दार्चुला । दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ।
Advertisement
नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नाको आगलागीमा परेर ज्यान गएको हो।
बुधबार बिहान चिया बनाउने क्रममा ग्यास चुहिएर भएको आगलागीमा जलेर ठगुन्ना घाइते भएका थिए।
ठगुन्नाको उपचारका क्रममा नेपालगन्जस्थित अस्पतालमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।