• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भुटानी शरणार्थी प्रकरणबाट प्रतिगामीले फाइदा उठाउने सम्भावना : मसाल


  •   बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले नेपालको लोकतन्त्रविरुद्ध साम्राज्यवादी र प्रतिगामी तत्वबीच साँठगाँठ हुने सम्भावना रहेको औँल्याएको छ। हालै बसेको मसाल केन्द्रीय कार्यालयको बैठकले यस्तो सम्भावना औँल्याएको हो ।

    Advertisement

    बैठकका निर्णयबारे जानकारी दिँदै महामन्त्री मोहनविक्रम सिंहले भुटानी शरणार्थी प्रकरण र राजनीतिक अस्थिरताको फाइदा राजावादीहरुले उठाउन खोजेको आरोप पनि लगाउनुभएको छ ।

    मसालले अमेरिकी साम्राज्यवादविरुद्ध जारी मेची महाकाली अभियानले साम्राज्यवादविरुद्ध जनचेतना जगाउन भूमिका खेल्ने विश्वास पनि लिएको छ ।

    यस्तै, मसालले गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि आउने शक्तिहरुसँग गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    वक्तव्यको पूर्णपाठ
    आज २०८० साल जेठ ०३ गते उपलब्ध केन्द्रीय सदस्यहरू सहित बसेको ने.क.पा (मसाल)को केन्द्रीय कार्यालयको बैठकले देशको वर्तमान राजनीतिक स्थितिमाथि गम्भीरतापूर्वक छलफल गरेर महत्वपूर्ण निष्कर्षहरू निकालेको छ । ती निष्कर्षहरूबारे जानकारी गराउन यो वक्तव्य जारी गरिएको छ ।

    १. यो बताउँदा हामीलाई खुसी लागिरहेको छ कि अमेरिकी साम्राज्यवादका विरूद्ध मेचीमहाकाली अभियान यही जेठ ०१ गते कञ्चनपुरको महेन्द्रनगरबाट र बाग्लुङको बाग्लुङ बजारबाट प्रारम्भ भएको छ । त्यसबाट नेपालमा बढिरहेको अमेरिकी साम्राज्यवादका विरूद्ध जनचेतना उठाउन महत्वपूर्ण योगदान पुग्नेछ भन्ने हामीले विश्वास गरेका छौँ ।

    २. नक्कली भुटानी शरणार्थीको सन्दर्भमा उच्च राजनीतिक र प्रशासनिक स्तरमा देखा परेको ठूलो पैमानको भ्रष्टाचारप्रति हाम्रो पार्टीले गम्भीर चिन्ता र क्षोभ प्रकट गर्दछ । त्यस प्रकारको भ्रष्टाचार सामान्य प्रकारको भ्रष्टाचार मात्र नभएर नेपालका नागरिकहरूलाई विदेशी नागरिक बनाएर नेपालको राष्ट्रियतामाथि समेत गम्भीर आँच पु¥याउने कार्य गरिएको छ । त्यसकारण उक्त भ्रष्टाचारसित सम्बन्धित सबै दोषीहरूमाथि निष्पक्ष र कडाइपूर्वक कारवाही गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

    ३. नक्कली भुटानी शरणार्थी समस्या व्यापक रूपमा देखा परेको भ्रष्टाचार र गम्भीर बन्दै गएको राजनीतिक अस्थिरता समेतबाट फाइदा उठाएर अहिले देशमा प्रतिगमन र साम्राज्यवादको समेतको खतराले गम्भीर रूप लिँदै गएको देखिन्छ । त्यसबाट गणतन्त्र, धर्मनिरपेक्षता तथा देशको राष्ट्रियता र सार्वभौमिकता समेतका विरूद्ध खतरा बढ्दै गएको देखिन्छ । त्यो अवस्थामा प्रतिगमन र साम्राज्यवादका विरूद्धको सङ्घर्षमा विशेष जोड दिनु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ ।

    ४. देशमा प्रतिगमनको खतरा गम्भीर बनेको हुनाले त्यसका विरूद्ध आउने राजनीतिक शक्तिहरू विचको गठबन्धन अहिले देशको गम्भीर राष्ट्रिय आवश्यकता भएको छ । त्यही प्रकारको खतरामाथि ध्यान दिएर नै हामीले कैयौँ राजनीतिक शक्तिहरूसित गठबन्धन वा चुनावी तालमेल गरेका थियौँ र अहिले पनि प्रतिगमनको खतरा बढ्दै गएको हुनाले त्यस प्रकारको गठबन्धन अहिले पनि उचित र आवश्यक छ भन्ने हाम्रो पार्टीको ठहर छ ।

    ५. हाम्रो पार्टीको आठौँ महाधिवेशनले सामन्तवाद र भारतीय साम्राज्यवादसितको अन्तर्विरोधलाई प्रधान अन्तर्विरोध भएको निर्णय गरेको छ र अहिले पनि हामीले त्यो निष्कर्षलाई सही ठान्दछौँ । त्यसका साथै दलाल र नोकरशाही पुँजीपति वर्ग र अमेरिकी साम्राज्यवादसितको अन्तर्विरोधलाई पनि हामीले गम्भीर रूपमा लिएका छौँ । पछिल्ला दिनहरूमा अमेरिकी साम्राज्यवादसित अन्तर्विरोधले अरू तीब्र र गम्भीर रूप लिँदै गएको छ । खास गरेर अब त्यसले नेपालमा सीआइएको प्रत्यक्ष निर्देशनमा चल्ने राजनीतिक पार्टी कथित “स्वतन्त्र पार्टी” बनाएर संगठित र योजनाबद्ध प्रकारले काम गर्न थालेको हुनाले त्यसका विरूद्ध संघर्षमा जोड दिनुपर्ने आवश्यकता पहिले भन्दा बढेर गएको छ ।

    ६. गणतन्त्र र धर्मनिरपेक्षता समेतको रक्षाको लागि अहिलेको सरकालाई समर्थन गर्ने हाम्रो पार्टीले जुन नीति लिएको छ, हाम्रो त्यो नीति अहिले पनि उचित र आवश्यक छ भन्ने हाम्रो मत रहेको छ । किनभने अहिलेको सत्ता पक्षसित हाम्रा कैयौँ गम्भीर राजनीतिक मतभेदहरू भएपनि उनीहरू गणतन्त्र र धर्मनिरपेक्षताका पक्षमा नै छन् भन्ने हाम्रो विश्वास रहेको छ । जुन तत्वहरू गणतन्त्र र धर्मनिरपेक्षता समेतका विरूद्धमा छन् , उनीहरूले नै वर्तमान सरकार वा अहिलेको गठबन्धनको विरोध गरिरहेका छन् । त्यसैले अहिलेको सरकार वा गठबन्धन टुट्यो भने त्यसबाट प्रतिगमनलाई नै मदत पुग्ने छ र त्यसको असर गणतन्त्र र धर्मनिरपेक्षता समेतमाथि हुने छ । त्यस्तो खतराबाट देशलाई बचाउनका लागि अहिलेको सरकार वा गठबन्धन कायम रहनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिएको छ ।

    ७. प्रतिगमनका विरूद्ध वा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाको लागि हाम्रो पार्टीले वर्तमान सरकार र गठबन्धनलाई समर्थन गरेपनि उनीहरूसित मतभेद भएका विषयहरूमा उनीहरूका विरूद्ध संघर्ष गर्ने हाम्रो स्पष्ट नीति हुने छ । हाम्रो के सोचाइ रहेको छ भने वर्तमान सरकारले भारतीय वा अमेरिकी साम्राज्यवादप्रति ढुलमुल र सम्झौतापरस्त नीति अपनाउने गरेको छ र त्यस प्रकारको नीतिको हामीले सम्झौताहीन प्रकारले विरोध गर्दछौँ । सरकारले अगाडि ल्याएको नागरिकता विधेयकप्रति पनि हाम्रो गम्भीर मतभेद छ । अहिले अगाडि आएको नक्कली भुटानी शरणार्थीका सन्र्भमा पनि दोषीहरूलाई उनीहरूको अपराध अनुसार सजाय गर्नुका सट्टा उनीहरूलाई सफाइ दिन पर्दाभित्रबाट प्रयत्न ता भइरहेको छैन ? त्यो शङ्का पनि उठ्न थालिरहेको छ । ती सबै प्रश्नहरूबारे हामीले विरोध वा सङ्घर्षको नीतिलाई दृढतापूर्वक अगाडि लैजाने हाम्रो नीति रहने छ ।

    ८. जस्तो कि माथि उल्लेख गरियो, आज गणतन्त्र र धर्मनिरपेक्षता र राष्ट्रियता समेतका विरूद्ध जुन खतरा बढ्दै छ, ती प्रतिगामी र साम्राज्यवादी उद्देश्यहरू पूरा गर्नको लागि नेपालका प्रतिगामी शक्ति र विदेशी साम्राज्यवादी शक्तिहरूको विचमा साँठगाँठ बढ्दै जाने सम्भावना पनि बढ्दै गइरहेको छ । देशभित्रका प्रतिगामी शक्तिहरूले आफ्ना स्वार्थहरू पूरा गर्नको लागि विदेशी साम्राज्यवादी शक्तिहरूका अगाडि आत्मसमर्पण गर्दै जाने तथा विदेशी साम्राज्यवादी शक्तिहरूले आफ्ना साम्राज्यवादी स्वार्थहरू पूरा गर्न देशभित्रका प्रतिगामी शक्तिहरूलाई संरक्षण र उपयोग गर्दै जाने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यो क्रममा साम्राज्यवादी शक्तिहरूले देशभित्र लोकतान्त्रिक प्रणालीलाई समाप्त गरेर फासिष्ट शासन कायम गर्ने खतरा पनि अत्यधिक छ । त्यस प्रकारको पृष्ठभूमिमा सबै प्रतिगामी र साम्राज्यवादी शक्तिहरूका विरूद्धको सङ्घर्षमा जोड दिनु अहिलेको ऐतिहासिक आवश्यकता भएको छ । त्यो प्रश्नमा जनता कहाँसम्म सचेत हुनेछन् र सङ्घर्षमा उत्रिने छन् ? त्यसले नै देशको भविष्यलाई निर्धारित गर्ने छ ।’
    २०८० जेठ ०३ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

     

     

     

    बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.