका विभेद विद्यमान छन् । महिलामुक्तिको प्रश्न विश्वभरि नै उठिरहेको छ र आन्दोलन अगाडि बढी नै रहेको छ । यो आन्दोलन दुई प्रकारले अगाडि बढिरहेको छ : पुँजीवादी व्यवस्थाअन्तर्गत र समाजवादी आन्दोलनअन्तर्गत ।

    आन्दोलनका दुवै आधार महिलाको समग्र अधिकार र मुक्तिको प्रश्नलाई उठाइने गरेको छ । पुँजीवादी व्यवस्थाअन्र्तगत महिलामुक्तिको प्रश्नले महिला–पुरुषको सहअस्तित्व होइन, प्रतिस्पर्धाको दृष्टिकोणलाई जोड दिन्छ भने समाजवादी आन्दोलनले पुरुष र महिलाको अलग अलग सामथ्र्य र क्षमताको अस्तित्व तथा उनीहरूको एकार्काको अलग अलग प्राकृतिक स्वरूप र सहअस्तित्वका आधारमा महिला मुक्तिको कुरा उठिरहेको छ । पुँजीवादी व्यवस्थाअन्र्तगत पुरुषवादी समाजको विरोधको नाममा नारिवादी आन्दोलन, जसले पुरुष र महिलाको अलग सामथ्र्य र अस्तित्वलाई स्वीकार गरेर मानव समाजको विकास हुने प्राकृतिक नियम विपरीत एक प्रकारले पुरुषलाई नै निषेध गर्ने दृष्टिकोण अगाडि बढिरहेको देखिन्छ ।

    सामन्तकालदेखि नै नारी पुरुषका लागि सौन्दर्यको भोग्यवस्तु, उत्पादनको साधन मान्दै उत्पादन सम्बन्धको परिवर्तनसँगै उनीहरूलाई ती सौन्दर्यका आधारमा विज्ञापन गर्ने साधनको रूपमा प्रयोग हुदै आएको छ । पुँजीवादी मुलुकका कतिपय महिलाहरू आफ्नो सौन्दर्यमा रमाउने, पुरुषको भोग्य साधनको रूपमा प्रयोग भइरहने, पुँजीवादी बजारको माध्यम बन्ने जस्ता कोलाहलपूर्ण स्थिति छ ।

    नारी र पुरुषबिचको अलग अलग सामथ्र्यको पहिचान, प्राकृतिक रूपमा नै रहेको नारीको अधिकार, मानव समाजको अस्तित्व र विकासका लागि महिला आन्दोलन विकसित मुलुकमा समेत नारीमुक्ति आन्दोलन यसरी अल्मलिएको छ । पुँजीवादको विकाससँगै एकाधिकार पुँजीवादले महिलालाई सौन्दर्य र बजारको साधन बनाइरहेको यो अवस्थामा नारीहरू महिलामुक्तिको नाममा पुरुष र महिलाको सहअस्तित्वको प्राकृतिक स्वरुपलाई बुझ्न नसकिरहेको अवस्था पनि छ ।

    यी सबै अवस्थामा महिलालगायत सम्पूर्ण शोषितवर्गको मुक्ति वर्गीय मुक्ति आन्दोलनसँगै जोडिएको कुरा दिनको घाम जस्तै छर्लङ्ग भएको छ । नाफाको समाजमा पुरुषको भोगका लागि सौन्दर्य र नारीहरू नाफाका लागि नै निर्बाध प्रयोग भइरहेको छ । यस प्रकार विकसित मुलुकका नारी समाजको भयावह स्थिति आजको वास्तविकता हो ।

    २. पुँजीवादी व्यवस्थाभित्र दलाल पुँजीवादको विकास भएसँगै नारीमुक्तिको प्रश्न नारिवादी आन्दोलनको दिशा हुन सक्दैन । पुरुष र महिलाबिचको अलग अलग सामथ्र्य र उनीहरूबिचको सहअस्तित्वको आधारमा मानव समाजको अस्तित्व र विकास हुन्छ भन्ने प्राकृतिक नियम विपरीत नारीलाई पुरुषको भोग्य साधन र उत्पादनको विक्रीको माध्यम मान्ने र नारीले पुरुषलाई निषेध गर्ने दर्शनअन्तर्गत पुँजीवादी मुलुकमा नारी मुक्तिको प्रश्न उनीहरूको पुरुषसरहको आर्थिक, राजनैतिक, सामाजिक र लैङ्गिक अधिकारलाई लिएर महिला आन्दोलन अगाडि बढिरहेको छ । महिलाको प्राकृतिक अधिकार र पुरुषसँगको सहअस्तित्वको आधारमा नै महिला मुक्तिको मार्ग पहिचान हुन्छ । पुँजीवादी आन्दोलनले यसरी पुरुष र महिलाको सहअस्तित्वलाई निषेध गर्दछ वा नजरअन्दाज गर्दछ । यस प्रकारको पुँजीवादी एकाधिकारवादी बाटोबाट नारी मुक्ति सम्भव छैन ।

    पुँजीवादी एकाधिकारवादी बाटोले आर्थिक, राजनैतिक, सामाजिक, जैविक क्षेत्रसहित सम्पूर्ण रूपले मानव समाजलाई ध्वस्त बनाउँदै लगिरहेको स्थिति छ । कोभिड–१९ जस्तो महामारीको नियन्त्रणका लागि समेत पुँजीवाद असफल भएको र स्वयम् पुँजीवाद बारम्बार सङ्कटमा परेको अवस्थाले पनि पुँजीवादी बाटोबाट मानव विकास सम्भव छैन भन्ने प्रमाणित भएको छ ।

    मानव समाजको अस्तित्वको रक्षा र विकासका लागि पुरुष र नारी दुवै आधारभूत कारक हुन् । उनीहरूको अलग अलग पहिचान र सामथ्र्यबिचको सहअस्तित्व प्राकृतिक हो । यसका विपरीत उत्पादन वृद्धिको नाममा नाफालाई अघि सारेर गरिरहेको पुँजीवादी बाटोले मानव समाज ध्वस्त हुँदै गइरहेको यथार्थ तथ्यको बोध सबैतिर बाट हुनु जरुरी छ र यसको लागि राजनैतिक रूपले नै अघि बढ्न जरुरी छ ।

    ३. विश्वमा चलिरहेको महिलामुक्ति आन्दोलनले विकसित, विकासोन्मुख र अल्पविकसित मुलुकका महिलाको पुरुषसरहको समान अधिकारलाई मात्र उठाएको छ । यसभित्र वर्गीय पक्षधरतालाई प्राथमिकतामा राखिदैन र यसमा महिला अधिकारकै प्रश्न प्रधान बनाउन पुग्दछ । यसभित्र सुकुम्बासी, किसान, दलित, जनजाति, ग्रामीण, सहर, मजदुर सबैमा महिला पर्दछन् ।

    महिला आन्दोलन विशुद्ध महिलासँग मात्र जोडिएको हुन्न, वर्गिय राजनीतिसँग पनि जोडिन पुगेको हुन्छ । राजनैतिक आन्दोलनले महिलाका आधारभूत अधिकारलाई जोडेर जाने हुनाले राजनैतिक सुधारले महिलाले सामान्य अधिकार पनि प्राप्त गरेका छन् ।

    राजनैतिक सुधारले मौलिक हकका प्राप्तिका सिलसिलामा महिलाका कतिपय कानुनी र संवैधानिक हक प्राप्त गरेको अवस्था पनि छ । क्रान्तिकारी परिवर्तन र त्यसको दिशा स्पष्ट नभएको कारणले उनीहरूले प्राप्त गरेको अधिकार पनि प्रयोगमा आउँदैनन् वा लागु हुँदैनन् ।

    युगौँदेखि पुरुषप्रधान दासत्वको कारणबाट सांस्कृतिक रूपले समेत गाँसिएको पुरुषप्रधान समाजको परिवर्तन क्रान्तिकारी आन्दोलनले नै गर्न सक्दछ । नारीले आफ्नो अधिकारको उपभोगको लागि उत्पादनको साधन र सम्बन्धमाथि नै आफ्नो वर्गीय अधिकार प्राप्त गरेर मात्र वास्तविक अधिकार प्राप्तिमा सहभागी हुन सक्छन् । त्यसका लागि महिला स्वयम् अग्रसर हुनुपर्दछ र पुरुष त्यसको सहयोगी हुनुपर्दछ । त्यसैले अब महिलाको आधारभूत अधिकारको कुरा मात्र नगरेर महिलाका विशिष्ट समस्याको पहिचान गरी उनीहरूलाई सङ्गठित र आन्दोलनमा उतार्ने आवश्यकता कैयौँ गुना बढेर गएको छ ।

    ४. नेपाल जस्तो मुलुक पुँजीवादमा प्रवेश नगरेको, अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको, आम्दानीको प्रमुख श्रोत कृषि रहेको, जनसङ्ख्याको लगभग ६० प्रतिशत कृषि पेसा रहेको अवस्थामा कृषिक्रान्ति नैै आजको आवश्यकता बन्न गएको छ । कृषिमा वैज्ञानिक प्रविधिको प्रयोग, उत्पादनको वैज्ञानिक तरिका र व्यवसायीकरणले पुँजीवादमा प्रवेश गरेर मात्र समाजवादी बाटो समात्न सक्छ । त्यसैले नेपाल जस्ता देशमा कम्युनिस्ट पार्टीको नेतृत्वमा पुँजीवादी क्रान्तिका लागि किसानलाई अधिकार दिलाएर मात्र परिवर्तन आउन सक्छ । चीनमा पनि माओले कृषिक्रान्ति गरेर समाजवादमा प्रवेश गराएको हो । त्यसैले नेपालमा अहिलेको प्राथमिक कदम नै कृषिक्रान्ति हो । उत्पादन सम्बन्धमाथि किसानको अधिकारको ग्यारेन्टी हो । यद्यपि उत्पादनको साधन र उत्पादन सम्बन्धमाथि क्रान्तिकारी वर्गको नेतृत्व आधारभूत शर्त हो ।

    ५. कृषिक्रान्तिको कुरा गर्दा नेपालमा किसानमध्ये महिला किसान पुरुष किसानभन्दा धेरै बढी छन् । यसको सरकारी आँकडा नभएता पनि पुरुषभन्दा महिला ७२ प्रतिशत कृषि पेसामा संलग्न भएको निजी आँकडाले देखाउँछ । कृषिक्रान्तिले ७२ प्रतिशत महिलालाई सहभागिता गराउन सकेन भने कृषिक्रान्ति सम्भव छैन । त्यसैले कम्युनिस्ट पार्टीले कृषिक्रान्तिको नेतृत्व गरेर नयाँ जनवादी व्यवस्था स्थापना गर्न सक्दछ । किसानहरूलाई सङ्गठन गर्ने भनेर ७२ प्रतिशत किसान महिलाको विशिष्ट अवस्थाको सम्बोधन गर्न नसकेमा कृषिक्रान्ति सम्पन्न हुन सक्दैन । कृषि उत्पादनमा लागेका महिलाको अवस्था किसान पुरुषभन्दा बेग्लै छ । जबकि पुरुष किसानसरह नै किसान महिलाहरू काम गरिरहेको अवस्था छ । त्यसैले कृषिक्रान्तिको सफलताको लागि महिला किसानको विशिष्ट अवस्थाको राजनैतिक सम्बोधनबिना कृषिक्रान्ति पूर्ण हुन सक्दैन ।

    ६. किसान महिलाको विशिष्ट प्रकारको समस्याको पहिचान, उनीहरूलाई राज्यले गर्नुपर्ने दायित्व, उनीहरूको अधिकारसम्बन्धी प्रश्नमा व्यापक बहस र छलफल हुनुपर्ने आवश्यकता छ । किसान महिलामा चेतनाकोे विकासका लागि महिला सङ्गठनले मात्र समेट्न नसकेको देखिन्छ । महिला सङ्गठनले समग्र महिलाको अधिकारलाई उठाइरहेको छ, जुन आवश्यक पनि हो ।

    किसान महिलाको कुरा गर्दा उनीहरू कृषिकर्म, घर व्यवस्थापन, पुरुषको व्यवस्थापन जस्ता तीन प्रकारका श्रममा जोडिएका छन् । उनीहरू बिहानदेखि बेलुका ८–९ बजेसम्म १७/१८ घण्टा निरन्तर श्रममा बाँधिएका हुन्छन् । उनीहरूसँग जमिनको स्वामित्व १९.७ प्रतिशत र कृषि जमिनको स्वामित्व १० प्रतिशत मात्र रहेको छ । कृषि उत्पादन र घरको आम्दानीखर्चको अधिकार उनीहरूसँग हुँदैन । आम्दानी खर्चको अधिकार पति, सासू वा ससुरासँग हुन्छ, घर व्यवस्थापनमा पनि प्रत्यक्ष र सक्रिय सहभागिता भएता पनि निर्णय गर्ने अधिकार उनीहरूसँग हुँदैन । प्रजनन समस्या, स्वास्थ्य समस्या, सम्पत्तिको भोगचलनका समस्यामा निर्णय गर्ने कुनै अधिकार रहँदैन ।

    राजनैतिक र महिला आन्दोलनले कानुन र संविधानमा उनिहरूको स्वामित्व वा पुरुषसरहका केही अधिकार तोकिएता पनि व्यवहारमा कार्यान्वयन न्यून छन् । यस प्रकारको न्यून अधिकार भएता पनि व्यवहारमा उनीहरूको कुनै संलग्नता छैन ।

    ७. यी कुराहरू के ७२ प्रतिशत किसान महिलाको विशिष्ट अवस्था होइन ? के यो अवस्थालाई महिला सङ्गठन, दलित, जनजाति, अल्पसङ्ख्यक सङ्गठनले विशिष्ट रूपमा सम्बोधन गरेको छ ? के राजनैतिक पार्टीहरूले ७२ प्रतिशत महिलाको विशिष्टतालाई प्राथमिकतामा राखेको छ ? के सुधारको रूपमा आएको वर्तमान व्यवस्थाबाट प्राप्त संविधान र कानुनले ७२ प्रतिशत महिलालाई सम्बोधन गर्न सकेको छ ? दीर्घकालीन र वर्गीय रूपमा समाधान हुने विषय भनेर उनीहरूको समस्यालाई सम्बोधन नगर्ने हो भने दीर्घकालीन आन्दोलनसँग जोडिने चेतना कहिले विकास हुन सक्छ ?

    १६/१७ घण्टा खेतबारी तथा बालबच्चा र पुरुषको घेराभित्र रहने किसान महिलालाई प्रजनन् रोगदेखि अन्य साधारण र जटिल रोगको उपचारका लागि क्रोनिक भएर मात्र अस्पताल धाउने अवस्था आउँछ । अस्पताल जाँदा पनि आर्थिक अभाव बेहोर्नुपर्दछ । समाचार सुन्ने, अखबार पढ्ने, सामाजिक–राजनीतिक क्षेत्रमा संलग्न हुने कुरामा उनीहरूसँग समय हुन्न, वातावरण नै हुन्न ।

    सहरिया वा ग्रामीण क्षेत्रमा रहेका केही सचेत र पढेलेखेका किसान महिला तथा केही सरकारी वा गैरसरकारी संस्थामा र कृषि वा सामाजिक संस्थाको उच्च पदमा पुगेका महिलालाई आधार बनाएर महिला सचेत भएको, अधिकार पाएको भनि मूल्याङ्कन गरिएको हुन्छ । यस प्रकार केही सचेत महिलालाई लिएर उनीहरू चलाक र बढी बाठो भएको भनेर पनि यो समाजमा टीकाटिप्पणी गर्ने गरिन्छ । त्यसको आधारमा मात्र ७२ प्रतिशत किसान महिलाको सम्बोधन हुन सक्दैन । १७/१८ घण्टा काममा लाग्ने किसान महिलालाई समय निकाल्न नसक्ने, क्षमता नभएको, बोल्न नसक्ने, जवाफ फर्काउन नसक्ने, बुझ्न नसक्ने भनेर सामाजिक क्रियाकलापमा उनीहरूलाई संलग्न गराइँदैन । उनीहरूले गर्ने श्रमको कुनै औपचारिक अधिकार छैन । मजदुरहरूको आठ घण्टा श्रम, आठ घण्टा मनोरञ्जन, आठ घण्टा आरामको आन्दोलनले उनीहरूकोे अधिकार स्थापित हुँदै गएको छ तर नेपालका ७२ प्रतिशत किसान महिलाको आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अधिकारका लागि राजनीतिक पहल नै हुन सकेको छैन ।

    ८. यसले के बताउँछ भने उनीहरू महिला भएकाले जन्मजात नै यो सबै नियती भोगिरहनु परेको छ । उनीहरू अर्को जन्ममा पुरुष भएर जन्मने कल्पना मात्र गर्दछन् । यस प्रकारको महिला–संस्कृतिमै बाध्यतापूर्वक रमाइरहेका हुन्छन् । आफ्नो पतिलाई भगवान् मान्दै पुरुष समाजले नै बनाइदिएको धार्मिक चाडपर्व तिज, छठ जस्ता पर्वमा उनीहरू स्वतन्त्रतापूर्वक हसिलो मुहार लगाउँछन्; उन्मुक्त भइदिन्छन्; रमाउँछन् र आफ्ना भगवान् पतिसँग भोग गर्दछन् ।

    महिला कृषि मजदुरहरू पुरुषसरह ज्याला पाउँदैनन् । पुरुष बलिया हुन्छन् भन्ने संस्कार युगौँदेखि थोपरेर बलिया काम पुरुषले मात्र गर्ने, जस्तो हलो, ट्याक्टर चलाउने, आली लगाउने वा खन्ने काममा महिलाभन्दा बढी ज्याला पुरुषले पाउने गर्दछन् । महिलाको शरीरलाई कोमल र प्रजनन्को कारण देखाई कमजोर शरीर भनेर परिभाषित गरिन्छ । यसरी कामको प्रकृतीमा समेत विभेद गरिन्छ ।

    पुँजीवादी समाजमा त महिलालाई सुन्दरी बनाएर घरभित्र राखेर उत्पादन र उपभोग्य वस्तुको बजार बनाउने, पुरुष समाजका अगाडि महिलाहरू प्राकृतिक रूपमै पुरुषभन्दा अलग भएको परिभाषित गर्दछन् ।

    मानव शरीर (पुरुष वा महिला) प्राकृतिक रूपले नै श्रमको क्रियाकलापका आधारमा विकसित हुँदै आएको हो । अहिले पनि श्रम र व्यवस्थापनमा पुरुषभन्दा महिला अगाडि छन् । प्राकृतिक रूपले नै प्रजनन्को कारणले पुरुषभन्दा थप बोझ महिलामाथि थपिएको छ ।

    त्यसको सहजीकरणको लागि पुरुष अग्रिम पङ्क्तिमा आउनुपर्नेमा युगाँैदेखि पुरुष समाजले महिलालाई अछुत बनाई अलगाइदिएको छ । नछुने हुने, गर्भवती, सुत्केरी जस्ता पुरुषभन्दा अलग र विशेष अवस्था भएकी महिलालाई अछुत बनाएर धर्म र सांस्कृतिक रूपमै पुरुषबाट विभेद गराइएको छ । महिलाको शरीरबाट ओभम उत्पादन हुँदा, गर्भवती वा सुत्केरी हुँदा महिला अछुत हुने तर पुरुषको शरीरबाट स्पर्स उत्पादन हुँदा पुरुष अछुत नहुने, चोखो हुने ? यो कहाँको प्राकृतिक नियम हो र महिलालाई अछुत बनाउने र विभेद गर्ने ? प्रकृतिको सुन्दर नियमका आधारमा मानव समाजको अस्तित्वको रक्षा र विकास भइरहेको छ । यसले पुरुषभन्दा महिला भिन्न र कमजोर होइन, दुवैको सहअस्तित्वले यो मानव समाज विकास भएको छ ।

    ९. अविकसित (सामन्ती–अर्धसामन्ती) देशमा भन्दा विकसित मुलुकका महिला किसानले केही बढी अधिकार पाएका हुन्छन् । व्यवसायिक वा बहुराष्ट्रिय कम्पनीमा काम गर्ने किसान महिलाले ट्रेड युनियनको अधिकार पाएता पनि त्यहाँ अझै पुरुषसरह काम र ज्यालामा विभेद छ । अनौपचारिक क्षेत्रमा काम गर्ने विकसित महिला किसानको हालत अविकसित मुलुकसरह नै छ । जतिसुकै महिलाको अधिकार संविधान वा कानुनमा उल्लेख भएता पनि त्यहाँ पुरुषसरह समानता प्राप्त भएको छैन । प्रजनन् समस्या, घरका व्यवस्थापनमा पुरुष र महिलाबिच विभेद केही हटेता पनि पनि महिलालाई पुरुषभन्दा कमजोर ठान्ने, महिला र पुरुषको सहअस्तित्वको प्राकृतिक सिद्धान्त विपरीत महिलामाथि अलग वस्तु ठान्ने दृष्टिकोण कायम छ ।

    यौनिकहिंसा, घरेलुहिंसा विकसित मुलुकका विशेषता हुन् । कृषि क्षेत्रलाई औद्योगिक उत्पादनभन्दा तल्लो स्तरको मापदण्डमा राख्ने अर्थात् कृषि उत्पादनलाई दोस्रो दर्जा वा किसानलाई दोस्रो दर्जाको नागरिक ठान्ने पुँजीवादी व्यवस्थामा किसान महिलालाई अहिले पनि पुरुषसरह अधिकार प्राप्त भएको छैन ।

    १०. समाजवादी व्यवस्थामा प्रवेश गर्नका लागि पुँजीवादको विकास अनिवार्य सर्त हो । साम्राज्यवादको युगमा एकाधिकार पुँजीवादमार्फत् स्वतन्त्र रूपले पुँजीवादको अस्तित्व रहन सक्दैन, दलाल पुँजीवादमा सीमित हुन्छ । नेपाल जस्तो अर्धसामन्ती देशमा कम्युनिस्ट पार्टीले नै राष्ट्रिय पुँजीको विकास गर्न कृषि क्षेत्रलाई व्यावसायिक र औद्योगिकीकरण गरेर कृषिक्रान्ति गर्नुपर्दछ । सिद्धान्त वा नारामा मात्र होइन, व्यवहारमा नै किसान सङ्गठनलाई प्राथमिकतामा राखेर कृषिक्रान्तिलाई अगाडि बढाउनुपर्दछ । यसका लागि धनी किसानदेखि सुकुम्बासी, मजदुर किसानलाई सङ्गठित गर्नुपर्छ । उनीहरूको सङ्गठन गर्ने आधार भनेको वर्तमान व्यवस्थामार्फत् पनि उनीहरूलाई जमिनको अधिकार दिलाउने, उत्पादनलाई सहजीकरण गर्ने, उनीहरूको मूल्य र बिक्रीको सुनिश्चितताका लागि आन्दोलन गर्ने र त्यसलाई दीर्घकालीन रूपमा नयाँ जनवादी क्रान्तिसँग जोडेर लैजानुपर्छ । यसको आधारमा किसान सङ्गठनले महिला किसानलाई पनि महिला किसान उत्पादक सङ्घ मातहतमा सङ्गठित गर्ने प्रयत्न गर्नुपर्दछ ।

    महिला सङ्गठनले सहरिया, ग्रामीण, उपेक्षित वर्ग, पुँजीवादी महिला अधिकारलाई लिएर आन्दोलन गरिरहेका छन् । किसान महिलाको विशिष्टीकरण गरेर आन्दोलनमा सङ्गठित गर्ने काम किसान सङ्घ मातहत नै सम्भव हुन्छ । ट्रेड युनियनले पनि पुरुषसरह महिला मजदुरलाई सङ्गठित गरेर आन्दोलन गरिरहेका छन् । उनीहरूले अनौपचारिक क्षेत्रका व्यावसायिक कृषि मजदुरको पनि आवाजलाई उठाइरहेका छन् ।

    किसान महिला यस्तो वर्तमान मानव समाजको क्षेत्र हो, जसले औपचारिक रूपमा श्रमको वर्गीकरणको कुनै अधिकार प्राप्त गरेको छैन । त्यसैले राजनैतिक पार्टीदेखि लिएर महिला सङ्गठन, दलित, जनजाति वा किसान महिला संलग्न हुने कृषि क्षेत्रका महिलालाई विशिष्टीकरण गरेर किसान आन्दोलनको कडीमा सामेल गर्नु जरुरी छ । कृषि उत्पादनमा लागेका महिलाको यो टुटेको कडीलाई जोड्न सकेमा समग्र महिला मुक्तिको आन्दोलन सफलतापूर्वक अगाडि बढ्न सक्ने छ ।

     

    बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.