• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाह मध्य पश्चिम भारत क्षेत्रीय समितिको छैठौं सम्मेलन सम्पन्न


  •   बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
  • पनवेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समितिको छैठौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले गर्नुभएको थियो ।

    Advertisement

    शर्माले उद्घाटन मन्तव्यमा साम्राज्यावादले नेपाललाई आफ्नो उदेश्य पुरा गर्ने अखडा बनाउ खोजेको बताउनु भएको थियो । ‘अमेरिकी साम्राज्यवादले नेपाललाई आफ्नो उदेश्य पुरा गर्ने अखडा बनाई, आफ्ना विरोधीहरुमाथि हमला गर्दैछ ।’ शर्माले भन्नु भयो– ‘अमेरिकी साम्राज्यवादले आफ्नो उदेश्य पुरा गर्ने देशीय तथा विदेशी दलालहरुलाई नेपालको संसदमा समेत प्रवेश गराएको छ ।’

    ‘२०६२–६३ को महान जनआन्दोलनको बलमा स्थापित संविधान, गणतन्त्र र धर्मनिरपेक्षतामाथि राजावादीहरुबाट निरन्तर हमला भइरहेको छ, जुन अधिकार २०६२–६३ को महान जनआन्दोलनले दिएको छ, त्यसैको बुई चढेर त्यसलाई समाप्त पार्ने उदेश्यबाट राजावादी शक्तिहरु उद्धत्त छन् ।’ नेता शर्माले भन्नु भयो– ‘यो विषयम परिस्थिति उत्पन्न हुने बारेमा हामीले धेरै पहिलेदेखि नै सबै राजनीतिक शक्ति एवं आम नेपाली जनतालाई सचेत गराउँदै आएका थियौं ।’

    कार्यक्रममा मूल प्रवाह केन्द्रीय अध्यक्ष ठाकुर खनालले प्रवासी नेपालीहरुको रेमिटेन्स चले पनि मत नचल्ने नेपाली राज्यसत्ताको जुन कार्यछ, त्यसको आफूहरुले लगातार विरोध गर्दै आएको बताउनु भएको थियो । उहाँले भन्नु भयो–‘हामी प्रवासी नेपालीहरुको रेमिटेन्स चल्ने, हाम्रो मत नचल्ने?’ केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल, केन्द्रीय सदस्य टंक कुँवर र अनन्त राहडीले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

    बोम सिंजापतिको सञ्चालन र अनन्त राहाडीको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलनमा श्याम त्रामुले शब्दबाट र रक्तिमका कलाकारहरुले सांगितिक कोशेलीद्धारा स्वागत गर्नुभएको थियो ।

    केन्द्रीय सचिव वेद बहादुर कार्की, केन्द्रीय सदस्य खुम बहादुर पुन, रक्तिम साँस्कृतिक अभियान केन्द्रीय समितिकी सदस्य उषा थापा, प्रवासी नेपाली एकता मञ्चबाट टेक बहादुर रावत, प्रवासी नेपाली संघ भारतबाट रुद्र राजकोटी, अखिल भारत नेपाली एकता मञ्चबाट कृष्ण रावल लगायतको आतित्थ्यता रहेको थियो ।

    सम्मेलनले क्षेत्रीय समिति समेत गठन गरेको छ ।समितिको अध्यक्षमा श्याम त्रामु (रायगढ), उपाध्यक्ष शेर बहादुर पुलामी (पुना पश्चिम), सचिव वोम सिंजापति (तारापुर), सहसचिव रमेश दर्लामी (अलिबाग) र कोषाध्यक्ष अनन्त राहाडी (रायगढ) रहनुभएको छ ।

    सदस्यहरुमा जायश्वर अधिकारी (रायगढ), सन्तु थापा (रायगढ), जितमान सिंजाली (रायगढ), चित्र बहादुर थापा (अलिबाग), दान बहादुर राना (रायगढ), मधु पुन (अलिबाग), चन्द्र सुवेदी (मुम्बई), धन बहादुर विक (पुना पूर्व), राम वाजी (पुना पूर्व), चक्र बहादुर विक (पुना पूर्व), रण बहादुर बोगटी (रायगढ), सुनिता पुन (तारापुर), लेखनाथ पाण्डे (तारापुर), भिम बहादुर घर्ति (पुना पश्चिम), धन सिंह राहाडी (पुना पश्चिम), करण महर (रायगढ) हुनुहुन्छ ।

    वैकल्पिक सदस्यमा महेन्द्र थापा (कर्जत खोपली), तिलक राना (रायगढ), तिलक सारु (पुना पश्चिम), हुम बहादुर दमै (मुम्बई), कल बहादुर पुन (नाशिक), लक्ष्मण विक (पुना पूर्व) र अरु ताम्राकार (पुना पूर्व) रहनुभएको छ । त्यस्तै सम्मेलनले प्रकाश जेठारा (पुना पूर्व), खड्क राई (तारापुर), रेनुका कुँवर (तारापुर), दिलीप विक (पुना पूर्व), जनक भुल (पुना पूर्व), रोम बहादुर थापा (मुम्बई) र पदम कुँवर (कल्याण)लाई सल्लाहकार चयन गरेको छ ।

    त्यस्तै सम्मेलनले रेणुका कुँवरको संयोजकत्वमा १७ सदस्यीय मध्य पश्चिम भारत महिला क्षेत्रीय विभाग गठन गरिएको छ ।  सदस्यहरु क्रमशः पुनम राई (तारापुर), सुनिता पुन (तारापुर), सिता सिंह (तारापुर), पार्वती थापा (पनवेल), रत्ना बोगटी (पनवेल), लक्ष्मी थापा (तारापुर), विष्णु पुलामी (पुना), मिना गुरुङ (अलिबाग), शान्ता पुन (अलिबाग), शुशिला थापा (अलिबाग), यमकुमारी सिंजाली (नवि मुम्बई), रितु तरामु (न्वाहा), यमी राना (न्वाहा), प्रियांका कुँवर (कल्याण), पवन सुनार (कल्याण) र सपना सुनार (कल्याण) रहनुभएको छ ।

    नयाँ समितिको घोषणा केन्द्रीय सदस्य खुम बहादुर पुनले गर्नुभएको थियो । नवनिर्वाचित समितिलाई ठाकुर खनाल, प्रेम पौडेल, वेद बहादुर कार्की, खुम बहादुर पुन, टंक कुँवर, उषा थापा, टेक बहादुर रावत, रुद्र राजकोटी र कृष्ण रावल लगायतले बधाई दिनुभएको थियो । रक्तिमका कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

     

    बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.