काठमाडौं । नेपाल पत्रकार महासंघले चिनियाँ राजदूतावासले पत्रकारलाई धम्की दिएको भन्दै त्यसको निन्दा गरेको छ । द काठमाण्डु पोष्टमा प्रकाशित समाचारको विषयलाई लिएर चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै दूतावासको विज्ञप्तिले पत्रकारलाई धम्की र लाञ्छना लगाउने कार्य निन्दनीय भएको महासंघले जनाएको छ ।
Advertisement
‘प्रकाशित समाचारप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल हो । कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम हुनु आफैंमा निन्दनीय छ’ महासंघले भनेको छ, ‘महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’