• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अमेरिकी प्रतिवेदनबारे मसाल : हिन्दु राष्ट्र र राजा फर्काउन साम्राज्यवादीले हस्तक्षेप बढाए


  •   बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
  • काठमाडौं । अमेरिकाले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा नेपालमा हिन्दु राष्ट्र बनाउनका लागि भारतीय जनता पार्टी (भाजपा) ले लगानी गरिरहेको उल्लेख गरेको छ ।

    Advertisement

    ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ मा हिन्दु राष्ट्रका पक्षमा बोल्नका लागि नेपालका नेतालाई भाजपाले पैसा लगानी गरिरहेको बताइएको छ ।

    नेकपा (मसाल) ले सो प्रतिवेदनमा उल्लेख गरिएको विषय सही भएको भन्दै नेपाललाई हिन्दुराष्ट्र बनाउन र राजा फर्काउन भारतीय संस्थापन पक्षले लगानी गरिरहेको बताएको छ ।

    त्यसका साथै, आफ्नो साम्राज्यवादी उद्देश्य पूरा गर्न अमेरिकाले समेत नेपालमा लगानी गरिरहेको मसालले जनाएको छ ।
    प्रवक्ता रामप्रकाश पुरीद्वारा जारी विज्ञप्तिमा यी दुवै शक्तिराष्ट्रको हस्तक्षेपविरुद्ध अझ संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

    यस्तो छ वक्तव्य
    १. अमेरिकाद्वारा सार्वजनिक गरिएको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ को उल्लेख गर्दै हिन्दु राष्ट्रका पक्षमा बोल्नका लागि नेपालका नेतालाई भाजपाले पैसा लगानी गरिरहेको कुरा सञ्चार माध्यमहरूमा सार्वजनिक भएको छ । भाजपासम्बद्ध धार्मिक समूहले नेपालका सबै राजनीतिक दलका प्रभावशाली नेतालाई हिन्दु राष्ट्रका समर्थनमा बोल्न निरन्तर रकम उपलब्ध गराउँदै आएको तथ्य पनि उक्त प्रतिवेदनमा भएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । नेपालका राजावादी र विभिन्न प्रतिगामी शक्तिहरूले नेपालमा गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त पार्नका लागि भारतका कट्टर हिन्दुवादी शासक र धार्मिक समूहसित साँठगाँठ गर्दै आएको कुरा कुनै लुकेको कुरा होइन ।

    २. त्यस सन्दर्भमा यो कुरा उल्लेखनीय छ कि हाम्रो पार्टीले जनताका विभिन्न संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धि, गणतन्त्र र धर्मनिरपेक्षतामा राजावादी लगायतका प्रतिगामी शक्तिहरूबाट गम्भीर खतरा भएकोले तिनीहरूको रक्षामा जोड दिनाको साथै संघर्ष समेत गर्दै आएको कुरा सर्वविदितै छ । गणतन्त्र र धर्मनिरपेक्षताका विरूद्ध प्रतिगामी शक्तिहरूले सुरूदेखि नै अभियान चलाउँदै आएका छन् । प्रतिगामी शक्तिहरूले नेपालमा राजतन्त्र र हिन्दुराज्य स्थापना गर्ने आफ्नो उद्देश्यलाई सफल पार्नका लागि भारतका कट्टर हिन्दुवादी शक्तिहरूसित साँठगाँठ गर्नुका साथै उनीहरूबाट पैँशा समेत लिने गरेको उक्त प्रतिवेदनमा उल्लेख भएको तथ्यबाट यो कुरा प्रष्ट छ कि नेपालमा गणतन्त्र र धर्मनिरपेक्षतामा गम्भीर खतरा रहेको छ ।

    ३. यो कुरा दिनको घाम झैँ छलङ्र्ग छ कि भारतका कट्टर हिन्दुवादीहरूले नेपालमा हिन्दु राज्यका लागि लगातार राजावादीहरूलाई उक्साउँदै आएका छन् । त्यही क्रममा नै नेपालका राजावादी र प्रतिगामीहरूले भारतका कट्टर हिन्दुवादी धार्मिक समूहबाट पैँसा लिएर नेपालमा जनआन्दोलन र जनसङ्घर्षका महत्वपूर्ण उपलब्धि गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरी राजतन्त्र र हिन्दुराज्यका लागि आफ्नो प्रतिगामी अभियान चलाउने गरेको कुरा प्रष्ट छ । राजावादी र प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्ने उद्देश्यका साथ जनताले बलिदानपूर्वक स्थापना गरेका लोकतान्त्रिक तथा गणतान्त्रिक मूल्यमाथि लगातार आक्रमण गर्ने गरेका छन् । त्यसका लागि उनीहरूले भ्रष्टाचार वा शासनपद्धतिमा रहेका समस्या र उक्त समस्याबाट जनतामा उत्पन्न असन्तोषलाई पनि उपयोग गर्ने प्रयत्न गर्दै आएका छन् ।

    ४. अहिले नक्कली भुटानी शरणार्थी समस्यालाई पनि राजावादी र प्रतिगामी तत्वहरूले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त पार्ने साधनका रूपमा उपयोग गर्न खोजेको कुरा प्रष्ट छ । हाम्रो यो स्पष्ट मत छ कि नक्कली भुटानी शरणार्थीका दोषीहरूमाथि निष्पक्ष छानवीन भई कडा कारवाही गरिनुपर्दछ । तर यसका साथै जनताको महान बलिदानीबाट प्राप्त उपलब्धि गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि भारतका कट्टर हिन्दुवादी धार्मिक समूहबाट पैंशा लिएर वा जुनसुकै पनि प्रकारले प्रतिगमनको उद्देश्य पूरा गर्न नेपालमा प्रतिगामी अभियान चलाउने तत्व वा शक्तिका विरूद्ध पनि कडा कदम उठाउनुपर्ने वा सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ । प्रतिगामी षडयन्त्रका विरूद्ध सचेत र सतर्क रहन समेत हामीले सम्पूर्ण नेपाली जनतालाई अपील गर्दछौँ ।

    ५. राजावादी तथा विभिन्न प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि भारतका कट्टर हिन्दुवादी तत्वसित साँठगाँठ गरिरहेको तथ्य सार्वजनिक भइरहेको सन्दर्भमा हाम्रो ध्यान नेपालमा अमेरिकी साम्राज्यवादको प्रभाव बढेर गएको कुराप्रति पनि छ । अहिले नेपालमा अमेरिकी साम्राज्यवादको प्रभाव धेरै बढेर गएको छ । अमेरिकाले आफ्ना साम्राज्यवादी उद्देश्य पूरा गर्न प्रत्यक्ष रूपमा नै आफ्नो राजनीतिक संगठन कथित “स्वतन्त्र पार्टी” बनाएर नेपालको संसद, सरकार र राज्यका विभिन्न निकायमा आफ्नो शक्तिलाई विस्तार गर्दै लगिरहेको छ । अमेरिकी साम्राज्यवादले क्रिश्चयन धर्मको आडमा र जनतामा उत्पन्न कैयौँ असन्तोषलाई उपयोग गरेर आफ्नो राजनीतिक सङ्गठनलाई बलियो पार्ने र त्यसलाई आफ्नो उद्देश्य अनुसार सञ्चालन गर्न थालिसकेको छ । हामीले जनताको धार्मिक स्वतन्त्रताको हकलाई गलत मान्दैनौँ तर धर्मका नाममा गरिने साम्राज्यवादी गतिविधि नेपालको राष्ट्रियता, स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकता विरूद्ध रहेकोले अहिले देशमा बढिरहेको अमेरिकी साम्राज्यवादी गतिविधिका विरूद्ध जनताले कडा सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।’
    २०८० जेष्ठ ०४ गते ।

    बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.