काठमाडौं । सांसद डा. अमरेश सिंहले संसद बैठकमै लुगा फुकालेका छन्। सोमबार बसेको संसद बैठक सुरु हुनेबित्तिकै विरोधमा उत्रिएका उनले शरीरको माथिल्लो भागको सबै लुगा खोलेका हुन्।
Advertisement
संसद बैठकमा आफ्नो आशनबाट उठेर उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कारबाही चेतावनी दिए।
उनको व्यवहारलाई अशिष्ट, अश्लील र असभ्य भन्दै सभामुख घिमिरेले संसद नियमवालीको नियम ३० अन्तर्गत कारबाही गर्ने पनि चेतावनी दिए।
घिमिरेले यस्तो व्यवहार गरेमा आफूले थप कारबाही चलाउने चेतावनी पनि सिंहलाई दिएका छन्।