• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

सरकारको दुई वर्षः गणतन्त्र र धर्मनिरपेक्षताप्रति अडान, शुसासनमा असफल


  •   बुधबार, फागुन ०७, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले बर्तमान केपी ओली सरकारको दुई वर्षे कार्यकालको समीक्षा गर्दै सरकारले गणतन्त्र र धर्म निरपेक्षताका सम्बन्धमा लिएको अडानको सह्राना गरेको छ । तर, महंगी नियन्त्रण, भ्रष्टाचार र शान्तिसुरक्षाका सन्दर्भमा सरकार असफल भएको ठहर गरेको छ ।

    Advertisement

    मंगलबार महामन्त्री मोहन विक्रम सिंहले जारी गर्नुभएको वक्तव्यमा ओली सरकारले गणतन्त्र, धर्म निरपेक्षताविरुद्ध तथा संविधानमा राष्ट्रघाती संशोधनका लागि भएका प्रयास असफल पारेकोमा स्वागत गर्दै आफ्नो अडानलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।

    ‘वास्तवमा आज राजावादी सहित देशमा सबै प्रतिक्रियावादी शक्तिहरू तथा भारतीय साम्राज्यवादले समेत गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध अभियान चलाउँदै आएका छन् । त्यो अवस्थामा गणतन्त्र र धर्मनिरपेक्षताका प्रश्नहरू राष्ट्रिय महत्वका विषयहरू भएका छन् । त्यसप्रकारको पृष्ठभूमिमा उक्त विषयहरूमा सरकारले लिएको अडानले विशेष महत्व राख्दछ।’ महामन्त्री सिंहद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

    यस्तै, मधेशवादीहरूले संविधानमा संशोधनका लागि गरेका प्रस्तावहरूलाई पनि सरकारले दृढतापूर्वक अस्वीकार गरेको तथा पहिलेका सबै सरकारहरूले भन्दा बेग्लै ओली सरकारले कालापानीबाट भारतीय सेना हट्नुपर्ने कुरा स्पष्टरूपमा बाहिर ल्याएको छ भन्दै सरकारका यी नीतिहरूलाई पार्टीले सकारात्मक रूपमा लिएको उल्लेख गरिएको छ ।

    तर सरकारका उक्तयुक्त कतिपय सकारात्मक नीतिहरू बाहेक समग्ररूपमा सरकारको दुईवर्षे कार्यकाल असफल भएको मसालले जनाएको छ ।

    सरकारले समाजावाद उन्मुख नीति प्रति प्रतिबद्धता प्रकट गरेपनि त्यसका नीति वा कार्यक्रमहरू पुँजीवादी र यथास्थितिवादी प्रकारका रहेका, एकपछि अर्को गर्दै भ्रष्टाचारका कैयौँ काण्डहरू भएको निर्मला पन्तको बलात्कार र हत्यासम्बन्धी मुद्दाका अपराधिहरूलाई पत्ता लगाउन सरकार असफल भएको मसालले जनाएको छ ।

    विकाससम्बन्धी बजेटको ठूलो अंश खर्च हुने नसकेको, देशमा महङ्गी लगातार बढ्दै गइरहेको तथा स्वयं सरकार वा सत्तारूढ संगठनमा माफिया वा भ्रष्ट तत्वहरूको प्रभाव बढ्दै गइरहेको र त्यसबाट बाहिर निस्कन सरकार असमर्थ भएको छ भन्दै वक्तव्यमा भनिएको छ, ‘वास्तवमा भन्ने हो भने तिनीहरूका अगाडि सरकार लाचार बन्दै गइरहेको छ । देशको अर्थतन्त्र धराशायी बन्दै गइरहेको छ । देशमा विदेशी पुँजीको प्रभाव र नियन्त्रण बढ्दै गइरहेको छ ।’

    यो पनि पढ्नुहोस्ः आईपीएसको अंग होइन भनेर एमसीसी पारित गराउने प्रयास आपत्तिजनकः मसाल

    बुधबार, फागुन ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.